पुष २० सम्म कायम शेयरधनीले गुहेश्वरी मर्चेण्टको ९ करोड १२ लाख लाभांश पाउने
नेपालबहस संवाददाता
पुस ७, २०७७ मंगलबार २३:१२:१०
७ पुष, काठमाडौं । गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग तथा फाइनान्स लिमिटेडले १९ औं वार्षिक साधारण सभा बोलाएको छ । फाइनान्स संचालक समितिको पुस ६ गते बसेको बैठकले गत आर्थिक वर्षको लाभांश पारित गर्न साधारण सभा बोलाएको हो ।
फाइनान्सले पुस २८ गते मंगलबार बिहान ११ बजे गुहेश्वरी भवन हरिहर भवन ललितपुरमा साधारण सभा बोलाएको छ । कम्पनीले ८ प्रतिशत (६ करोड ४० लाख रुपैयाँ) बोनस शेयर र कर प्रयोजनसहित ३.४० प्रतिशत (२ करोड ७२ लाख रुपैयाँ नगद लाभांश) नगद लाभांश दिने प्रस्ताव सभामा पेश गर्ने भएको छ ।
यस्तै, उपयुक्त कम्पनीसँग मर्जर वा एक्विजिसनमा जानु परेमा सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि रहेको छ ।बोनस वितरण पश्चात जारी पूँजी, चुक्ता पूँजी बृद्धि हुने भएकोले त्यस अनुसार प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि पारित गर्ने तयारी छ । त्यसको लागि संचालक समितिले अख्तियारी दिनेछ ।
यस्तै कुनै पनि उपयुक्त बैंक तथा वित्तीय संस्था एक आपसमा मर्जर तथा एक्वीजिसनमा जाने सम्बन्धमा आवश्यक ऐन कानुन,नीति नियम तथा निर्देशन गर्नुपर्ने सम्पूर्ण कार्य गराउन संचालक समितिलाई पुर्ण अख्तियारी समेत दिनेछ ।
साधारण सभा प्रयोजनको लागि कम्पनीले पुस २१ गते देखि २८ गते सम्म बुक क्लोज गर्ने जनाएको छ । त्यस अनुसार पुष २० गतेसम्म कायम शेयरधनीले मात्रै कम्पनीले लाभांश पाउनेछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगोर्खाज फाइनान्सको साधारणसभा २ चैतमा, मुख्य एजेण्डा के हो ?
फागुन २८, २०८० सोमबार
गोर्खाज फाइनान्सको चैत २ गते बस्दैछ साधारणसभा
फागुन २२, २०८० मंगलबार
मल्टिपर्पस फाइनान्सको साधारणसभा आज, मुख्य एजेण्डा के हो ?
फागुन १८, २०८० शुक्रबार
बझाङको मतगणना १ बजेदेखि जिल्ला अदालत चैनपुरमा शुरु हुने
बैशाख १६, २०८१ आइतबार
इलाम-२ मा मतगणनाको तयारी, सर्वदलीय बैठक बस्दै
बैशाख १६, २०८१ आइतबार
बझाङमा एमालेलाई पछि पार्दै कांग्रेसको अग्रता
बैशाख १७, २०८१ सोमबार
इलाम अपडेट : अग्रता बढाउँदै एमाले, सुहाङ २२८२ मतले अगाडि
बैशाख १७, २०८१ सोमबार
सिंहदरबार प्रवेशका लागि आजदेखि इलेक्ट्रोनिक गेटपास पाइने
बैशाख १७, २०८१ सोमबार
इलाम अपडेट : १६ सय २३ मतले एमाले अगाडि
बैशाख १७, २०८१ सोमबार
जुगल गाउँपालिका-७ का वडाध्यक्ष पक्राउ
बैशाख १६, २०८१ आइतबार
लगानी सम्मेलन : पहिलो दिन १४ सयभन्दा बढी सहभागी, दुई सम्झौता सम्पन्न
बैशाख १६, २०८१ आइतबार