विभिन्न जिल्लामा ६ जना मृत अवस्थामा फेला !
नेपालबहस संवाददाता
पुस २७, २०७७ सोमबार २२:३६:२५
२७ पुष, काठमाडौं । प्रहरीले विभिन्न जिल्लामा गरेर ६ जनालाई मृत अवस्थामा फेला पारेको छ । तनहुँ प्रहरीका अनुसार आबुखैरेनी गाउँपालिका-२ नारीघाटस्थित धनराज गुरुङको जीर्ण अवस्थामा रहेको घरमा बिगत ७ वर्षदेखि बस्दै आएका निरौला नाम बताउने करिब ५५ वर्षीय पुरुष सोमबार मृत अवस्थामा फेला परेका छन् ।
यस्तै, मकवानपुर, हेटौंडा उपमहानगरपालिका-४ स्थित होटल सामनामा भक्तपुर बालकोट बस्ने ६० वर्षीय लेखजंग ध्वज केसी सोमबार मृत अवस्थामा फेला परेका छन् । केसी पुस १२ गतेदेखि उक्त होटलमा बस्दै आएको बुझिएको छ ।
यसैगरी मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१८ भुटनदेवी टोल बस्ने ५५ वर्षीय नवराज मालबु घरदेखि करिब २ सय सय मिटर भित्री सडकको छेउमा सोमबार मृत अवस्थामा फेला परेका छन् ।
उता धनुषाको धनौजी गाउँपालिका-५ बस्ने अलाउदिन नदाफकी १७ वर्षीया छोरी सबिना खातुन आफनै घरको कोठामा आइतबार मृत अवस्थामा फेला परेकी छन् ।
यसैगरी रुपन्देही, सिद्धार्थनगर नगरपालिका-१ वेलहीया बसपार्कस्थित तनहुँ होटलको कोठा नम्बर ११२ मा गुल्मी रुरु गाउँपालिका(२ अस्लेवा बस्ने ६० वर्षीय टोप सिंह कुँवर सोमबार मृत अवस्थामा फेला परेका छन् ।
दैलेख, दुल्लु नगरपालिका-१ तल्लोडुङ्गेश्वर बजारमा रोकी राखेको लु.अ अ ९८१४ नम्बरको मिनि ट्रकमा सोही ट्रकका चालक सुर्खेत वीरेन्द्रनगर नगरपालिका-१० बस्ने ५० वर्षीय गगा बहादुर सुनार गाडीभित्र सुतेको अवस्थामा आइतबार मृत फेला परेका छन् ।
यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुर्खेतमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, २१ घाइते
जेठ ७, २०८१ सोमबार
करेन्ट लगाएर माछा मर्ने क्रममा एकको मृत्यु
जेठ ६, २०८१ आइतबार
तनहुँमा पौडी खेल्ने क्रममा डुबेर दुई युवाको मृत्यु
जेठ ५, २०८१ शनिबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
१० महिनामा दश हजार पर्यटक रारा पुगे
जेठ ७, २०८१ सोमबार
मौद्रिक नीति परिवर्तनमा कर्णालीको भूमिका महत्वपूर्ण : गभर्नर अधिकारी
जेठ ७, २०८१ सोमबार
१ सय सात किलो गाँजासहित कार चालक पक्राउ
जेठ ७, २०८१ सोमबार
धनगढीमा संघीय हिन्दू गणतन्त्रबारे छलफल
जेठ ७, २०८१ सोमबार