रविको अध्यक्षतामा गण्डकी ट्रक यातायात व्यवसायी संघमा निर्विरोध कार्यसमिति निर्वाचित
नेपालबहस संवाददाता
माघ ३, २०७७ शनिबार २०:४९:३९
३ माघ, काठमाडौं । गण्डकी ट्रक यातायात व्यवसायी संघको ४३ औं साधारणसभा तथा २० औं महाधिवेशन सम्पन्न भएको छ । शुक्रबार पोखरामा संघको ४३ औं साधारणसभा तथा २० औं महाधिवेशन सम्पन्न भएको हो ।
उक्त सभामा रवीन्द्र गिरी ‘रवि’ को अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । संघको नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्ष विकास थापा, प्रथम उपाध्यक्षमा ईश्वरकुमार श्रेष्ठ, द्वितिय उपाध्यक्ष दुर्गादत्त भाेगाई, महासचिव रामचन्द्र सुवेदी , सचिव होम बहादुर कार्की , कोषाध्यक्ष अनिल विक्रम खाँण, सहकोषाध्यक्ष गंगा कुमारी खनाल रहेका छन् । त्यस्तै, सदस्यमा रुद्रनाथ अधिकारी,शशि विक्रम राणा निर्वाचित भएका छन् । ३ जना सदस्य पछि मनाेनित गरिने जनाइएकाे छ ।
नव निर्वाचित अध्यक्ष गिरीले लाखापाखा लागेका व्यवसायीलाई समेटेर उनीहरुको हकहितको लागि काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । साथै संघलाई मजबुत बनाउँदै जाने र पीडित व्यवसायीलाई सहयोग गर्ने बताए । हाल गण्डकी ट्रक यातायात व्यवसायी संघमा ८ सय ४० जना व्यवसायी आवद्ध रहेको संघले जनाएको छ ।
त्यस्तै नवनिर्वाचित कोषाध्यक्ष खाँडले संघको दुर्घटना राहत कोषलाई बलियो बनाउने तथा अन्य ट्रक व्यवसायीहरुलाई पनि संघमा आबद्ध गराईने प्रतिबद्धता व्यक्त गरेका छन् । नेपाल तरुण दल स्याङ्जाका नेता समेत रहेका खाँडले ट्रक व्यवसायीहरुको हकहित रक्षा र समस्या परेका बेला आफुहरु रातदिन नभनी खटिने बताएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपव्यवसायी घराना ज्योति समूहमाथि चौधरीको आक्रमण, मोटोकर्पका सबै कारोबारमा सिजीको हस्तक्षेप
बैशाख १५, २०८१ शनिबार
इ भी नेपाल मोटर्सको ल्यायो भ्यालेन्टाइन स्किम
फागुन १, २०८० मंगलबार
टोयोटाले बढायो वार्षिक खुद नाफा प्रक्षेपण
माघ २३, २०८० मंगलबार
बस खोलामा खस्दा २० को मृत्यु, २१ जना घाइते
बैशाख २१, २०८१ शुक्रबार
आगामी साता हल्कादेखि मध्यम खालको वर्षा हुने प्रक्षेपण
बैशाख २१, २०८१ शुक्रबार
नौबीसे नागढुङ्गा सडक खण्डमा धमाधम पिच सुरु
बैशाख २१, २०८१ शुक्रबार
स्थानीय तहमा अनावश्यक कर्मचारी नराख्न निर्देशन
बैशाख २१, २०८१ शुक्रबार
टी–२० विश्वकप खेल्ने राष्ट्रिय क्रिकेट टीमको बिदाइ
बैशाख २१, २०८१ शुक्रबार
ट्राफिक सचेतनामा महानायक राजेश हमाल
बैशाख २१, २०८१ शुक्रबार
आगलागी प्रभावित गाउँपालिकालाई कामपाको आर्थिक सहयोग
बैशाख २१, २०८१ शुक्रबार
अछाममा बँदेलको आक्रमणबाट एक जना घाइते
बैशाख २१, २०८१ शुक्रबार
आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो
बैशाख २१, २०८१ शुक्रबार