सेफ बुढाथोकी न्यूजलाइन्स सम्मान–२०२१ बाट सम्मानित
नेपालबहस संवाददाता
माघ १२, २०७७ सोमबार १८:३४:१९
१२ माघ, काठमाडौं । सेफ आर बि बुढाथोकी सम्मानित भएका छन् । न्यूजलाइन्स सम्मानबाट उनी सम्मानित भएका हुन् । न्यूजलाइन्स मिडियाद्वारा हिजो महाराजगंज स्थित अरिकल्स इभेण्टमा आयोजित चौथो वार्षिकोत्सव तथा सम्मान कार्यक्रममा उनी सम्मानित भएका हुन ।
न्यूजलाइन्स मिडियाले विभिन्न क्षेत्रमा क्रियाशील व्यक्तित्वहरुलाई सम्मान गर्ने गरेको छ । बुढाथोकी पाककला क्षेत्रबाट १५ उत्कृष्टमा पर्न सफल भएका हुन । कार्यक्रमका प्रमुख अतिथी बोधिसत्व स्वामी आनान्द अरुण र न्युजलाइन्स मिडियाका अध्यक्ष राजु भट्टले संयुक्त रुपमा सम्मानित गरेका थिए ।
पाककलाको क्षेत्रमा मात्र नभएर नेपाली, चाईनिज, जापानिज, लगायत धेरै देशका परिकार बनाउन दक्ष सेफका रुपमा परिचित उनी नेपाली सेफ जगतमा परिकार माष्टरको रुपमा चर्चामा रहँदै आएका छन् । यही नै आधारमा मुल्याङकन गरि उनलाई न्यूजलाइन्स सम्मान २०२१ बाट सम्मानित गरिएको न्युजलाइन्स मिडियाले जनाएको छ ।
को हुन आर बि बुढाथोकी ?
रामेछापमा जन्मिएका आर बि बुढाथोकी नेपालको प्रतिष्ठित पाँचतारे होटल होटल सोल्टी प्लाजाका सु-सेफ हुन । बुढाथोकीले यस अघि स्वदेश स्थित विभिन्न होटल, रेस्टुरेँण्ट एवम् शैक्षिक प्रतिष्ठान काम गरेर अनुभव हासिल गरेका छन् । उनले कुवेतमा गएर पनि पाककलामा आफ्नो दक्षता प्रस्तुत गरिसकेका छन् । खानाको अन्वेषण, खाना सम्बन्धी लेख रचना साथै पाकशिक्षा एवम् प्रशिक्षण कार्यमा उनी सकृय छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबन्दीपुरमा पाँचतारे होटल निर्माण सम्पन्न
चैत २६, २०८० सोमबार
पोखराका होटलमा पर्यटकको चहलपहल बढ्यो
चैत २६, २०८० सोमबार
नेपालमा थपिए चार पाँचतारे होटल
चैत १३, २०८० मंगलबार
बझाङको मतगणना १ बजेदेखि जिल्ला अदालत चैनपुरमा शुरु हुने
बैशाख १६, २०८१ आइतबार
पूर्वराजा ज्ञानेन्द्र सडकमा आउने मुहूर्त
बैशाख १६, २०८१ आइतबार
इलाममा एमालेको अग्रता फराकिलो बन्दै, कांग्रेस २६४३ मतले पछाडी
बैशाख १७, २०८१ सोमबार
आजको मौसम : पहाडमा वर्षा, तराइमा हावाहुरीको सम्भावना
बैशाख १७, २०८१ सोमबार
लगानी सम्मेलन आज पनि जारी, १५० परियोजना प्रस्तुत गरिँदै
बैशाख १७, २०८१ सोमबार
आजको राशीफल
बैशाख १७, २०८१ सोमबार
बझाङमा एमालेलाई पछि पार्दै कांग्रेसको अग्रता
बैशाख १७, २०८१ सोमबार
इलाम अपडेट : अग्रता बढाउँदै एमाले, सुहाङ २२८२ मतले अगाडि
बैशाख १७, २०८१ सोमबार