नेकपा निकट पत्रकार विभाजित-ओली गणतन्त्र विरोधीः नेपाल
नेपालबहस संवाददाता
माघ ६, २०७७ बुधबार ०:१६:५३
६ माघ, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओलीले पदका लागि नेताहरुको दुरुपयोग गरेको आरोप लगाएका छन् । आफूनिकट प्रेस संगठनले आज राजधानीमा आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले ओलीले आफूलाई र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सत्ताको भ¥याङका रुपमा मात्र उपयोग गरेको दावी गरे ।
ओली कहिल्यै गणतन्त्रको पक्षमा नरहेकाले संघीय गणतन्त्रप्रति उनको लगाव र रुचि नभएकाले नै अहिले उपद्रव मच्चाएको आरोप उनले लगाए । ओलीले गणतान्त्रिक आन्दोनलमा कहिल्यै सहयोग नगरेको भन्दै अध्यक्ष नेपालले भने–बरु नेपालमा गणतन्त्र आउनै नसक्ने ठोकुवा भने गरेका हुन् । साथै, ओलीले यो मुद्धामा पार्टी भित्र असहमति नै दर्ज गराएको र बलयगाडातन्त्रको पक्षमा उभिएका थिए ।
ओली जस्तो अराजनीतिक र हैकमवादी नेताले लोकतन्त्रको पनि रक्षा नगर्ने भन्दै अध्यक्ष नेपालले अब काम चलाउ भइसकेका प्रधानमन्त्रीको हैसियतमा मात्रै उनलाई लिन सकिने बताए । ओलीलाई बिगतमा आफूले नै हरेक पद र प्रतिष्ठा दिलाएको स्मरण गर्दै उनले भने–अहिले पनि कस्तो कुलंगारलाई प्रधानमन्त्री प्रस्ताव गरेछुु भनेर धिक्कार्न मन लाग्छ ।
ओलीको व्यक्तिवादी चरित्र र कार्यशैलीको आफूले डटेर सामना गर्नेपनि अध्यक्ष नेपालले बताए । कस्ता कस्ता निरंकुशताविरुद्ध त लडियो भने जाबो ओली त के हुन् र ? उनले प्रश्न गरे । नेकपा निकट पत्रकारहरुको संगठन प्रेस संगठन आजबाट औपचारिक रुपमै विभाजित भएको छ । यो पक्षको नेतृत्व महेश्वर दाहालले गरेका छन् ।
यस्तै ओली निकट रहेका पत्रकारहरुले पनि पर्सि विहीबार यस्तै कार्यक्रम आयोजना गर्दैछन् । उक्त समूहको नेतृत्व गणेश बस्नेतले गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकार्यदलको बैठक छाडेर संसदीय दलको कार्यालयमा आए कार्की र परियार
जेठ ६, २०८१ आइतबार
राष्ट्रियसभाको बैठक पनि दुई घण्टाका लागि सर्यो
जेठ ६, २०८१ आइतबार
राप्रपाको केन्द्रीय समितिको बैठक आह्वान
जेठ ६, २०८१ आइतबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
'डोको बोकेर दौडिने' प्रतियोगितामा फक्ताङ्लुङका छत्रबहादुर कार्की प्रथम
जेठ ६, २०८१ आइतबार
मेची भन्सारद्वारा रु एघार अर्ब ५९ करोड राजस्व संकलन
जेठ ६, २०८१ आइतबार
अवैध लागूऔषधसहित चार जना पक्राउ
जेठ ६, २०८१ आइतबार
निर्माण व्यवसायीको ढिलासुस्तीका कारण सेतीमा पक्की पुलको काम अलपत्र
जेठ ६, २०८१ आइतबार
रुडु बन्चु प्रचारप्रसार र संरक्षण अभावले ओझेलमा
जेठ ६, २०८१ आइतबार
कार्यदलको बैठक छाडेर संसदीय दलको कार्यालयमा आए कार्की र परियार
जेठ ६, २०८१ आइतबार