सोसल सेन्ट्रल सिटीले दियो सौर्य उर्जा उपहार
नेपालबहस संवाददाता
पुस १७, २०७७ शुक्रबार २२:३३:२८
१७ पुष, स्याङ्जा । लायन्स क्लब अफ पोखरा सोसल सेन्ट्रल सिटीले स्याङ्जाको पाणीनी आश्रममा सौर्य उर्जा प्रणालीको जडान सहयोग गरेको छ । पुतलीबजार नगरपालिका वडा नम्बर १४ लामागे, पण्डितडााडामा अवस्थित पाणीनी आश्रममा बिद्युत अवरोधका बेला समस्या नहोस भनि सौर्य उर्जा प्रणाली जडान गरेको हो ।
क्लबले शुक्रवार एक कार्यक्रमको आयोजना गरी आश्रमका अध्यक्ष स्वामी ईश्वरानन्दलाई उक्त सहयोग हष्तान्तरण गरेको हो । सौर्य उर्जा प्रणालीको ब्यबस्थापन तथा संयोजन क्लबका दित्तिय उपाध्यक्ष लायन अरुण गिरीले गरेका हुन् ।
सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै लायन्स ईन्टरनेसनल ३२५ बि १ का को चिफ एड्भाईजर चण्डी अर्यालले लायन्स क्लब अफ पोखरा सोसल सेन्ट्रल सिटीले स्थापनाको पहिलो वर्षमा नै समाज सेवाको क्षेत्रमा उल्लेख्य योगदान पु¥याईरहेकोमा प्रशंसा गरे । उनले लायन्स क्लबहरु शहर केन्द्रित मात्रै हुनु नहुनेमा जोड दिदै दुरदराजका गाउँहरुमा समाजसेवा केन्द्रित गर्नुपर्ने आवश्यकता औल्याए ।
कार्यक्रममा रीजनल चियरपर्सन बाशु कोईराला, जोन चियरपर्सन लायन चेतन कार्की, लायन्स क्लब अफ स्याङ्जाका अध्यक्ष धु्रबबन्धु पौडेल, क्लबका प्रथम उपाध्यक्ष लायन बाबुराम घिमिरे लगायतले लायन्स क्लबका सदस्यहरुको सहयोगलाई आम नागरीकले महत्वपूर्ण रपमा लिने गरेको तर लायनवादका बारेमा अनेकन भ्रम फैल्याउने गरेकोमा चिन्ता व्यक्त गरे ।
क्लबका अध्यक्ष लायन ध्रुबबन्धु पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पुतलीबजार नगरपालिका वडा नम्बर १४ का जनप्रतिनिधी तिलकुमारी रेग्मी, क्लबका सहसचिव ऋषिकान्त पौडेल, समाजसेवी तथा राजनितिज्ञ तुलसी गिरी, आश्रममा अध्यक्ष स्वामी ईश्वरानन्द लगायतले लायन्सक क्लबले गर्ने सहयोगका विभिन्न कार्यक्रमका बारे चर्चा गरेका थिए । कूल २५ जना वटुक अध्ययनरत उक्त संस्कृत आश्रम आर्थिक अभावका कारण विद्युत महसुल भुक्तानी गर्नसमेत कठीन अवस्थामा रहदै आएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपन्यायोचित ढङ्गबाट कार्यसम्पादन गर्ने लेखापरीक्षक राष्ट्रका आर्थिक पहरेदार : राष्ट्रपति पौडेल
बैशाख २७, २०८१ बिहिबार
पत्रकार महासंघको २७ औँ महाअधिवेशन काठमाडौंमा जारी
बैशाख २१, २०८१ शुक्रबार
फोर एच नोपलको एक बर्षे नेपाल मन्थन अभियान शुरु
बैशाख २०, २०८१ बिहिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
कांग्रेसले बोलायो संसदीय दलको बैठक
जेठ ६, २०८१ आइतबार
गृहमन्त्रीले फाईल खोलिदिउँ भन्ने होइन, धमाधम फाईल खोल्ने हो : गगन थापा
जेठ ६, २०८१ आइतबार
यान्त्रिक चेकिङ्गमा ७४ जना चालक कारबाहीमा
जेठ ६, २०८१ आइतबार
प्रतिनिधिसभाको बैठक स्थगित, अर्को बैठक भोलि बस्ने
जेठ ६, २०८१ आइतबार
इरानी राष्ट्रपति इब्राहिम रायसी चढेको हेलिकप्टर सम्पर्कविहिन
जेठ ६, २०८१ आइतबार