फिदिममा ट्याक्सी दुर्घटना हुँदा आठ जना घाइते
नेपालबहस संवाददाता
पुस १४, २०७७ बुधबार ३:२७:२२
१४ पुष, पाँचथर । फिदिम नगरपालिका–३ लालीखर्कमा ट्याक्सी दुर्घटना हुँदा आठ जना घाइते भएका छन् । फालेलुङ गाउँपालिका–२ बाट झापाको बिर्तामोडतर्फ जाँदै गरेको मे १ ज २४७७ नम्बरको ट्याक्सी आज सडकबाट झरेर दुर्घटना भएको हो ।
दुर्घटनामा फालेलुङ–२ का सुविन अधिकारी, सुविक्षा पौडेल, सुजाता पौडेल, रवीन अधिकारी र कविता चापागाईं तथा झापाको बिर्तामोडमा रामचन्द्र उप्रेती, उर्लाबारी मोरङका सागरचन्द्र सापकोटा र टगोमादेवी सापकोटा घाइते भएका हुन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार घाइतेमध्ये एकको अवस्था गम्भीर रहेको र उपचारका लागि झापाको बिर्तामोड पठाइएको छ । बाँकी सातको फिदिमस्थित अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाको कारण खुल्न नसकेको तर सडकमा शीत परेर चिप्लो हुने हुनाले सोही कारण दुर्घटना भएको अनुमान गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमुगुमा यार्सागुम्बा संकलन गर्न गएका ४ जनाको मृत्यु, एक सिकिस्त
जेठ २०, २०८१ आइतबार
यार्सा संकलनमा गएका दुईजनाको मृत्यु, एक सिकिस्त
जेठ १९, २०८१ शनिबार
दार्चुलामा यार्सा टिप्न गएका युवकको लडेर मृत्यु
जेठ १९, २०८१ शनिबार
दरबार हत्याकाण्ड: जमिम शाहले भने, ‘आज ठूलै घटना भएको छ, पत्रिका प्रेसमा नपठाउनु’
जेठ १९, २०८१ शनिबार
किसानलाई आत्मनिरर्भर बनाउन निःशुल्क धानको बीउ वितरण
जेठ १९, २०८१ शनिबार
सेती लोकमार्गः दश किलोमिटर कालोपत्र हुँदै
जेठ २०, २०८१ आइतबार
मुगुमा यार्सागुम्बा संकलन गर्न गएका ४ जनाको मृत्यु, एक सिकिस्त
जेठ २०, २०८१ आइतबार
प्रतिनिधिसभा बैठक बस्दै, बजेटमाथि छलफल हुने कार्यसूची
जेठ २०, २०८१ आइतबार
भारतको लोकसभा निर्वाचन: एक्जिट पोलमा मोदीलाई फराकिलो बहुमत !
जेठ २०, २०८१ आइतबार
रियल म्याड्रिडले जित्यो च्याम्पियन्स लिगको उपाधि
जेठ २०, २०८१ आइतबार