शेखर कोइरालाका दाजु रञ्जनको दिल्लीमा निधन
नेपालबहस संवाददाता
पुस १९, २०७७ आइतबार २०:४०:३७
१९ पुष, काठमाडौं । नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाका दाजु निरञ्जन कोइराला (निरु दा) को निधन भएको छ । भारतको नयाँ दिल्लीमा बसोबास गर्दै आएका निरञ्जन कोइरालाको १९ गते आइतबार बिहान ११ बजे ७५ वर्षको उमेरमा निधन भएको हो ।
उनी नयाँदिल्लीको क्याक्स अस्पतालमा एक महिनादेखि उपचाररत थिए । निधन भएका निरञ्जनको आइतबार ४ बजे नै नयाँ दिल्लीको निगमबोध घाटमा अन्तिम संस्कार गरिने भएकाे छ । रञ्जन कोरोना भाइरसबाट संक्रमित भएपछि अस्पताल भर्ना भएका थिए ।
पिता केशव कोइराला र आमा नोना कोइरालाका सुपुत्र निरञ्जन शेखरका दाजु हुन् । निरंकुश पञ्चायती शासनविरुद्ध प्रजातान्त्रिक आन्दोलनमा समेत लागेका निरञ्जन नेपालका पुराना र प्रतिष्ठित पर्यटन व्यवसायी पनि हुन् ।
निरञ्जन कोइराला तत्कालीन पर्यटनमन्त्री रामहरी जोशीको विज्ञ सल्लाहकार समेत थिए । पछिल्लो समय दिल्लीमा व्यवसाय गरिरहेका निरञ्जन बिरामी भएपछि अस्पताल भर्ना भएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाली हाते कागज उद्योगबाट गाउँमै मनग्य आम्दानी
जेठ ८, २०८१ मंगलबार
कोरियन नागरिकको सहयोगमा विद्यालयमा शौचालय
जेठ ७, २०८१ सोमबार
ऐतिहासिक पर्यटकीय नाढिमन ताल गौचरनमा परिणत
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
नेपालबहस संवाददाता
जेठ ७, २०८१ सोमबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
विनोद त्रिपाठी
जेठ ८, २०८१ मंगलबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
जेठ ८, २०८१ मंगलबार
गृहमन्त्री रवि लामिछानेको दोहोरो पासपोर्टको अनुसन्धान कहिले ? : सिरोहिया
जेठ ८, २०८१ मंगलबार
कडा सुरक्षाबीच सिरोहियालाई धनुषा अदालत पुर्याइयो
जेठ ९, २०८१ बुधबार
'उज्यालो महाभारत' अभियान अन्तिम चरणमा
जेठ ९, २०८१ बुधबार
कैशाल सिरोहिया पक्राउविरुद्ध जनकपुरमा प्रदर्शन
जेठ ९, २०८१ बुधबार
क्षेत्रीय सहयोगका अवसर र चुनौतीबारे छलफल
जेठ ९, २०८१ बुधबार
सडक विस्तारका लागि पहाड कटान गरिँदै
जेठ ९, २०८१ बुधबार
वर्षौदेखि निरन्तर बलिरहेको ज्वाला
जेठ ९, २०८१ बुधबार