मंगलबारदेखि १० अर्बको ऋणपत्र बोलकबोलमार्फत बिक्री खुल्ने
नेपालबहस संवाददाता
माघ १२, २०७७ सोमबार १८:४:५३
१२ माघ, काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारदेखि विकास ऋणपत्रको बिक्री खुलाउने भएको छ । १० अर्बको ७ वर्षे विकास ऋणपत्र, २०८४ बोलकबोलमार्फत बिक्री गर्ने भएको हो ।
अनलाइनमार्फत बिक्री बोलकबोलका लागि आवेदन खुलाउने बैंकले जानकारी दिएको छ । ऋणपत्रका लागि बोलकबोलमा बैंक तथा वित्तीय संस्था, गैर(बैंक वित्तीय संस्था, बीमा कम्पनी तथा नेपाली नागरिकहरूले भाग लिन पाउने छन् । यसको लागि ब्याजदर बोलकबोल माध्यमबाट निर्धारण हुने उल्लेख छ । यो ऋणपत्र धितो राखी कर्जा समेत लिन पाइनेछ ।
प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलवालाहरूलाई निष्काशित रकमको ८५ प्रतिशत र १५ प्रतिशत छट्याएको छ । ८.५ अर्ब प्रतिस्पर्धीकालागि र १.५ अर्ब अप्रतिस्पर्धीका लागि छुट्याइएको बैंकले जानकारी दिएको छ ।
ऋणपत्रको खरिद सीमा न्यूनतम ५० हजार रुपैयाँ तोकिएको छ । बढीमा निष्काशित रकमको सीमामा नबढाई ५० हजार रुपैयाँले भाग गर्दा निस्शेष भाग जाने अंकमा खरीद गर्न पाउने उल्लेख छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसवारी साधन र घरजग्गा कर्जामा राष्ट्र बैंक लचक
जेठ ४, २०८१ शुक्रबार
राष्ट्र बैंक भन्छ, ‘आर्थिक तथा वित्तीय सूचक सकारात्मक’
बैशाख ३०, २०८१ आइतबार
पौने ११ खर्ब रेमिट्यान्स, १९ खर्ब विदेशी मुद्रा सञ्चिति
बैशाख ३०, २०८१ आइतबार
दरबार हत्याकाण्ड: जमिम शाहले भने, ‘आज ठूलै घटना भएको छ, पत्रिका प्रेसमा नपठाउनु’
जेठ १९, २०८१ शनिबार
किसानलाई आत्मनिरर्भर बनाउन निःशुल्क धानको बीउ वितरण
जेठ १९, २०८१ शनिबार
सेती लोकमार्गः दश किलोमिटर कालोपत्र हुँदै
जेठ २०, २०८१ आइतबार
मुगुमा यार्सागुम्बा संकलन गर्न गएका ४ जनाको मृत्यु, एक सिकिस्त
जेठ २०, २०८१ आइतबार
प्रतिनिधिसभा बैठक बस्दै, बजेटमाथि छलफल हुने कार्यसूची
जेठ २०, २०८१ आइतबार
भारतको लोकसभा निर्वाचन: एक्जिट पोलमा मोदीलाई फराकिलो बहुमत !
जेठ २०, २०८१ आइतबार
रियल म्याड्रिडले जित्यो च्याम्पियन्स लिगको उपाधि
जेठ २०, २०८१ आइतबार