शेयरधनीलाई सबैभन्दा खुशी बाँड्ने वाणिज्य बैंक बन्याे नबिल बैंक
आर्थिक संवाददाता
माघ ५, २०७७ मंगलबार ०:५३:१८
५ माघ, काठमाडौं । पुराना बाणिज्य बैंकहरुमध्ये सदैव आफुलाई अब्बल रुपमा प्रस्तुत गर्दै आएको नबिल बैंकले आर्थिक वर्ष ७६/७७ मा सबैभन्दा धेरै लाभांश दिएर आफुलाई एकनम्बरको बाणिज्य बैंकको रुपमा स्थापित गर्न परि सफल भएको छ ।
आर्थिक वर्ष ७६/७७ मा कम्पनीले ३३ दशमवल ५ प्रतिशत बोनस शेयर र १ दशमवल ७६ प्रतिशत नगद लाभांश गरी ३५ दशमवल २६ प्रतिशत लाभांश दिएर आफ्नो वार्षिक साधारणसभा सम्पन्न गरेको छ । बैंकले कोरोना कहरका बीचमा पनि व्यापार बढाएर यति धेरै लाभांश दिई लगानीकर्तालाई निकै खुशी बनाएको हो ।
नबिलले ३५ प्रतिशत लाभांश दिँदा दोश्रोमा एनआईसी एशिया बैंकले २० प्रतिशत र हिमालयन बैंकले २० प्रतिशत लाभांश दिएका छन् । पहिलो र दोश्रो नम्बरका बैंकहरुमा निकै ठूलो फरक देखिएको छ ।
यो वर्षमात्र नभएर नबिल बैंकले विगतका वर्षहरुमा पनि निकै आकर्षक लाभांश दिदै आएको थियो । नबिल बैंकको विगत दश वर्ष देखिको लाभांशको ईतिहास हेर्दा बैंकले कुनै वर्ष पनि तीस प्रतिशत भन्दा कम लाभांश दिएको छैन् ।
सेलिब्रेटी बैंकरको छवि बनाएको अनिल शाह नबिल बैंकको सीईओका रुपमा नेतृत्व गरिरहेका छन् भने ३३ बर्षभन्दा लामो समय नेपालको बैंकिङ क्षेत्रमा कार्यरत उपेन्द्र पौड्यालले केही समय अघि नबिलको सञ्चालक समितिको अध्यक्षका रुपमा नीतिगत नेतृत्व सम्हालेका छन् ।अध्यक्ष पौड्याल नेदरल्याण्डको ग्लोबल अलायन्स फर बैंकिङ अन भ्यालुका दक्षिण एशिया निर्देशक पनि हुन ।
त्यस्तै बिग मर्ज भएर आकारको हिसाबमा ठूलो बैंक बनेको ग्लोबल आईएमई बैंक छोडेर सुजित शाक्य, कुशल बैंकर एवं चार्टर्ड एकाउन्टेण्ट मनोज ज्ञवालीदेखि कुशल बैंकर कृष्ण सुवेदीसम्म नबिलको नेतृत्व तहमा रहेर कार्य सम्पादन गरिरहेका छन् ।
आर्थिक संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकुमारी बैंकका ग्राहकलाई होटल भिन्टेज होमबाट प्रदान गरिने सेवामा विशेष छुट
जेठ ७, २०८१ सोमबार
सिटिजन्स बैंकका सबै कार्डहरू अति सुरक्षित छन्, ढुक्कले चलाउनु भए हुन्छ
जेठ ६, २०८१ आइतबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
कुमारी बैंकका ग्राहकलाई होटल भिन्टेज होमबाट प्रदान गरिने सेवामा विशेष छुट
जेठ ७, २०८१ सोमबार
दमौलीको मुख्यचोकका सटरमा भएको आगलागीको विवरण संकलन गरिँदै
जेठ ७, २०८१ सोमबार
८ नम्बरमा पर्यो उपेन्द्रको रिट, ढुंगानाको इजलासमा सुनुवाइ
जेठ ७, २०८१ सोमबार
गोदावरीको हाटखोली आन्तरिक पर्यटकको रोजाइमा
जेठ ७, २०८१ सोमबार
कांग्रेससहित विपक्षी दलहरुले गरे संसद अवरोध, १५ मिनेटका लागि बैठक स्थगित
जेठ ७, २०८१ सोमबार
सुनको मूल्य तोलामा नौ सयले बढ्यो, चाँदीको कति ?
जेठ ७, २०८१ सोमबार