किन ढिला आउँछ नेपाल पुनर्बीमा कम्पनीको त्रैमासिक रिपोर्ट ?
नेपालबहस संवाददाता
माघ ८, २०७७ बिहिबार २३:३०:३२
८ माघ, काठमाडौं । यतिबेला विभिन्न कम्पनीहरु दोस्रो त्रैमासिक रिपोर्ट सार्वजनिक गर्ने होडमा लागिपरेका छन् । जसमध्ये केही वाणिज्य बैंक, विकास बैंक तथा फाइनान्स कम्पनीले दोस्रो त्रैमासको रिपोर्ट समेत सार्वजनिक गरिसकेका छन् । तत्कालै मात्र ५ बैंक तथा वित्त कम्पनीले दोस्रो त्रैमासको रिपोर्ट सार्वजनिक गरेका छन् ।
यतिबेला अन्य कम्पनी पनि सार्वजनिक गर्ने तयारीमा जुटिरहेका छन् । हालसम्म नेपाल इन्भेष्मेन्ट बैंक, सिटिजन्स बैंक इन्टरनेशनल , कामना सेवा विकास बैंक, मुक्तिनाथ विकास बैंक र फर्स्ट माइक्रोफाइनान्सले दोस्रो त्रैमासको रिपोर्ट सार्वजनिक गरेका छन् । बैंक तथा वित्त कम्पनीलाई रिपोर्ट सार्वजनिक गर्न चटारो भइरहेको अवस्थामा नेपाल पुनर्बीमा कम्पनीले भने, पहिलो त्रैमासको रिपोर्ट समेत सार्वजनिक गरेको छैन् ।
आम लगानीकर्तालाई नेपाल पुनर्बीमा कम्पनीले पहिलो त्रैमासको रिपोर्ट कहिले सार्वजनिक गर्छ भन्ने कौतुहलता जागेकाे छ । लगानीकर्ताको कौतुहलतालाई मध्यनजर गर्दै नेपालबहसले कम्पनीका प्रवक्ता दामोदर भण्डारीसँग प्रश्न सोधेका छाैं । कम्पनीकाे पहिलो त्रैमासको रिपोर्ट कहिले सार्वजनिक हुन्छ ?
भण्डारीले भने,‘इन्स्योरेन्स कम्पनीले क्लाइन्टलसँग काम गर्ने हो । सो आधारमा कम्पनीले हामीलाई तथ्याङ पठाएपछि मात्र हामीले रिपोर्ट सार्वजनिक गछौं, जसकारण रिपोर्ट सार्वजनिक गर्न ढिलाई भएको हो ।’ यतिबेला ताकिता काम भइरहेको छ । चाडैं नै रिपोर्ट प्रकाशन गर्ने गरी तयारी भइरहेको भण्डारीले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रभु इन्स्योरेन्सको साधारणसभा आज, लगानीकर्तालाई लाभांश वितरण गर्ने प्रस्ताव पेश हुँदै
बैशाख २०, २०८१ बिहिबार
नेपाल पुनर्बिमा कम्पनीले ५ प्रतिशत लाभांश दिने घोषणा
बैशाख ४, २०८१ मंगलबार
प्रभु इन्स्योरेन्सको वैशाख २० गते एजीएम, के-के छन एजेण्डा ?
बैशाख ३, २०८१ सोमबार
गिरीबन्धु टि स्टेटको जग्गा किनबेचमा पुनरावलोकन गर्न नपाइने, नैतिक संकटमा ओली
जेठ २, २०८१ बुधबार
भान्सामा राखिएका यी चिजले घरमा गरिबी ल्याउछ आजै हटाउनुहोस्
जेठ २, २०८१ बुधबार
बिहिबारदेखि काठमाडौंका यी क्षेत्रमा ६ घण्टा विद्युत अवरुद्ध हुने
जेठ २, २०८१ बुधबार
हृदयाघातबाट दैनिक १० हजार युरोपेलीको मृत्यु
जेठ २, २०८१ बुधबार
लाङटाङ हिमाल पदमार्गमा सरसफाइ गरिने
जेठ २, २०८१ बुधबार
टेबल टेनिस खेलाडी स्यान्टु पेरिस ओलम्पिकमा छनोट
जेठ २, २०८१ बुधबार
दुबई र कुवेतमा कार्यालय खोलेर नेपालबाट मानव तस्करी
जेठ २, २०८१ बुधबार
ट्राफिकको यान्त्रिक चेकिङमा ५३ जना चालकमाथि कारबाही
जेठ २, २०८१ बुधबार
पेट्रोलियम पदार्थको मूल्य घट्यो
जेठ २, २०८१ बुधबार