मृगलाई पड्काएको भरुवा बन्दुकले गोठालोको ज्यान गयो
नेपालबहस संवाददाता
माघ ६, २०७७ मंगलबार २३:८:३५
६ माघ, रोल्पा । रोल्पामा मृगलाई पड्काएको भरुवा बन्दुकले गोठालोको ज्यान गएको छ । रोल्पा नगरपालिका(९ फाल्जा बस्ने ४५ वर्षीया बरु पुन मगर छिमेकीले भरुवा बन्दुक पड्काउँदा लागेर सोमबार दिउँसो गम्भीर घाइते भएकी छिन् ।
सोही ठाउँ बस्ने ३७ वर्षीय हस्त बहादुर पुन मगरले मृगलाई पड्काएको भरुवा बन्दुक मृगलाई नलागी जंगलबाट बाख्रा चराएर घर फर्किँदै गरेकी बरु पुन मगरलाई लाग्दा घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय रोल्पाबाट खटिएको प्रहरीले हस्त बहादुरलाई पक्राउ गरेको छ ।
गम्भीर घाइते भएकी बरू पुनलाई जिल्ला अस्पताल रेउघा हुँदै थप उपचारको लागि भैरहवा मेडिकल कलेज रिफर गरिएको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुर्खेतमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, २१ घाइते
जेठ ७, २०८१ सोमबार
करेन्ट लगाएर माछा मर्ने क्रममा एकको मृत्यु
जेठ ६, २०८१ आइतबार
तनहुँमा पौडी खेल्ने क्रममा डुबेर दुई युवाको मृत्यु
जेठ ५, २०८१ शनिबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
१० महिनामा दश हजार पर्यटक रारा पुगे
जेठ ७, २०८१ सोमबार
मौद्रिक नीति परिवर्तनमा कर्णालीको भूमिका महत्वपूर्ण : गभर्नर अधिकारी
जेठ ७, २०८१ सोमबार
१ सय सात किलो गाँजासहित कार चालक पक्राउ
जेठ ७, २०८१ सोमबार
धनगढीमा संघीय हिन्दू गणतन्त्रबारे छलफल
जेठ ७, २०८१ सोमबार