ओलीको विरोधमा धनगढीमा टायर बालेर प्रदर्शन, मुख्यमन्त्रीद्धारा बहिष्कार !
नेपालबहस संवाददाता
पुस २४, २०७७ शुक्रबार १७:३४:३७
२४ पुष, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको विरोधमा कैलालीको धनगढीमा विद्यार्थी नेताले टायर बालेर प्रदर्शन गरेका छन् । नेकपाको प्रचण्ड–नेपाल समूहका विद्यार्थी नेताहरुले ओलीविरुद्ध धनगढीमा टायर बालेर प्रदर्शन गरेका हुन् ।
प्रधानमन्त्री ओलीको सम्बोधन लागि मञ्च बनाइएको खुलामञ्च नजिक अनेरास्ववियूका कार्यकर्ताले शुक्रबार बिहान टायर बालेर प्रदर्शन गरेका हुन् । प्रधानमन्त्री ओलीलाई विद्यार्थी नेताहरुले ६ ठाउँमा कालोझन्डा देखाउने कार्यक्रम छ ।
प्रतिनिधि सभा विघटनपछि प्रधानमन्त्री ओली पहिलो पटक धनगढी लैजान लागेका हुन् । उनी यसअघि उपत्यका बाहिर गएका थिएनन् । ओली धगनढी जाने भएपनि सुदुरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले बहिष्कार गर्नेछन् ।
बिहानैदेखि धनगढीको सुरक्षा व्यवस्था कडा पारिएको छ । सडकमा बाक्लो रुपमा प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ । मुख्यमन्त्रीसहित अरु मन्त्री पनि ओलीलाई स्वागत गर्न विमानस्थल जाने छैनन् । प्रचण्ड नेपाल समूहका नेता कार्यकर्ताको विरोध र प्रदर्शनले ओलीको सुरक्षामा चुनौति थपिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसयको नोटमा डिजाइन परिवर्तन गरेर चुच्चे नक्सा राखिने
बैशाख २१, २०८१ शुक्रबार
पार्टी एकता गर्ने निहुँमा रेशम र रञ्जिताले करोडौँ रकम उठाएर खाए: महतो
बैशाख २१, २०८१ शुक्रबार
बस खोलामा खस्दा २० को मृत्यु, २१ जना घाइते
बैशाख २१, २०८१ शुक्रबार
आगामी साता हल्कादेखि मध्यम खालको वर्षा हुने प्रक्षेपण
बैशाख २१, २०८१ शुक्रबार
टी–२० विश्वकप खेल्ने राष्ट्रिय क्रिकेट टीमको बिदाइ
बैशाख २१, २०८१ शुक्रबार
डिभीको नतिजा आज आउँदै , यसरी सकिन्छ हेर्न !
बैशाख २२, २०८१ शनिबार
डढेलो निभाउन सिम्रिक एयरले सघाउने
बैशाख २२, २०८१ शनिबार
मुम्बईमाथि कोलकोता २४ रनले विजयी
बैशाख २२, २०८१ शनिबार
आज यी पाँच प्रदेशमा हल्का वर्षाको सम्भावना
बैशाख २२, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
बैशाख २२, २०८१ शनिबार
स्थानीय तहमा अनावश्यक कर्मचारी नराख्न निर्देशन
बैशाख २१, २०८१ शुक्रबार