विराटनगर भन्सार र आन्तरिक राजश्व विराटनगरद्वारा राजश्व संकलनमा बृद्धि
नेपालबहस संवाददाता
माघ ३, २०७७ शनिबार २०:७:२६
३ माघ, विराटनगर । कोरोना महामारीले आर्थिक क्षेत्रलाई तहसनहस बनाएको बेलामा पनि राजस्व संकलनमा आन्तरिक राजश्व कार्यालय विराटनगर र विराटनगर भन्सार सफल बन्न पुगेका छन । आन्तरिक राजस्व कार्यालय विराटनगर र विराटनगर भन्सारले विगत ६ महिनामा संकलन गरेको राजस्वको तथ्यांक हेर्दा राजश्व बृद्धि हुँदै गएको देखिन्छ ।
आन्तरिक राजस्व कार्यालय विराटनगरले चालु आर्थिक वर्षको पुष मसान्तसम्ममा ३ अर्ब ८८ करोड ९७ लाख ३४ हजार राजस्व संकलन गरेको छ । राजश्वको यो बृद्धिदर गत आर्थिक वर्षको भन्दा ११ प्रतिशतले बढी हो । कार्यालयले लक्ष्य प्राप्त गर्न एक प्रतिशतले मात्र सकेको छैन ।मदिराजन्य उद्योगमा कोभीडका कारण परेको असरले गर्दा पूर्ण क्षमतामा नचल्दा गएको ६ महिनामा लक्ष्यभन्दा २ करोड ५५ लाख मात्र राजस्व उठेको छ ।
कार्यालयले ६ महिनामा आयकरवापत १ अर्ब ५३ करोड ८७ लाख ८२ हजार रूपैयाँ संकलन गरेको छ । गत आर्थिक वर्षभन्दा ३ प्रतिशत बढी आयकर संकलन गरेको छ । यो लक्ष्यभन्दा ३२ प्रतिशत बढी आयकर संकलन भएको हो । मूल्य अभिबृद्धि करतर्फ १ अर्ब १४ करोड १९ लाख ८९ हजार संकलन भएको छ । मूल्य अभिबृद्धि करको संकलन गत आर्थिक वर्षको भन्दा २७ प्रतिशतले बढेको हो । तर अन्तः शुल्क भने १ अर्ब २० करोड ८९ लाख ६३ हजार संकलन भएको छ ।
आन्तरिक राजस्व कार्यालय विराटनगरका प्रमुख विमल सापकोटाका अनुसार प्राइभेट कम्पनीहरूले बुझाउनु पर्ने राजस्व ३ प्रतिशतले घटेको छ । घरजग्गा किनबेचबाट हुने मुनाफा र सेयर कारोबारबाट आउने करमा भने समग्रमा बढेको छ । त्यसै गरी ब्याज आम्दानीबाट आउने कर ४० प्रतिशतले घटेको छ । चालु आर्थिक वर्षमा ब्याज आम्दानीबाट आउने कर ३ करोड ६५ लाख मात्र उठेको छ ।
विराटनगर भन्सारको राजस्व संकलनमा पनि बृद्धि भएको छ । विराटनगर भन्सार औद्योगिक कच्चा पदार्थमा आधारित छ । सो कार्यालयले पुस महिनामा ३ अर्ब ७० करोड राजस्व संकलन गरेको छ । मंसिर महिनामा ३ अर्ब १३ करोड राजस्व उठाएकोमा पुसमा ५७ करोड बढी राजस्व उठेको छ ।
भन्सार प्रमुख शिव भण्डारीका अनुसार लक्ष्य पुर्याउन नसके पनि राजस्व संकलन बृद्धि हुदै गएको छ । पुस महिनाको तथ्यांक हेर्दा माघ महिनामा लक्ष्य पुग्न सक्ने देखिएको छ । पछिल्लो समय उद्योग धन्दाहरू पूर्ण क्षमतामा चल्न थालिसकेको हुँदा अव आउने दिनमा राजस्व संकलन सन्तोषजनक रहने अपेक्षा रहेको कुरा प्रमुख भन्सार अधिकृत शिव भण्डारीले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयी हुन आर्थिक ऐनले दिएका सात स्कीम
जेठ १८, २०८१ शुक्रबार
‘स्वदेशी उद्योगलाई प्रवर्द्धन गर्ने बजेट’
जेठ १६, २०८१ बुधबार
सशस्त्रमा आईजीपी अर्याल विरुद्ध मोर्चाबन्दी !
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
झापामा हुरीबतासले करोडौँको क्षति, विद्युत् आपूर्ति बन्द
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
घट्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको यथावत
जेठ १८, २०८१ शुक्रबार
बजेट सच्याउने निर्णय गराएर करका दरमाथि खेल्दै अर्थमन्त्री, 'टाइपिङ इरर' भएको बहाना
जेठ १८, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ १८, २०८१ शुक्रबार
समयमै क्यासिनो नवीकरणको आवेदन नदिए इजाजतपत्र खारेज हुने
जेठ १८, २०८१ शुक्रबार
स्वास्थ्य क्षेत्रको समस्या समाधान गर्न मन्त्री यादवद्वारा समिति गठन
जेठ १८, २०८१ शुक्रबार
वाग्मती प्रदेशको नीति तथा कार्यक्रम स्वीकृत
जेठ १८, २०८१ शुक्रबार
अत्यधिक गर्मीले बर्दियाका विद्यालय थप ६ दिन बन्द
जेठ १८, २०८१ शुक्रबार
दुबईबाट फर्केर तरकारीखेती
जेठ १८, २०८१ शुक्रबार
घट्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको यथावत
जेठ १८, २०८१ शुक्रबार