एकसाथ डोरीमा झुण्डिएर हामफाल्ने जोडी !
नेपालबहस संवाददाता
पुस २२, २०७७ बुधबार २०:४८:३६
२२ पुष, पोखरा । अक्सर मान्छे उचाइसँग डराउने गर्छन् तर त्यही उचाइबाट हामफालेर डरलाई जित्ने साहसमा अहिलेका युवापुस्ता उत्साहित बनिरहेका छन् । युवा पुस्तामा आकर्षण बढेसँगै एक्लै आट र साहस हुनेले सजिलै उचाइबाट हामफालेर बञ्जीको मज्जा लिने गरेका छन् । एक्लै डराउनेहरु एकअर्को साथीको साहाराबाट बञ्जी गर्नेको सङ्ख्या पनि उत्तिकै छ ।
पोखरा–२५ स्थित हाइग्राउन्ड एडभेन्चर्समा बञ्जीको मज्जा लिएपछि भक्तपुर बालकोटकी २५ वर्षीय नविना दवाडीले भनिन, “निकै पहिलेदेखि बञ्जी गर्ने रहर थियो, तर एक्लै गर्नसकेको थिइन । उनी आफनो श्रीमानलाई देखाउँदै आँट बटुल्छिन् । डरलाई जितेको अनुभव गरेँ ” दवाडीले लामो समयको सपना श्रीमानकाे साथमा पूरा गर्न पाएकोमा खुशी लागेको बताइन् ।
सँगै मुस्कुराएका सन्दिप सुवेदीले पनि श्रीमतीको सपना पूरा गर्न पाएकोमा खुशी लागेको बताए । “हामी नवविवाहित जोडी हौँ, उनको सपना पूरा गर्न साथमा लिएर बञ्जी गरेँ, डरभित्रको आनन्दमा हामी रमायौ”, सुवेदीले भने, “एडभेन्चर्स भनेकै डरसँग सम्बन्धित हुन्छ जति डर जति चुनौती उति मज्जाहुन्छ हामीले त्यो अनुभव हासिल ग¥र्यौ।”
काठमाडौँ बालुवाटारका २७ वर्षीय सफिन श्रेष्ठले पनि २२ वर्षीय श्रीमती सनिसा श्रेष्ठको साथमा बञ्जीको अनुभव निकै स्मरणीय रहेको बताए । उनले एक वर्ष अघि विवाह गरेपछिसँगै बञ्जी गर्ने रहरलाई बल्ल पूरा गर्न पाएको बताइन् । “हामीले निकै पहिलादेखिसँगै बञ्जी गर्ने सोच बनाएको तर कोभिड–१९ का कारणले रोकिएका थियौँ, पोखरामा ‘कपल’ बञ्जी हुन्छ भन्ने थाहा पाएपछि यहाँ आएर त्यो रहर पूरा ग¥र्यौ”, बञ्जीको अनुभव सुनाउँदै सनिसाले भनिन्, “ओहो निकै डरलाग्दो रहेछ, एक्लै भएको भए त सक्दिन थिएँ होला, उनको साथले आत्मविश्वास बढ्यो, डरलाई जितेँ ।”
बञ्जी सञ्चालक कम्पनीका पोखरास्थित शाखा प्रबन्धक दिनेश महर्जनले पछिल्लो समय बञ्जी गर्ने जोडी टेन्डम सङ्ख्या बढिरहेको बताए । “हामीले शुरुमा सन् २०१० मा पोखरामा साहसिक खेल जीप लाइन शुरु गरेका हौँ, त्यसपछि सन् २०१४ बाट बञ्जी सञ्चालनमा ल्यायौँ ।
शुरुका पाँच वर्ष अक्टुबरको समयमा फुलमुन बञ्जी रातिमा गर्ने गर्यौ भने सन् २०१९ देखि जोडी बञ्जी अर्थात् टेन्डम शुरु गरेका हौँ, अहिले जोडीहरुको आर्कषण बढ्दै गएको छ ।” उनले जोडीमा एक अर्को साथीसँग जम्प गर्ने सकिने बताए । “एक अर्को साथी जोसँग पनि जम्प गर्न सकिन्छ दाजुबहिनी, श्रीमान श्रीमती, दिदीबहिनी, दाजुभाइ, दुई साथी सबैले गर्न सक्छन् ।”
उनले भने, “जोडी भन्ने वित्तिकै गर्ल फ्रेण्ड ब्याइ फ्रेण्ड मात्र भनेर बुझ्ने गरेको तर बञ्जीमा त्यस्तो हुँदैन जो कोही साथीसँग पनि बञ्जी गर्न सकिन्छ ।” कोभिड–१९ का कारण लामो समय बन्द रहेको बञ्जी पुनः सञ्चालनमा आएसँगै आन्तरिक पर्यटक आउने थालेको उनको भनाइ छ । कोभिड–१९ अघि ४५ प्रतिशत नेपाली र ६५ प्रतिशत बञ्जी गर्थे भने अहिले सबै आन्तरिक पर्यटक मात्र छन् ।
पोखरा सुन्दर शहर विदेशी पर्यटकको आर्कषक गन्तव्य भए पनि साहसिक खेल त्यति नभएकाले गोल्छा अर्गनाइजेशनले सन् २०१० मा जीपलाइन निर्माण गरी सन् २०१२ मा शुरु गरेको थियो भने त्यसको दुई वर्षपछि जीपलाइनको ‘डाउन स्टेशन’मा उक्त कम्पनीले बञ्जी टावर निर्माण गरेको हो । बञ्जीमा नेपालको पहिलो टावर बञ्जी एशियामा पहिलो व्यावसायिक टेन्डम भएको प्रबन्धक महर्जनको दाबी छ ।
“अहिलेसम्मको अवस्थालाई हेर्दा टेण्डममा व्यावसायिक बञ्जी गराउने हामी नै हौँ”, महर्जनले भने । महर्जनका अनुसार गोल्छा अर्गनाइजेशनका शरद गोल्छा र अविनव चुरिवालको लगानी रहेको यस कम्पनीले आगामी दिनमा एडभेन्चर्समा थप नयाँ अवधारणा समेत बनाइरहेको र सहज वातावरण भएपछि सार्वजनिक गर्ने तयारी रहेको छ ।
पोखरा–१८ सराङ्कोट जीप लाइनको अपस्टेशन तीन रोपनी र पोखरा–२५ हेम्जाको डाउन स्टेशनमा ४ रोपनी जग्गा कम्पनीले खरिद गरी बञ्जी र जीप लाइन सञ्चालनमा ल्याएको हो । बञ्जीबाट ८५ मिटरसम्म जम्प गर्न सकिने गरी १२५ मिटरसम्मको बन्जीको उचाइ रहेको छ । उक्त बञ्जी जम्पमा करिब ८ करोडको लगानी भएको कम्पनीले जनाएको छ ।
टेण्डम बञ्जीको अवधारणाबारे महर्जनले भने, “शुरुमा अलि रिस्क हुन्छ कि भन्ने सोच्यौँ, दुई जनाको जम्पमा बाउन्स गर्दा ठोकिन्छ कि भन्ने लागेको थियो तर लामो समय परीक्षण गरेपछि सुरक्षित हुने ग्यारेन्टी भो अनि सञ्चालनमा ल्यायौँ ।” उनले दुई जना जम्प गर्दा गफ गर्नसमेत मिल्ने भएकाले एक्लै डराउनेका लागि जोडी बञ्जी उपयुक्त हुने बताए ।
उनका अनुसार बञ्जी युरोपका ल्याटभियाको पे्रmन्चाइज हो । इयु स्टान्डर्टको सामग्रीको प्रयोग गरिएकाले सुरक्षित र भरपर्दो हुने उनको भनाइ छ । ल्याटभियाकाको जम्प मास्टर नेपाल प्रत्येक ६र६ महिनामा दुई दुईजना आएर तीन वर्ष तालीम प्रदान गरी सर्टिफाइड गरेका दक्षजनशत्तीले अहिले बञ्जी गराउने गरेका छन् ।
पोखराको सुन्दरतामा लोभिने र साहसिक खेलमा रुची राख्नेका लागि बञ्जी र जीपलाइन बरदान सावित हुने गरेको उनी बताउँछन् । हाइग्राउन्ड एड्भेन्चर नेपाल प्रालिले कोरोनाको कहरसँगै चैत ११ देखि बन्द भएको कम्पनी असोज १९ देखि पूर्ण सञ्चालन गरेको थियो ।
कम्पनीका अनुसार असोज १९ देखी पुस १६ सम्म एक अजार २३० जनाले सहासिक खेल बञ्जी जम्पको मज्जा लिएका छन् भने करिब ७० प्रतिशत टेण्डम जोडी छन् । त्यसमा पनि ९० प्रतिशत नवविवाहित जोडीहरु छन् । साहसिक खेल प्रवद्र्धनका अभियानकर्मी विष्णुकान्त घिमिरे पछिल्लो समय धेरै युवापुस्ताले बञ्जी जम्पको भिडियो टिकटकमा पोष्ट गर्न थालेपछि पनि यसको ‘क्रेज’ झन् बढ्दै गएको सुनाउँछन् । “अहिले साहसिक खेलमा रुचि राख्नेहरुसँगै सामाजिक सञ्जाल टिकटकलगायत एक अर्काको अनुभवले बञ्जी गर्नेलाई लोभ्याइरहेको छ ।”
उनले यस्ता गतिविधिले साहसिक खेलको प्रवद्र्धनमा सघाउ पु¥याएको बताए । उनका अनुसार अहिले नेपालमा भोटेकोशी पोखरा र कुश्मामा गरी तीन ठाउँमा बञ्जी सञ्चालनमा रहको पोखरा रातो पैह्रो बञ्जी निर्माण प्रक्रिया सम्पन्न भई सञ्चालनको तयारीमा रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआगलागीले बस्ती जलेपछि गाउँ नै बिचल्लीमा
बैशाख २०, २०८१ बिहिबार
मजदुरीमै बित्यो जीवन, निधारमा दाम्लोको दाग साक्षी छ !
बैशाख १९, २०८१ बुधबार
श्रमिक दिवसले छोएन इँटा भट्टाका मजदुरलाई
बैशाख १९, २०८१ बुधबार
बस खोलामा खस्दा २० को मृत्यु, २१ जना घाइते
बैशाख २१, २०८१ शुक्रबार
आगामी साता हल्कादेखि मध्यम खालको वर्षा हुने प्रक्षेपण
बैशाख २१, २०८१ शुक्रबार
टी–२० विश्वकप खेल्ने राष्ट्रिय क्रिकेट टीमको बिदाइ
बैशाख २१, २०८१ शुक्रबार
स्थानीय तहमा अनावश्यक कर्मचारी नराख्न निर्देशन
बैशाख २१, २०८१ शुक्रबार
टी–२० विश्वकप खेल्ने राष्ट्रिय क्रिकेट टीमको बिदाइ
बैशाख २१, २०८१ शुक्रबार
ट्राफिक सचेतनामा महानायक राजेश हमाल
बैशाख २१, २०८१ शुक्रबार
आगलागी प्रभावित गाउँपालिकालाई कामपाको आर्थिक सहयोग
बैशाख २१, २०८१ शुक्रबार
अछाममा बँदेलको आक्रमणबाट एक जना घाइते
बैशाख २१, २०८१ शुक्रबार
आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो
बैशाख २१, २०८१ शुक्रबार