दियालो संस्था र युएनडीपीको सहयोगमा कृषकलाई उन्नत बीउ
नेपालबहस संवाददाता
माघ ६, २०७७ बुधबार १:१३:४८
६ माघ, वालिङ । वालिङ नगरपालिका भित्र बसोबास गर्ने कृषले उन्नत जातका उन्नत जातका लहरेबालीको बीउ तथा कृषि औजार पाएका छन् । नगरपालिका र युएनडिपीको आर्थिक सहयोग तथा दियालो संस्थाको व्यस्थापनमा कृषकले बीउ पाएका हुन् ।
‘कोभिड १९ उद्धार सामाजिक आर्थिक प्रतिकार्य परियोजना’ अन्तर्गत नगरपालिकाभित्रका कोभिड प्रभावित कृषकहरुले उन्नतजातका काक्रा, करेला, घिरौला, लौका, खुर्सानी, फर्सी लगायतका बीउबिजन तथा टनेल, च्याउ प्लास्टिक आदि प्राप्त गरेका छन् ।
बीउबिजन तथा सामग्री हस्तान्तरण गर्दै नगर प्रमुख दिलीपप्रताप खाँणले उत्पादनलाई बजारीकरण गर्न व्यवस्थित च्यानलको सुरुआत गरिएको जानकारी दिए । उनले भने “तपाईहरुले उत्पादन गर्नुहोस् बजारको जिम्मा हामीले लिन्छौं । गाउँगाउँमा उत्पादित बस्तुहरु अव सहज रुपमा बजारसम्म पुग्नेछन् ।” कोभिडको प्रभावबाट सुरक्षित रहँदै व्यवसायिक उत्पादनतर्फ लाग्न नगर प्रमुख खाँणको सुझाव छ ।
नगरपालिकाले साझेदार संस्थासँग मिलेर सुरक्षित तरिकाबाट उत्पादित बस्तुहरु टिप्ने र बजारसम्म पु¥याउने गरी कृषकहरुलाई तालिम प्रदान गर्न लागिरहेको प्रमुख खाँणको भनाई थियो । कोभिडको कारण विश्वमा खाद्य संकट पर्न सक्ने भन्दै नगर प्रमुख खाँणले उत्पादनको अवस्था बढाउनुपर्नेमा जोड दिए ।
कार्यक्रममा बोल्दै नगर उपप्रमुख कल्पना तिवारीले गाउँगाउँमा उत्पादन हुने बस्तुहरुलाई सहजरुपमा बजारसम्म पु¥याईने बताइन् । उनले भनिन्, “कोरोनाको प्रभावका कारण मारमा परेका कृषकहरुलाई राहत पु¥याउन बीउ बिजन तथा सामग्री वितरण गरिएको हो ।”
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीले कोभिड प्रभावित कृषकहरुलाइ सहयोग गर्न र उनीहरुलाई आर्थिक रुपममा सबल बनाउनका लागि नगरपालिका सदैव कृषकको साथमा छ भन्ने बुझ्न पनि आग्रह गरे ।
युएसएआईडी सुआहाराका गण्डकी प्रदेश प्रमुख याम जिसीले अव सबै उत्पादनमा जोडिनुपर्ने भन्दै गाउँ गाउँमा उत्पादनको लहर ल्याउनुपर्ने बताए । कार्यक्रमको उद्देश्यबारे जानकारी दिदै दियालो संस्थाका अध्यक्ष कविता तिवारीले उत्पादन र उत्पादकत्व बढाउने गरी काम भईरहेको जानकारी दिए । उनले कोभिड प्रभावितलाई स्वरोजगार र उद्यमी बनाउने गरी नगरपालिकाका १४ वटै वडामा काम भईरहेको स्पष्ट पारे । युएसएआईडी सुआहाराका कृषि विज्ञ अर्जुन सुबेदीले बीउ बिजन राख्ने तरिकाकाबारेमा जानकारी गराएका थिए ।
कार्यक्रम अन्तर्गत ३० वटा सामूहिक खेतीका लागि सहकारीहरु तथा लाभग्राहीको सूचीमा रहेका ४० जना कोभिड प्रभावितहरुलाई बिभिन्न जातका बीउ बिजन वितरण गरिएको कार्यक्रम प्रमुख राधाकृष्ण डुम्रेले जानकारी दिए । उनले गाउँगाउँमा कृषि प्राविधिकको सहयोगमा व्यवस्थित नर्सरी बनाईने समेत बताए ।
परियोजना अन्तर्गत कोभिड प्रभावित कृषकहरुलाई उनीहरुकै मागका आधारमा विभिन्न सामग्रीहरु प्रदान गरिँदै आएको दियालो युएनडिपी नेपालका कार्यक्रम प्रमुख राधाकृष्ण डुम्रेले जानकारी दिए । उनले कृषक तथा नवउद्यमीको मागका आधारमा विभिन्न प्रकृतिका सीपमूलक तालिमहरु सञ्चालन भईरहेको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपन्यायोचित ढङ्गबाट कार्यसम्पादन गर्ने लेखापरीक्षक राष्ट्रका आर्थिक पहरेदार : राष्ट्रपति पौडेल
बैशाख २७, २०८१ बिहिबार
पत्रकार महासंघको २७ औँ महाअधिवेशन काठमाडौंमा जारी
बैशाख २१, २०८१ शुक्रबार
फोर एच नोपलको एक बर्षे नेपाल मन्थन अभियान शुरु
बैशाख २०, २०८१ बिहिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
नेविसंघले माग्यो गृहमन्त्री लामिछानेको राजीनामा
जेठ ६, २०८१ आइतबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
घाटु नाँच संरक्षणमा सोरबिस्नाका गुरुङ
जेठ ६, २०८१ आइतबार