भन्सार कार्यालयले लक्ष्यभन्दा धेरै राजश्व उठाउन सफल
नेपालबहस संवाददाता
माघ १०, २०७७ आइतबार २:४५:४४
१० माघ, टीकापुर । कैलालीस्थित भन्सार कार्यालय चालु आर्थिक वर्षको छ महिनामा लक्ष्यभन्दा धेरै राजश्व उठाउन सफल भएका छन् । कैलालीको टीकापुरस्थित सत्ती भन्सार कार्यालय खक्रौलाले छ महिनामा नै वार्षिक लक्ष्यभन्दा सवा रु दुई करोड बढी राजश्व सङ्कलन गरेको छ । खक्रौला भन्सार कार्यालयले आव २०७७/७८ मा रु छ करोड सात लाख राजश्व उठाउने वार्षिक लक्ष्य राखेकामा पुस मसान्तसम्म साढे आठ करोड राजश्व उठिसकेको भन्सार प्रमुख विमलकुमार शाहले जानकारी दिए ।
“हामीले छ महिनामा लक्ष्य नाघेका छौँ, लक्ष्य नाघेर सवा दुई करोड बढी राजश्व सङ्कलन भएको छ”, भन्सार कार्यालय प्रमुख शाह भन्छन, “हामीले सीमामा कडाइ गरेका छौँ, हामीले भन्सार छली रोक्न रणनीतिकरूपमा काम गरिरहेका छौँ, जसले राजश्वमा सुधार आएको छ ।” कोरोना सङ्क्रमणपछि सीमानाका खुला नहुँदा मानिस खुलारूपमा सीमापारि आउजाउ गर्न नसक्दा पनि भन्सार कार्यालयलाई फाइदा भएको छ ।
पछिल्लो समय खक्रौला नाका भएर कच्चा पदार्थ आयात भइरहेकाले पनि भन्सार कार्यालयको राजश्वमा वृद्धि भएको उनको भनाइ छ । “पछिल्ला समय खक्रौला नाकाबाट कच्चा पदार्थसमेत भित्रिन थालेका छन्, विगतमा घरायसी सामान किन्न भारत जाने नेपालीले अन्य किनेमेल उतै गर्नाले राजश्वमा प्रभाव पर्ने गरेको थियो”, शाह भन्छन्, “हाल नेपालीको बजार नेपाली भएको छ । जसले राजश्वमा समेत सुधार भएको हो ।”
दुई वर्षअघि मात्र स्तरोन्नति भएको खक्रौला भन्सारले गत आवमा रु पाँच करोड ८० लाख सात हजार मात्रै राजश्व उठाएको थियो । खक्रौला भन्सारबाट कपडा, मोटरपार्टस् र हार्डवेयरका सामान बढी आयात हुने गरेका छन् । यससँगै भारततर्फको सडक राम्रो भई नेपाल सरकारले पशु, वनस्पति र खाद्य क्वारेन्टिन स्थापना गरी पशु, वनस्पति र खाद्य सामग्रीको आयात निर्यातको व्यवस्था गरे अझै राजश्व बढ्ने शाह बताउछन । “सबै सामान यही बाटो आउन सकेको भए राजश्व बढ्ने थियो”, उनी भन्छन् ।
धनगढीस्थित कैलाली भन्सार कार्यालयले पनि छ महिनामा लक्ष्यभन्दा बढी राजश्व उठाएको छ । चालु आवको साउनदेखि पुस मसान्तसम्म रु तीन अर्ब ९० करोड राजश्व उठाउने लक्ष्य लिएकामा रु चार अर्ब ३५ करोड राजश्व सङ्कलन भएको कैलाली भन्सार कार्यालयका भन्सार अधिकृत फडेन्द्र खतिवडाले जानकारी दिए ।
कैलाली भन्सार कार्यालयबाट यो अवधिमा पेट्रोलियम पदार्थ, चामल, गहुँ, पापड, भुजिया, दालमोठ बिस्कुट, आलुजस्ता खाद्य वस्तुको अयात धेरै भएको छ । सरकारले सीमानाकामा रहेका राजश्व कार्यालयलाई व्यवस्थित गरी भन्सार छली हुने क्रियाकलाप नियन्त्रण गर्न सके राजश्व सङ्कलनमा अझै वृद्धि हुने स्थानीयवासी बताउँछन् ।
“हामीले यहाँ पशु क्वारेन्टिन स्थापनाको माग गरिरहेका छौँ, पशु क्वारेन्टिन भएको भए यहाँ अझ विकास हुने थियो”, टीकापुर–८ का वडाध्यक्ष दीर्घबहादुर ठकुल्ला भन्छन, “हामीले नगरपालिकाबाट प्रदेश र केन्द्र सरकारसँग माग गरेका छौँ । यहाँको भन्सारमा आवश्यक सबै पूर्वाधार र कार्यालय स्थापना हुन आवश्यक छ ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयी हुन आर्थिक ऐनले दिएका सात स्कीम
जेठ १८, २०८१ शुक्रबार
‘स्वदेशी उद्योगलाई प्रवर्द्धन गर्ने बजेट’
जेठ १६, २०८१ बुधबार
सशस्त्रमा आईजीपी अर्याल विरुद्ध मोर्चाबन्दी !
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
झापामा हुरीबतासले करोडौँको क्षति, विद्युत् आपूर्ति बन्द
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
बजेट सच्याउने निर्णय गराएर करका दरमाथि खेल्दै अर्थमन्त्री, 'टाइपिङ इरर' भएको बहाना
जेठ १८, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ १८, २०८१ शुक्रबार
कांग्रेस मात्रै लोकतान्त्रिक पार्टी हो : नेता निधि
जेठ १७, २०८१ बिहिबार
मोटरसाइकल चोरीमा संलग्न ४ जना काठमाडौंमा पक्राउ
जेठ १८, २०८१ शुक्रबार
काठमाडौं महानगरको १५ औं नगर सभा जेठ ३२ मा
जेठ १८, २०८१ शुक्रबार
तराईमा अत्यधिक गर्मी, तातो लहरबाट बच्न अपिल
जेठ १८, २०८१ शुक्रबार
अब लाइसेन्स भएपनि बन्दुक घरबाहिर लैजान यात्रा अनुमति अनिवार्य लिनुपर्ने
जेठ १८, २०८१ शुक्रबार
सत्ता गठबन्धनका तीन शिर्ष नेताबीच भेटवार्ता, समसामयिक विषयवस्तुमा छलफल
जेठ १८, २०८१ शुक्रबार
पर्यटन विकास आयोजनाका दुई सव इन्जिनियर घुससहित पक्राउ
जेठ १८, २०८१ शुक्रबार