सूर्या लाइफको लाभांश आज पारित हुँदै
नेपालबहस संवाददाता
माघ ५, २०७७ सोमबार १६:५७:५०
५ माघ, काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको वार्षिक साधारण सभा आज (माघ ५ गते, सोमबार) हुँदैछ ।कम्पनीले पौष ७ गते मंगलबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार उक्त सभा होटल ह्यारिसन प्यालेस बजरंगबली मार्ग, विराटनगरमा बिहान ११ बजेबाट सुरू हुनेछ ।
सभामा कम्पनीको कार्तिक २५ गते, मंगलबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई ५ प्रतिशत बोनस शेयर र ५.५२६ प्रतिशत नगद (कर प्रयोजनका लागि समेत) गरी कुल १०.५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।
यसका साथै, सभाले कम्पनीको शेयर संरचना परिवर्तन गर्ने प्रस्ताव पनि पारित गर्नेछ । संस्थापक समूहको ७० प्रतिशत र सर्वसाधारण समुहको ३० प्रतिशत रहेको शेयर संरचनालाई परिवर्तन गरी संस्थापक समुहको ६० प्रतिशतमा र सर्वसाधारण समूहको ४० प्रतिशत कायम गर्ने प्रस्ताव पारित गरिन लागेको हो ।
त्यसैगरी, कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि पुस १७ गतेदेखि पुस २४ गतेसम्म शेयरधनी दर्ता पुस्तिका बन्द गरेको छ। त्यसैले, पौष १६ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रभु महालक्ष्मी लाइफको ब्राण्ड एम्बेसडर मनोज गजुरेल
चैत २०, २०८० मंगलबार
नेपाल लाइफद्वारा एएमएल र सीएफटी सम्बन्धी तालिम सम्पन्न
चैत ६, २०८० मंगलबार
बोनस शेयरमा लाग्ने कर तिर्न शेयरधनीलाई आग्रह
चैत ६, २०८० मंगलबार
गिरीबन्धु टि स्टेटको जग्गा किनबेचमा पुनरावलोकन गर्न नपाइने, नैतिक संकटमा ओली
जेठ २, २०८१ बुधबार
भान्सामा राखिएका यी चिजले घरमा गरिबी ल्याउछ आजै हटाउनुहोस्
जेठ २, २०८१ बुधबार
पेट्रोलियम पदार्थको मूल्य घट्यो
जेठ २, २०८१ बुधबार
हृदयाघातबाट दैनिक १० हजार युरोपेलीको मृत्यु
जेठ २, २०८१ बुधबार
लाङटाङ हिमाल पदमार्गमा सरसफाइ गरिने
जेठ २, २०८१ बुधबार
टेबल टेनिस खेलाडी स्यान्टु पेरिस ओलम्पिकमा छनोट
जेठ २, २०८१ बुधबार
दुबई र कुवेतमा कार्यालय खोलेर नेपालबाट मानव तस्करी
जेठ २, २०८१ बुधबार
ट्राफिकको यान्त्रिक चेकिङमा ५३ जना चालकमाथि कारबाही
जेठ २, २०८१ बुधबार
पेट्रोलियम पदार्थको मूल्य घट्यो
जेठ २, २०८१ बुधबार