रामनगरका स्थानीयद्धारा आकर्षक पुष्पबाटिका निर्माण
नेपालबहस संवाददाता
पुस २६, २०७७ आइतबार १६:५६:४३
२६ पुष, चितनव । भरतपुर महानगरपालिका–१ रामनगरका स्थानीयवासीले आकर्षक पुष्पबाटिका बनाएका छन् । फोहर फाल्न प्रयोग गरिएको ठाउँलाई सफाइ गरेर रामनगरवासीले पुष्पबाटिका बनाएका हुन् । स्थानीयवासीकै श्रमदान र लगानीमा पुष्पबाटिका निर्माण गरिएको हो ।
बाटिकाका प्रमुख संरक्षक एवं रामनगर बजार व्यवस्थापन समितिका अध्यक्ष तारानाथ कुँवरले लकडाउन र निषेधाज्ञाको फुर्सदको समयमा स्थानीयले विभिन्न सङ्घसंस्थासँगको सहकार्यमा बाटिका निर्माण गरेको बताए । नारायणगढ–मुग्लिन सडकखण्डसँगै जोडिएको पुष्पबाटिका सडकबाटै देख्न सकिन्छ ।
स्थानीय होटलसहित अन्य घरपरिवारले फोहर फाल्ने गरेको उक्त स्थानलाई सफा गरेर पुष्पबाटिका बनाइएको कुँवरले बताए । त्यहाँ विगत ३० वर्षदेखि फोहर फालिँदै आएको थियो । झाडीले घेरिएको उक्त स्थान कुरुप देखिन्थ्यो ।
सतनचुली सामुदायिक वनको संरक्षित वन र भरतपुर महानगरको जग्गामा उक्त बाटिका निर्माण गरिएको हो । कूल दुई बिघा १० कठ्ठा क्षेत्रफलमा निर्माण गरिएको बाटिकामा १० कठ्ठा जग्गा भरतपुर महानगरको छ । महानगरको जग्गामा कङ्क्रिटबाट भौतिक निर्माण गरिएको छ भने वनको जग्गामा फूल रोपिएको छ ।
बाटिकामा मौषमी फूल लगाइएका छन् । पाम, हेज, बगलबेल्डिम, पाइनलगायतका फूलका बिरुवा रोपिएका छन् । बाटिकामा चाइनिज दुबो रोपिएको छ । दुबो फैलिएसँगै र फूल फूल्न थालेपछि बाटिका आकर्षक देखिने उनले जानकानरी दिए ।
यस्तै बाटिकामा बौद्ध मन्दिर, पानीको फोहोरा फाल्ने पोखरी, मितेरी पुल, बालबालिका खेल्ने पिङलगायत भौतिक संरचना निर्माण गरिएका छन् । आगामी दिनमा अपाङ्गमैत्री शौचालय, स्तनपान कक्ष, योगा गर्ने ठाउँ, जिम हललगायत संरचना निर्माण गरिने योजना रहेको बाटिका निर्माण समितिका अध्यक्ष डिलकुमारी लामिछानेले जानकारी दिए ।
गत असार २३ गतेबाट निर्माण शुरु गरिएको बाटिका सर्वसाधारणका लागि माघ १ गते सञ्चालनमा ल्याइने जनाइएको छ । बाटिका निर्माणमा हालसम्म रु १६ लाख ५० हजार खर्च भएको निर्माण समितिका कोषाध्यक्ष दुर्गा पन्तले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपठमेलमा खाना तथा हस्तकला मेला
जेठ ५, २०८१ शनिबार
मच्छिम डाँडामा निर्मित ‘भ्युस्टेसन’ पर्यटकको रोजाइमा
जेठ ५, २०८१ शनिबार
चनौटेडाँडा गर्मी छल्ने उपयुक्त गन्तव्य बन्दै
जेठ ५, २०८१ शनिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
७५ प्रतिशत नागरिक उच्च गुणस्तरको खानेपानीको पहुँच बाहिर
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला पर्यो
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला प¥यो
जेठ ६, २०८१ आइतबार
कञ्चनपुरको न्यायिक समितिमा इजलास र जनशक्ति अभाव
जेठ ६, २०८१ आइतबार
बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा
जेठ ६, २०८१ आइतबार
संसदीय छानबिन समिति गठन नभएसम्म संसद् बैठकमा अवरोध जारी रहन्छ : कांग्रेस
जेठ ६, २०८१ आइतबार