बीमा समिति नेतृत्वविहीन, अध्यक्षकाे लागि दौडधुप शुरु
नेपालबहस संवाददाता
माघ ६, २०७७ मंगलबार १६:३५:२६
६ माघ, काठमाडौं । बीमा कम्पनीहरुको नियमनकारी निकाय बीमा समिति नेतृत्वविहीन बनेको छ । समितिका अध्यक्ष रहेका चिरञ्जीवी चापागाईं चार वर्षे कार्यकाल पूरा गरेर पुष अन्तिम साता नै बीमा समितिबाट बाहिरिएका छन् ।
सामान्यतया नेतृत्व रिक्त हुनुभन्दा एक महिनाअघि नै नियुक्त गर्नु पर्ने भए पनि सरकारले नयाँ अध्यक्ष नियुक्त गर्न सकेको छैन । अझ अध्यक्षले गर्ने कामकारबाहीको जिम्मेवारी समेत नदिदा दैनिक कार्यहरुसमेत प्रभावित भएका छन् ।
समितिको अध्यक्ष नै कार्यकारी भूमिकामा हुने भएकाले अध्यक्ष नहुँदा धेरै काम रोकिएका छन् ।समितिलाई आर्थिक क्षेत्रमा राष्ट्र बैंकपछिको शक्तिशाली निकाय मानिन्छ। त्यसैले अध्यक्ष बन्न विभिन्न व्यक्तिहरु लागिपरेका छन्।
समितिको अध्यक्ष अर्थमन्त्रीको प्रस्तावमा मन्त्रिपरिषद्ले नियुक्त गर्ने कानुनी प्रावधान छ। यसमा नियुक्ति पाउन योग्यताका साथसाथै राजनीतिक पहुँच पनि उत्तिकै आवश्यक मानिन्छ। कतिपयले यसलाई राजनीतिक नियुक्ति पनि भन्ने गर्छन्।
बीमा क्षेत्रका विश्लेषकहरू भने बीमा क्षेत्रमा दक्ष व्यक्तिलाई अध्यक्ष बनाउनुपर्ने बताउँछन्।
अध्यक्ष पदका आकांक्षी
चिन्तामणि शिवाकोटीः राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी दुई महिनापछि अवकाश हुँदैछन् । उनलाई बीमा समितिको अध्यक्ष पद दिने भन्दै तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडाले महाप्रसाद अधिकारीलाई गभर्नर बनाएका थिए।
शिवाकोटीले आफू गभर्नरको दाबेदार रहेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष लबिङ गरेका थिए । तर अर्थमन्त्री खतिवडाले शिवाकोटीलाई कुनै प्रभावशाली संस्थामा नियुक्त गरिने आश्वासन दिएर गभर्नरमा अधिकारीलाई नियुक्त गरेको चर्चा थियो।
पछिल्लो समय डेपुटी गभर्नर शिवाकोटी बीमासम्बन्धी जानकारी संकलनमा व्यस्त छन् । यसका लागि उनले बीमा कम्पनीका पदाधिकारीहरूसँग छलफल तीव्र बनाएको एक बीमा कम्पनीका सीईओले जानकारी दिए ।
महेश गुरागाईंः अध्यक्षका आकांक्षी महेश गुरागाईं नेपाल पुनर्बिमा कम्पनी र नेपाल चार्टर्ड एकाउन्टेन्ट संघका पूर्वअध्यक्ष हुन् । उनी नेपाल वायुसेवा निगमको अध्यक्ष बन्न चाहेका थिए । तर तत्कालीन पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईको रोजाइमा पर्न सकेनन् ।
सत्तासीन दलका लागि ठूलो योगदान गरे पनि कुनै मूल्यांकन नभएको गुनासो उनले निकटस्थहरुसँग गर्न थालेका छन् । गुरागाईंले अहिलेसम्म कुनै पदमा नियुक्ति पाएका छैनन्।
लगानी बोर्डको सीईओमा पनि उनको चर्चा थियो । तर त्यहाँ पनि तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडाका कारण उनको नियुक्ति भएन। बीमा समितिको अध्यक्ष बन्न गुरागाईंले विभिन्न शक्ति केन्द्रमा लबिङ गरिरहेको उनी निकट एक चार्टर्ड एकाउन्टेनले बताए ।
रामशरण खरेलः समितिका अर्का दाबेदार हुन् तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडाका सल्लाहकार रामशरण खरेल । डा. खतिवडाले गभर्नर हुँदा पनि खरेललाई सल्लाहकार राखेका थिए ।
डा.खतिवडाका छोरीज्वाइँ खरेल अहिले राष्ट्र बैंकका निर्देशक छन् । अर्थमन्त्री खतिवडाले चालू आर्थिक वर्षको बजेटमा चकलेटमा लागेको कर घटाउँदा खरेलको बढी आलोचना भएको थियो।
उनलाई समिति अध्यक्ष बनाउन खतिवडा आफैं लागिपरेको चर्चा बीमा क्षेत्रमा छ। खतिवडा अर्थमन्त्री हुँदा खरेलले कर्मचारी सञ्चय कोषको सञ्चालकको जिम्मेवारी पाएका थिए।
हालका अध्यक्ष चापागाईंलाई हटाएर खरेललाई अध्यक्ष बनाउन खतिवडाले धेरै प्रयास गरेका थिए । तर चापागाईंले समिति अध्यक्षबाट राजीनामा नदिएपछि खतिवडा पछि हटेका थिए।
टंक पनेरूः नेपाल स्टक एक्सचेन्जका पूर्वअध्यक्ष टंक पनेरू यसअघि नेपाल धितोपत्र बोर्डमा जान चाहेका थिए । तर त्यहाँ तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडाले आफू निकटका भीष्मराज ढुंगानालाई नियुक्त गरेका थिए।
पनेरू पनि अहिले बीमा समितिको अध्यक्ष पद बन्ने दौडधुपमा छन्।
डा. रवीन्द्र घिमिरेः अघिल्लोपटक समिति अध्यक्षमा नियुक्त पाएर खोसिएका डा. रवीन्द्र घिमिरेको नाम पनि चर्चामा छ । तर उनले अध्यक्ष बन्न कुनै दौडधुप नगरेको बताए।
समिति अध्यक्षका अन्य आकांक्षीमा कृषि विकास बैंकका अध्यक्ष लक्ष्मीप्रपन्न निरौला, कर्मचारी सञ्चय कोषका पूर्वप्रशासक कृष्णप्रसाद आचार्य, नेपाल पुनर्बिमा कम्पनीका संस्थापक सीईओ रमेश लम्सालको पनि नाम चर्चामा छ।
यस्तै राष्ट्रिय बीमा संस्थानका अध्यक्ष गंगाराम कँडेल, बीमा कम्पनीका कार्यकारी निर्देशक श्रीमान् कार्की, नेपाल बिमक संघका पूर्व अध्यक्ष विजय शाहलगायत पनि अध्यक्ष बन्ने दौडधुपमा छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराष्ट्रिय बीमा कम्पनीले माग्यो कार्यकारी प्रमुख
माघ २४, २०८० बुधबार
आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स र सिद्धि स्मृति प्रतिष्ठानबिच नगद रहित सेवा सम्झौता
मंसिर १५, २०८० शुक्रबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै, ५० औँ स्थानमा सूचीकृत
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
आज सुनको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार ?
जेठ १, २०८१ मंगलबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा
जेठ १, २०८१ मंगलबार
लखनउमाथि दिल्ली १९ रनले विजयी
जेठ २, २०८१ बुधबार
हरित रोजगारीका निम्ति कोरियाले ९८ लाख डलर दिने
जेठ २, २०८१ बुधबार
कस्तो छ आजको मौसम ?
जेठ २, २०८१ बुधबार
सन्दीप लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै,
जेठ २, २०८१ बुधबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ २, २०८१ बुधबार
सरकारको प्राथमिताः गोलीगठ्ठा उत्पादनमा स्वदेशमै आत्मनिर्भर
जेठ १, २०८१ मंगलबार