रेष्टुरेन्टमा ग्राहक तान्न छाता !
नेपालबहस संवाददाता
पुस २४, २०७७ शुक्रबार २२:२४:१५
२४ पुष, काठमाडौं । पछिल्लाे समय आफूसँग उपलब्ध खाली क्षेत्रमा छाता राखेर धेरै रेष्टुरेन्टले ग्राहक तान्ने प्रयास सुरु गरेका छन् । बितेको केही हप्ता काठमाडौंको संकटा बजार क्षेत्रमा राखिएको इन्द्रेणी छाता भाइरल भएपछि अहिले धेरैजसाे रेष्टुरेन्टमा ग्राहक तान्न छाता राखिएकाे छ ।
गत आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडाैंले संकटा बजार क्षेत्रमा राखिएका छाताले भिड थाम्न नसकेपछि हटाउन आदेश दिँदा धेरैकाे टिकटक बनाउने, फोटो र सेल्फी खिच्ने हर मेटिसकेको थिएन । तर, अब काठमाडौंका विभिन्न रेस्टुरेन्टहरुले त्यसैलाई अवसरका रुपमा सदुपयोग गर्न थालेका छन् ।
तेसाे त रेस्टुरेन्टहरुमा अहिले टिकटक बनाउन र फोटो खिच्नकै कै लागि भएपनि क्याफे छिर्नेहरु थुप्रै छन् । यसमा पनि युवापुस्ताले यस्ता रेस्टुरेन्टमा पुगेर खाजाको स्वादसँगै छाताको आडमा फोटो भिडियो बनाइरहेका तपाई हामी सबैले देखेका छौँ ।
याे छाता अहिले बर्दियाका पनि अधिकांश होटल तथा रेस्टुरेन्ट देखिन थालेकाे छ । काठमाडौंको संकटा क्षेत्रको छाता सामाजिक सञ्जाल फेसबुकबाटै भाइरल भएपछि त्यसैको सिको गर्दै काठमाडौं उपत्यका बाहिर जिल्लाका विभिन्न रेस्टुरेन्टले पनि यस्तो प्रयोग हुन थालेका हाे ।
नवप्रवर्तन हामी बाटै सुरु गर्नु पर्दछ भन्ने सोचका धनि बर्दियाका युवा संगित निरौलाको ब्यवसायिक प्रयास गुन्द्रुक रिसोर्टमा पनि काठमाडौंको छाता पुगेकाे छ । युवाले पछ्याएको ट्रेन्डलाई सहयोग पुग्ने र आफ्नो पनि ब्यापार बढ्ने उपायकाका रुपमा यसलाई उपयोग गरेको निरौला बताउँछन् ।
लकडाउनका कारण थला परेकाे ब्यापारलाई बढाउन नयाँ आइडिया अथवा भाइरल भएको छाताले ग्राहक ह्वात्तै बढ्ने र महामारीको मार घटाउन छाता सहयोगी हुन्छ कि हुन्न भन्ने कुरा भने हेर्न बाँकी छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबन्दीपुरमा पाँचतारे होटल निर्माण सम्पन्न
चैत २६, २०८० सोमबार
पोखराका होटलमा पर्यटकको चहलपहल बढ्यो
चैत २६, २०८० सोमबार
नेपालमा थपिए चार पाँचतारे होटल
चैत १३, २०८० मंगलबार
इलाम-२ मा मतगणनाको तयारी, सर्वदलीय बैठक बस्दै
बैशाख १६, २०८१ आइतबार
बझाङको मतगणना १ बजेदेखि जिल्ला अदालत चैनपुरमा शुरु हुने
बैशाख १६, २०८१ आइतबार
जुगल गाउँपालिका-७ का वडाध्यक्ष पक्राउ
बैशाख १६, २०८१ आइतबार
लगानी सम्मेलन : पहिलो दिन १४ सयभन्दा बढी सहभागी, दुई सम्झौता सम्पन्न
बैशाख १६, २०८१ आइतबार
बझाङमा एमालेका भण्डारी लाई ६७७ मतको अग्रता (अपडेट)
बैशाख १६, २०८१ आइतबार
रिग्मो गाउँ
बैशाख १६, २०८१ आइतबार
मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा
बैशाख १६, २०८१ आइतबार
आज राति देशका केही स्थानमा हावाहुरीको सम्भावना
बैशाख १६, २०८१ आइतबार