चर्काे आलोचनापछि इजलाशमा नबस्ने न्यायाधीश कार्कीको निर्णय
नेपालबहस संवाददाता
पुस २२, २०७७ बुधबार २१:२३:५९
२२ पुष, काठमाडौं । न्यायाधीश हरिकृष्ण कार्कीले संसद विघटनविरुद्ध परेको रिटमाथि सुनुवाई गर्न गठित संवैधानिक इजलास छाड्ने घोषणा गरेका छन् । प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटहरुको सुनुवाईका लागि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आफ्नो नेतृत्वको संवैधानिक इजलासमा न्यायाधीश कार्कीसहित ५ जनाको इजलास गठन गरेका थिए ।
आजको वहसमा वरिष्ठ अधिवक्ता शम्भु थापालगायत दिनेश त्रिपाठीले न्यायधीश कार्कीको निष्पक्षतामाथि प्रश्न उठाइएको थियो । विगतमा केपी ओली प्रधानमन्त्री रहँदा महान्याधिवक्ता रहेका कार्की वर्तमान न्यायधिवक्ता अग्नि खरेलका ल फर्म पार्टनरसमेत भएकाले उनीमाथि निष्पक्षताको प्रश्न उठाइएको थियो । साथै, कार्की भन्दा वरिष्ठ दुईजना न्यायधीशलाई सहभागी नगराइएकोमा समेत व्यापक आलोचना भएको थियो । संवैधानिक इजलासमा विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसी पनि छन् ।
कार्की, केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारमा महान्यायाधिवक्ता रहेकाले अहिले यो मुद्धा हेर्दा स्वार्थ बाझिने उनीहरुको तर्क थियो । सो तर्कपछि कार्कीको आलोचना हुदै आएको थियो । अर्का अधिवक्ता दिनेश त्रिपाठीले पनि कार्कीले ओली संलग्न मुद्दा हेर्दा स्वार्थ बाझिने बताएका थिए ।
आजै पनि कानून व्यावसायीहरुले यस्तो प्रश्न गर्दा प्रधानन्यायधीश चोलेन्द्रसम्शेर राणाले वचाउ गरेका थिए । उनले इजलाशबाट भनेका थिए– कार्की मात्र होइन, म पनि केपी ओलीकै सिफारिशमा नियुक्त भएकाले मैलेपनि नहेरौं त ?
सवैतिरबाट चर्काे आलोचना भएपछि आजको सुनुवाई अन्त्य गर्ने बेला न्यायधीश कार्की आफैं अबको सुनुवाईमा सहभागी नहुने बताएका थिए ।
प्रधानन्यायधीश राणाले आगामी बुधवार अर्काे सुनुवाईको मिति तोकेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसयको नोटमा डिजाइन परिवर्तन गरेर चुच्चे नक्सा राखिने
बैशाख २१, २०८१ शुक्रबार
पार्टी एकता गर्ने निहुँमा रेशम र रञ्जिताले करोडौँ रकम उठाएर खाए: महतो
बैशाख २१, २०८१ शुक्रबार
बस खोलामा खस्दा २० को मृत्यु, २१ जना घाइते
बैशाख २१, २०८१ शुक्रबार
आगामी साता हल्कादेखि मध्यम खालको वर्षा हुने प्रक्षेपण
बैशाख २१, २०८१ शुक्रबार
टी–२० विश्वकप खेल्ने राष्ट्रिय क्रिकेट टीमको बिदाइ
बैशाख २१, २०८१ शुक्रबार
राजनीति प्रभावित अर्थतन्त्र उकास्न अर्थमन्त्रीले कस्तो हिम्मत गर्ने होलान् ?
बैशाख २२, २०८१ शनिबार
ठेकी निर्माण गर्दै
बैशाख २२, २०८१ शनिबार
एमाले अनिर्णित हुँदा मुख्यमन्त्री सोडारी संकटमा, आज पनि विश्वासको मत लिने तयारी
बैशाख २२, २०८१ शनिबार
अग्निपीडितलाई अस्थायी आवासको व्यवस्था गर्दै सरकार
बैशाख २२, २०८१ शनिबार
वेस्ट इन्डिज ‘ए’ विरुद्ध आज अन्तिम खेल खेल्दै नेपाल
बैशाख २२, २०८१ शनिबार
डिभीको नतिजा आज आउँदै , यसरी सकिन्छ हेर्न
बैशाख २२, २०८१ शनिबार