आरटीजीएस प्रणालीमा नेपाल क्लियरिङ हाउसले थप १० संस्था गर्यो आबद्ध , यी हुन् आबद्ध भएका बैंक वित्तहरु ?
नेपालबहस संवाददाता
माघ १२, २०७७ सोमबार १८:१२:३६
१ माघ, काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेड ‘एनसीएचएल’ले थप १० संस्थालाई आबद्ध गरेको छ । कम्पनीले ८ विकास बैंक र २ फाइनान्स कम्पनीहरुलाई नेपाल राष्ट्र बैंकबाट संचालित आरटीजीएस प्रणालीमा आबद्ध गराएको हो ।
राष्ट्र बैंकको रियल टाइम ग्रस सेटलमेन्ट आरटीजीएस प्रणाली विस्तार गर्ने क्रमलाई निरन्तरता दिँदै एनसीएचएलले १० कम्पनीलाई प्रणालीमा आबद्ध गराएको छ।
एनसीएचएलमा ज्योति विकास बैंक, महालक्ष्मी विकास बैंक, मुक्तिनाथ विकास बैंक, कामना सेवा विकास बैंक, गरिमा विकास बैंक, सांग्रिला डेभलपमेन्ट बैंक, शाइन रेसुंगा डेभलपमेन्ट बैंक, लुम्बिनी विकास बैंक, आइसीएफसी फाइनान्स र मञ्जुश्री फाइनान्स कनेक्ट आरटीजीएस प्रणालीमा थपिएका हुन्।
यसअघि २५ वटा वाणिज्य बैंकहरूमा प्रणाली सञ्चालनमा आइसकेको छ।आरटीजीएस प्रणालीमार्फत् ठूलो मूल्यका र तत्काल गरिने भुक्तानीहरू अब विकास बैंक र वित्त कम्पनीहरुका ग्राहक वा अन्तर–बैंक भुक्तानीको लागि प्रयोग गर्न सकिनेछ।
ग्राहकले आरटीजीएस प्रणाली प्रयोग गर्न आफ्नो बैंक तथा वित्तीय संस्थालाई सम्पर्क गरि उपलब्ध फारम भरी योे सेवा लिन सक्छन्।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसवारी साधन र घरजग्गा कर्जामा राष्ट्र बैंक लचक
जेठ ४, २०८१ शुक्रबार
राष्ट्र बैंक भन्छ, ‘आर्थिक तथा वित्तीय सूचक सकारात्मक’
बैशाख ३०, २०८१ आइतबार
पौने ११ खर्ब रेमिट्यान्स, १९ खर्ब विदेशी मुद्रा सञ्चिति
बैशाख ३०, २०८१ आइतबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
१० महिनामा दश हजार पर्यटक रारा पुगे
जेठ ७, २०८१ सोमबार
मौद्रिक नीति परिवर्तनमा कर्णालीको भूमिका महत्वपूर्ण : गभर्नर अधिकारी
जेठ ७, २०८१ सोमबार
१ सय सात किलो गाँजासहित कार चालक पक्राउ
जेठ ७, २०८१ सोमबार
धनगढीमा संघीय हिन्दू गणतन्त्रबारे छलफल
जेठ ७, २०८१ सोमबार