आरएमडिसी लघुवित्तको खुद नाफा २१.४९ प्रतिशत घट्यो, कर्जा लगानी भने बढ्यो
नेपालबहस संवाददाता
माघ १३, २०७७ मंगलबार १७:१:४१
१३ माघ, काठमाडौं । आरएमडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार लघुवित्तको खुद नाफा घटेको गरेको छ।
चालु आर्थिक वर्षको पुष मसान्तसम्ममा लघुवित्तले ११ करोड ४७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २१.४९ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले १४ करोड ६१ लाख रपैयाँ खुद नाफा कमाएको थियो। लघुवित्तको खुद ब्याज आम्दानी घटेपछि खुद नाफा पनि घट्न पुगेको हो।
यस अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ३ करोड २१ लाख रुपैयाँ घटेर २० करोड १२ लाख रुपैयाँमा सीमित भएको छ। त्यसैगरी, लघुवित्तको सञ्चालन मुनाफा ४ करोड ६४ लाख रुपैयाँ घटेर १८ करोड १९ लाख रुपैयाँमा ओर्लिएको छ।
पुष मसान्तसम्ममा लघुवित्तले ७ अर्ब ७६ करोड ८२ लाख रुपैयाँ सापटीबाट ९ अर्ब ६४ करोड १० लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ७ अर्ब २१ करोड सापटीबाट ७ अर्ब ८२ करोड रुपैयाँ कर्जा लगानी गरेको थियो।
कर्जा लगानीसँगै लघुवित्तको निष्क्रिय कर्जा पनि केही बढेको छ। समीक्षा अवधिमा लघुवित्तको यस्तो कर्जा शून्य प्रतिशतबाट बढेर ०.०६०५ प्रतिशत पुगेको छ। यससँगै लघुवित्तले सम्भावित जोखिम बापतको व्यवस्थामा १ करोड ७० लाख रुपैयाँ छुट्याएको छ।
१ अर्ब ३ करोड ४२ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा १ अर्ब ६३ करोड रुपैयाँ सञ्चित छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तको चुक्ता पूँजी ८९ करोड ९३ लाख रुपैयाँ हुँदा जगेडा कोषमा १ अर्ब ५५ करोड रुपैयाँ सञ्चित थियो।
पुष मसान्तसम्ममा लघुवित्तको वार्षिक प्रतिशेयर आम्दानी २२ रुपैयाँ १९ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ २५८ रुपैयाँ २३ पैसा रहेको छ। त्यसैगरी, लघुवित्तको मूल्य आम्दानी अनुपात ५२.७३ गुणा रहेको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसमता घरेलु लघुवित्तको सभा आज, शेयरधनीहरुका लागि लाभांश वितरण गर्ने
चैत २९, २०८० बिहिबार
मनकामना स्मार्टको सभा आज, शेयरधनीलाई लाभांश नदिने
चैत २९, २०८० बिहिबार
मनकामना स्मार्ट लघुवित्तको साधारणसभा कहिले ?
चैत २८, २०८० बुधबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
बैशाख ३०, २०८१ आइतबार
सरकारलाई दिएको समर्थन फिर्ता लिने जसपा नेपालको निर्णय
बैशाख ३०, २०८१ आइतबार
धुलिखेल र जापानको सरोमा नगरबीच सीप–प्रविधि आदानप्रदान सम्झौता
बैशाख ३०, २०८१ आइतबार
ठगी आरोपमा चार जना पक्राउ
बैशाख ३०, २०८१ आइतबार
सर्वोच्चद्वारा वर्ल्डलिंकको रिट खारेज,शुल्क असुल्न बाटो खुल्ला
बैशाख ३०, २०८१ आइतबार
राजस्थानमाथि चेन्नई ५ विकेटले विजयी
बैशाख ३०, २०८१ आइतबार
सिन्धुपाल्चोकमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु
बैशाख ३०, २०८१ आइतबार