छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ८ जनाको मृत्यु, चालक नियन्त्रणमा
नेपालबहस संवाददाता
पुस १५, २०७७ बुधबार १९:१३:०
१५ पुष, काठमाडौं । धादिङ, मोरङ, झापा, कास्की, धनुषा र सिरहाका छुट्टाछुट्टै स्थानहरूमा भएको सवारी दुर्घटनामा परि ८ जनाको मृत्यु भएको छ । धादिङ थाक्रे गाउँपालिका-३ ईजारा मोडस्थित सडकमा प्रदेश ३-०१-००३ क ४४०९ नम्बरको टिपर अनियन्त्रित भई बाटोबाट करिब ८० मिटर तल खसेर मंगलबार दिउँसो दुर्घटना हुँदा सह-चालक सोही ठाउँ बस्ने २० वर्षीय प्रेम थापा मगरको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको अन्नपूर्ण न्यूरो अस्पताल काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको हो । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
मोरङकाे केराबारी गाउँपालिका-६ बुद्धचोकस्थित सडकमा को.१ त ७५११ नम्बरको रोकिरहेको ट्याक्टर आफै गुडेर किच्दा सोही ठाउँ बस्ने जितेन तामाङको ३ वर्षीय छोरा पासाङ तामाङको मंगलबार दिउँसो मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको धरान घोपा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । फरार रहेका ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।
झापाकाे कन्काई नगरपालिका-८ लक्ष्मीपुरस्थित सडकमा हाल नम्बर नखुलेको बेनेली कम्पनीको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही नगरपालिका-७ बस्ने ६५ वर्षीया चन्दा देबी हलवाईको मंगलबार साँझ मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको बिर्तासिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । फरार रहेका मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ ।
कास्की, पोखरा महानगरपालिका-३० पावरहाउस बरालथरस्थित सडकमा ना।३ च ७३९८ नम्बरको जिपको ठक्करबाट पैदलयात्री हाल नाम, थर, वतन नखुलेका करिब ४५ वर्षीय पुरुषको मंगलबार बेलुका मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको पश्चिम क्षेत्रीय अस्पताल पोखरामा उपचारको क्रममा मृत्यु भएको हो । जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी कास्की पोखरा महानगरपालिका-६ लेकसाईडस्थित सडकमा बागमती प्रदेश०२-०१५ प ८१३० नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किएर मंगलबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही महानगरपालिका-९ नयाँबजार बस्ने काठमाडौं घर भएका २५ वर्षीय सन्जिब केसीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको गण्डकी मेडिकल कलेज नयाँबजारमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अर्का एक जनाको सोही अस्पतालमा उपचार भईरहेको र अवस्था सामान्य रहेको छ ।
धनुषा धनुषाधाम नगरपालिका-९ मालटोलस्थित सडकमा ना.४ च ९३१७ नम्बरको बलेरो गाडी, बीआर ०६ जीडी ८८५९ नम्बरको ट्रक र को.१ ख २३३८ नम्बरको ट्याङ्कर आपसमा ठोक्किएर मंगलबार राति दुर्घटना हुँदा ट्याङकर चालक मोरङ बिराटनगर महानगरपालिका-४ बस्ने ३५ वर्षीय अर्जुन कुमार मण्डल र ट्रक चालक भारत बिहार झखरा बस्ने २० वर्षीय रंगिला कुमारको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याङकरका सह-चालकलाई थप उपचारको लागि मोडेल अस्पताल लालगढ र ट्रक सह-चालकलाई बिराटनगर पठाइएको छ ।
सिरहा लहान नगरपालिका-१३ शिवचोकस्थित सडकमा स.१ त ७८८२ नम्बरको ट्याक्टर अनियन्त्रित भई मंगलबार बेलुका दुर्घटना हुँदा ट्याक्टर चालक सोही नगरपालिका-२४ मलहनवा बस्ने २५ वर्षीय विन्दी सदायको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचितवनमा पर्यटक बोकेको जिप दुर्घटना, ६ भारतीय पर्यटक घाइते
जेठ २०, २०८१ आइतबार
मुगुमा यार्सागुम्बा संकलन गर्न गएका ४ जनाको मृत्यु, एक सिकिस्त
जेठ २०, २०८१ आइतबार
यार्सा संकलनमा गएका दुईजनाको मृत्यु, एक सिकिस्त
जेठ १९, २०८१ शनिबार
घट्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको यथावत
नेपालबहस संवाददाता
जेठ १८, २०८१ शुक्रबार
एसएसपी बढुवामा गृहमन्त्रीको सचिवालयले बार्गेनिङ गरेको गम्भीर आरोप
नेपालबहस संवाददाता
जेठ २०, २०८१ आइतबार
एसएसपी बढुवामा गृहमन्त्रीको सचिवालयले बार्गेनिङ गरेको गम्भीर आरोप
जेठ २०, २०८१ आइतबार
१४ वर्षदेखि धनुषामा असुली गर्दै अघोषित घुमुवा आजाद यादव
जेठ २०, २०८१ आइतबार
निजी क्षेत्रको मनोबल बढाएमात्र बजेट कार्यान्वयनमा सहज हुन्छः पूर्वअर्थमन्त्रीहरु
जेठ २०, २०८१ आइतबार
महाधिवेशन तोकिएकै समयमा सम्पन्न हुन्छ: अध्यक्ष नेपाल
जेठ २०, २०८१ आइतबार
छुवाछूतरहित समतामूलक राष्ट्र निर्माणमा संवेदनशील हुन जरूरीः राष्ट्रपति
जेठ २०, २०८१ आइतबार
सर्वोच्चले गोविन्दराज जोशीविरुद्धको फैसलाको निर्णय साउन १३ गते सुनाउने
जेठ २०, २०८१ आइतबार
उदयपुरमा फेरि तीन सय केजी गाँजा बरामद
जेठ २०, २०८१ आइतबार
सकियो पुस्तकालय सम्मेलन, १७ बुँदे गण्डकी घोषणापत्र जारी
जेठ २०, २०८१ आइतबार