बसपार्कबाट चन्द्रगिरी जाँदै गरेकाे बस भद्रकालीमा दुर्घटना, ३ जना घाइते !
नेपालबहस संवाददाता
माघ १, २०७७ बिहिबार १४:२९:३१
१ माघ, काठमाडौं । काठमाडौं भद्रकालीमा बिहीबार बिहानै बस दुर्घटना भएको छ । बसपार्कबाट चन्द्रगिरी जाँदै गरेको बा ३ ख ४४३७ नम्बरको बस दुर्घटना भएको सिहदरबार प्रहरीले वृतले जनाएको छ ।
सिहदरबार प्रहरी वृतका प्रहरी इन्स्पेक्टर वेद बहादुर पौडलले नेपालबहस डटकमलाई दिएको जानकारी अनुसार बस दुर्घटनामा परी ३ जना घाइते भएका छन् । घाइतेकाे ट्रमा सेन्टरमा उपचार भैइरहेको छ । घाइते मध्ये दुई जनाको अवस्था सामान्य र एक जनाको अवस्था गभ्भिर रहेको प्रहरीले जनाएको छ ।
प्रहरी अनुसार बस दुर्घटना हुँदा केहीबेर भद्रकाली रोड जाम भएको थियो । अहिले दुर्घटना स्थल सामान्य भैइसकेको छ । दुर्घटना स्थलबाबाट बसलाई प्रहरीले साइडमा राखेको छ भने चालकलाई नियन्त्रणमा लिएको छ । घाइते ३ जना मध्ये एक चालक रहेको प्रहरीले जनाएको छ ।
वृत्तका इन्स्पेक्टर पौडलका अनुसार बसका साहु सम्पर्कमा आइसकेको र घाइतेको उपचार सबै आफैले गर्ने सहमति भएको छ । बस तिव्र गतिका कारण दुर्घटना भएको हो ।
प्रहरीका अनुसार बसमा करिव १५ जना यात्रु रहेका थिए । घाइते मध्ये अरुको अवस्था सामान्य रहेको र सबै आ आफ्नो गन्तव्यमा लागेको प्रहरीले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुर्खेतमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, २१ घाइते
जेठ ७, २०८१ सोमबार
करेन्ट लगाएर माछा मर्ने क्रममा एकको मृत्यु
जेठ ६, २०८१ आइतबार
तनहुँमा पौडी खेल्ने क्रममा डुबेर दुई युवाको मृत्यु
जेठ ५, २०८१ शनिबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
१० महिनामा दश हजार पर्यटक रारा पुगे
जेठ ७, २०८१ सोमबार
मौद्रिक नीति परिवर्तनमा कर्णालीको भूमिका महत्वपूर्ण : गभर्नर अधिकारी
जेठ ७, २०८१ सोमबार
१ सय सात किलो गाँजासहित कार चालक पक्राउ
जेठ ७, २०८१ सोमबार
धनगढीमा संघीय हिन्दू गणतन्त्रबारे छलफल
जेठ ७, २०८१ सोमबार