गण्डकी प्रदेशस्तरीय क्रिकेट : कास्कीद्वारा तनहुँ पराजित
नेपालबहस संवाददाता
पुस ७, २०७७ बुधबार २:२२:५०
७ पुष, कास्की । पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा जारी गण्डकी प्रदेशस्तरीय पुरुष क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा कास्की विजयी भएको छ । कास्कीले तनहुँलाई ३१ रनले पराजित गर्दै लिग तालीकामा थप दुई अङ्क जोड्न सफल भयो ।
गण्डकी प्रदेश क्रिकेट सङ्घद्वारा गत पुस ३ गतेदेखि आयोजना गरिएको एकदिवसीय क्रिकेट प्रतियोगिताअन्तर्गत जितका लागि १५५ रनको सामान्य लक्ष्य पछ्याएको तनहुँका ब्याट्म्यान कास्कीका दिपेश खत्रीको धारिलो बलिङ सामु टिक्न सकेनन् ।
खत्रीले १० ओभर बलिङमा पाँच मेडनसहित मात्र नौ रन खर्चिएर चार विकेट लिन सफल हुनुभएको थियो । जवाफी ब्याटिङमा उत्रिएको तनहुँले १२३ रनमात्र बनायो । टस जितेर मैदान उत्रिएको कास्कीले ४७ ओभरको पाँचौँ बलमा सम्पूर्ण विकेट गुमाउँदै १५४ रन बनाएको थियो । कास्कीका अर्जुन कुमालले ४३, अभिषेक थापाले ३५ तथा अमृत गुरुङले २० रनको योगदान दिएका थिए।
तनहुँका समिर कँडेलले सर्वाधिक ४१ रन बनाए । कास्कीको बलिङमा सुवास भण्डारीले तीन विकेट लिउका थिए । तनुहँको बलिङमा दिनेशजङ्ग बुढामगरले तीन, राजु गुरुङले दुई तथा प्रवेश खड्का, करुण सिरमला र सचिन अधिकारीले समान एक-एक विकेट लिए ।
खेलमा कास्कीका दिपेश खत्री ‘म्यान अफ द म्याच’ घोषित भएकोमा उनलाई नेपाल पत्रकार महासङ्घ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले ट्रफी प्रदान गरे । गण्डकी प्रदेश क्रिकेट सङ्घले आसन्न प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि प्रदेशको टोली छनोट गर्न प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगिताअन्तर्गत बुधबार कास्की र नवलपुरकाबीचमा खेल हुने आयोजकले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवेस्ट इन्डिजका क्रिकेटर थोमसलाई ५ वर्षको प्रतिबन्ध
बैशाख २१, २०८१ शुक्रबार
राजस्थानमाथि सनराइजर्सको एक रनको रोमाञ्चक जित
बैशाख २१, २०८१ शुक्रबार
वेस्ट इन्डिज ए सँग नेपालको लगातार तेस्रो हार
बैशाख २०, २०८१ बिहिबार
आईजीकै सचिवालयमा एसएसपी कार्कीको चुरीफुरी !
नेपालबहस संवाददाता
बैशाख १९, २०८१ बुधबार
बिहानै कतार एयरको विमानसँग सिम्रिक हेलिकप्टर ठोक्किन आइपुगेपछि.....
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
नबिल बैंकको वीरगञ्ज शाखाबाट १ करोड ३४ लाख नोट चोरी, चोर खोज्दै प्रहरी
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
बस खोलामा खस्दा २० को मृत्यु, २१ जना घाइते
बैशाख २१, २०८१ शुक्रबार
वेस्ट इन्डिज ए सँग नेपालको लगातार तेस्रो हार
बैशाख २०, २०८१ बिहिबार
अधिकांशलाई प्रशासकीय अधिकृतको जिम्मेवारी दिएर ४८ जना उपसचिवहरु सरुवा
बैशाख २०, २०८१ बिहिबार
रुखमा टाँगिएको जोखिमयुक्त तारको साहारमा उपभोक्ता सेवा लिन बाध्य
बैशाख २१, २०८१ शुक्रबार
सन् २०२६ लाई अन्तर्राष्ट्रिय महिला कृषक वर्षको रूपमा मनाउने घोषणा
बैशाख २१, २०८१ शुक्रबार
मे २४ लाई ‘अन्तर्राष्ट्रिय मारखोर दिवस’ का रुपमा घोषणा गर्ने
बैशाख २१, २०८१ शुक्रबार
खगराजले आइतबार विश्वासको मत लिने, एमालेका कारण सोडारी अन्योलमा
बैशाख २१, २०८१ शुक्रबार
मिनी ट्रक दुर्घटना हुँदा ३१ बालबालिका घाइते
बैशाख २१, २०८१ शुक्रबार
नाबालिकालाई वेश्यावृत्तिमा लगाएको अभियोगमा दुई जना पक्राउ
बैशाख २१, २०८१ शुक्रबार