‘होला कि ले बुलाकी’:-सबैभन्दा कमजोर बाणिज्य बैंकको रुपमा सेञ्चुरी बैंक दर्ज
आर्थिक संवाददाता
माघ ५, २०७७ मंगलबार १:१७:५६
५ माघ, काठमाडौं । आर्थिक वर्ष ७६/७७ को लागि नेप्सेमा कारोवार हुने सबै वाणिज्य बैंकहरुले लाभांश प्रस्ताव गरिसकेपनि सिभिल बैंकले मात्र आफ्नो साधारणसभाको मिति तय गर्न बाकी छ। अरु सबै वाणिज्य बैंकले साधारणसभाको मिति तय गरिसकेको अवस्था छ। आर्थिक वर्ष ७६/७७ को लाभांशलाई आधार मान्दा सेञ्चुरी कमर्सियल बैंक सबैभन्दा कमजोर देखिएको छ ।
सेन्चुरीले आर्थिक वर्ष ७६/७७ मा ५ दशमलव २५ प्रतिशत मात्र बोनश शेयर २ दशमलब २५ प्रतिशत नगद लाभांश गरी जम्मा ७ दशमलव ५ प्रतिशत लाभांश दिएको छ । आर्थिक वर्ष ७६/७७ मा नेप्सेमा कारोवार हुने वाणिज्य बैंकमध्ये सबैभन्दा थोरै लाभांश प्रस्ताव गरेर सबैभन्दा कमजोर वाणिज्य बैंकको रुपमा सेञ्चुरी कमर्सियल बैंकले आफ्नो नाम दर्ता गरेको छ ।
सेञ्चुरी कर्मसियल बैंकले लाभांशको मामलामा शेयर लगानीकर्तालाई सधैं धोका दिदै आएको छ। आर्थिक वर्ष ७५/७६ मा कम्पनीले जम्मा २ प्रतिशत बोनस शेयर र ४ दशमलव ७५ प्रतिशत नगद लाभांश गरी जम्मा ६ दशमलव ७५ प्रतिशत लाभांश दिएको थियो ।
सञ्चालकहरु बीच लगातारको विवाद र तानातान तथा कर्जा लगानीमा दर्जनौं अनियमितता हुँदा बैंक कमजोर बनेको हो । बैंकले कमिशन खाएर करोडौं ऋण लगानी गर्दा भित्री रुपमा बैंक उठनै नसक्ने गरि थला परेको बताइएको छ । बैंकको सीईओमा पुराना बैंकर तुलसीराम गौतम छन् भने अध्यक्षमा शैक्षिक माफियाका रुपमा परिचित राजेश श्रेष्ठ छन् ।
अध्यक्ष श्रेष्ठ लिटिल एन्जल्स स्कुलका प्रिन्सिपल पनि हुन् । उनी साधारण शेयरधनीको तर्फबाट सञ्चालक अध्यक्षमा चुनिएका हुन् । रमाईलो के छ भने बैंक स्थापना गर्दाका संस्थापकहरु यसपटकदेखि बैंकको सञ्चालक समितिबाट पुरै बढारिएका छन् । करोडौं लगानी गर्ने संस्थापकहरु बाहिरिएर १० कित्तेहरु सञ्चालक समितिमा हावी हुँदा बैंकको यो अवस्था आएको हो ।
सीईओ गौतमले २०७५ वैशाख १९ गतेदेखि बैंकको प्रमुख कार्यकारी अधिकृतको कार्यभार सम्हालेका छन् । पुराना र अनुभवी बैंकरको व्यवस्थापनमा बैंकले गति लेला भन्ने आम शेयरधनीहरुको भावना अहिले होला कि ले बुलाकी जस्तो हुन पुगेको शेयरधनीहरुको आरोप छ ।
सेञ्चुरी कमर्सियल बैंककाे लाभांशको ईतिहास :
आर्थिक वर्ष ७६/७७ मा वाणिज्य बैंकहरुको लाभांशको सूची, जसमा सेञ्चुरी कमर्सियल बैंकले दियो सबैभन्दा कम लाभांश :
आर्थिक संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकुमारी बैंकका ग्राहकलाई होटल भिन्टेज होमबाट प्रदान गरिने सेवामा विशेष छुट
जेठ ७, २०८१ सोमबार
सिटिजन्स बैंकका सबै कार्डहरू अति सुरक्षित छन्, ढुक्कले चलाउनु भए हुन्छ
जेठ ६, २०८१ आइतबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
कलेजो क्यान्सर भएको कसरी थाहा पाउने ? यस्ता छन् लक्ष्णहरु !
नेपालबहस संवाददाता
जेठ ५, २०८१ शनिबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
मकैमा फौजी कीरा र फलफूलमा औँसाको संक्रमण, किसान चिन्तित
जेठ ७, २०८१ सोमबार
यी ४ जनाले भुलेर पनि नखानुस् मेवा
जेठ ७, २०८१ सोमबार
ताइवानको राष्ट्रपतिको रूपमा लाइ चिङ तेहले लिए शपथ
जेठ ७, २०८१ सोमबार
मर्यादापालक लगाएर प्रधानमन्त्री पुगे रोष्ट्रम, कांग्रेसको नाराबाजी जारी
जेठ ७, २०८१ सोमबार
कुमारी बैंकका ग्राहकलाई होटल भिन्टेज होमबाट प्रदान गरिने सेवामा विशेष छुट
जेठ ७, २०८१ सोमबार