हिमालयन बैंकको ओरोला यात्रा कायमै, बैंक व्यवस्थापन असफल भएको प्रमाणित
आर्थिक संवाददाता
माघ १५, २०७७ बिहिबार २१:५८:४६
१५ माघ, काठमाडाैं । केही समय यतादेखि हिमालयन बैंकको वित्तीय अवस्था दिन प्रतिदिन नाजुक अवस्थामा पुग्दैछ। कुनै समयको लिडर र भीआईपी बैंकको रुपमा स्थापित यस बैंकले बजारमा कमजोर बैंकको रुपमा आफ्नाे परिचय बनाउँदै छ। कम्पनीले आर्थिक वर्ष ०७७/७८ को वित्तीय विवरण प्रस्तुत गर्दा कम्पनीको खुद मुनाफामा ६३ प्रतिशतको गिरावट आएको छ । प्रमुख आम्दानीको श्रोतमा रहेको खुद व्याज आम्दानी ३२ प्रतिशतले घट्दा कम्पनीको आम्दानीको मूल मुहानमा नै समस्या भएको देखिएकाे हाे ।
त्यस्तै खराब कर्जा २ प्रतिशत भन्दा माथि पुगेको छ । यसलाई बैंक व्यवस्थापनको असफलताको रुपमा लिन सकिन्छ । बैंकले निक्षेप संकलन र कर्जा लगानी विस्तार गर्न पनि बैंकलाई समस्या परको छ ।प्रथम गभर्नर हिमालयन शमशेर जवराले स्थापना गरको बैंक हुनाले उनका छोरालाई प्रमुख कार्यकारी अधिकृतबाट हटाउन कसैले सकिरहेकाे छैन् ।
बैंकभित्र असंख्य बदमासी र वित्तीय सुशासनको अभाव रहँदा पनि नेपाल राष्ट्र बैंकले कुनै कारवाही गर्ने चासो देखाएको छैन् । राष्ट्र बैंकको स्थलगत रिर्पोट प्रतिवेदन र अफसाइड प्रतिवेदनहरुमा थुप्रै कैफियत देखिएपनि बैंक व्यवस्थापनमाथि कुनै कारवाही नहुनु थप रहस्यमय हुँदै गएको छ ।
बैंक सञ्चालक समिति:
बैंकको अहिलेको अवस्था हेरेर नै बैंक मर्जरमा जाने कुराले तीब्रता पाउने देखिएको छ । प्रमुख कार्यकारी अधिकृतको पदका कारण नै हिमालयन बैंक मर्जरमा जानबाट रोकिदै आएको छ । नेपाल इन्भेस्टमेन्ट बैंकसँग मर्जरमा जाने हल्ला चलेपनि हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृतको पदको कारण समस्या आएको जानकारहरू बताउँछन ।
अबको दिनमा हिमालयन बैंकले यही व्यवस्थापन र यही अवस्थामा भविष्यमा प्रगति गर्ने अवस्था छैन् । यथाशिघ्र बैंक मर्जरमा जानुको विकल्प छैन् । जति ढिलो मर्जरमा गयो त्यति नै स्वाप रेसियाे कम पाउने अवस्था देखिएको छ ।
बैंक सञ्चालक समिति तथा अन्य:
हाल हिमालयन बैंकको संचालक समितिको अध्यक्ष तुलसीप्रसाद गौतम छन् । उनी कर्मचारी सञ्चय कोषका प्रमुख कार्यकारी अधिकृत पनि हुन् । पाकिस्तानको हबिब बैंकको समेत लगानी रहेको यस बैंकका संचालक समितिको सदस्यमा फैसल एन ललानी, प्रचण्डबहादुर श्रेष्ठ, सुनिलबहादुर थापा, आशिष शर्मा, विजयबहादुर श्रेष्ठ, राधाकृष्ण पोटे रहेका छन् ।
त्यस्तै बैंककाे प्रमुख कार्यकारी अधिकृतमा अशोकशमशेर राणा छन् । राणा बैंकका स्थायी सीईओ जस्तै देखिएका छन् । त्यस्तै नेपाल राष्ट्र बैंकका पहिलाे गभर्नर हिमालयन शमशेर ज.ब.रा. संचालक समितिका सल्लाहकार रहेका छन् ।
कस्तो आयो आर्थिक वर्ष ०७७/७८ दोश्रो त्रैमासको वित्तीय प्रतिवेदन :
हिमालयन बैंकले चालु आर्थिक वर्षको दोश्रो त्रैमास अर्थात ६ महिनाको अवधिमा बैंकले ६५ करोड ३२ लाख खुद मुनाफा गरेकोमा अघिल्लो आर्थिक वर्षको दोश्रो त्रैमाससम्ममा बैंकले १ अर्ब ७४ करोड खुद मुनाफा गरेको थियो । यसरी खुद मुनाफामा ६३ प्रतिशतको गिरावट आएको छ ।
प्रमुख आम्दानीको श्रोत (खुद व्याज आम्दानी):
अघिल्लो आर्थिक वर्षको दोश्रो त्रैमासमा कम्पनीले २ अर्ब ५७ करोड खुद व्याज आम्दानी गरेकोमा चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म कम्पनीले १ अर्ब ७५ करोड खुद व्याज आम्दानी गरेको छ । यसरी खुद व्याज आम्दानीमा ३२ प्रतिशतको गिरावट आएको छ । त्यस्तै, संचालन मुनाफा ५३ प्रतिशतले कम हुँदै ९८ करोड ६४ लाख पुगेको छ । अघिल्लो वर्षको दोश्रो त्रैमासमा कम्पनीले २ अर्ब ११ करोड संचालन मुनाफा गरेको थियो ।
चालु आर्थिक वर्षको दोश्रो त्रैमास सम्म बैंकले १४ करोड ७१ लाख रकम जोखिम बापत व्यवस्थापन गरेकोमा गत आर्थिक वर्षको दोश्रो त्रैमाससम्म बैंकले सो सिर्शकबाट १० करोड ९५ लाख फिर्ता गरेको थियो ।
बैंक उच्च व्यवस्थापन टीम:
प्रतिशेयर आम्दानी :
कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी १२ रुपैयाँ २३ पैसा हुन आउँछ । बैंकको प्रतिशेयर आम्दानीको अवस्था लाजमर्दो रहेको छ।
नोट : माघ १५ गतेको बजार मुल्यको आधारमा
किताबी मूल्य कति ?
कम्पनीको किताबी मूल्य ( प्रतिशेयर नेट्वर्थ) १६५ रुपैयाँ आउँछ ।
निक्षेप, कर्जामा कस्तो :
कम्पनीले चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म १ खर्ब २९ अर्ब निक्षेप संकलन गरी १ खर्ब ०९ अर्ब कर्जा प्रवाह गरेको छ । आर्थिक वर्ष ७६/७७ को असार मसान्त र अहिलेको तथ्यांकलाई दाँजेर हेर्दा कम्पनीको निक्षेप संकलन ४ प्रतिशतले वृद्धि भएको छ भने कर्जा प्रवाह ७ प्रतिशतले नै वृद्धि भएको छ।
जगेडा कोषको अवस्था :
जगेडा कोष ५ प्रतिशतले वृद्धि हुँदै ५ अर्ब ९८ करोड पुगेको छ भने संचित मुनाफा ५९ प्रतिशतले घट्दै १ अर्ब १ करोड रुपैयाँ रहेको छ ।
निस्क्रिय कर्जा :
कम्पनीको खराब कर्जा २ दशमलव १३ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्षको दोश्रो त्रैमासमा खराब कर्जा १ दशमलव २८ प्रतिशत थियो । यसरी बैंकको खराब कर्जा बढेको छ ।
आधार व्याजदर :
बैंकको आधार व्याजदर केही घट्दै ६ दशमलव ८३ प्रतिशत पुगेको छ ।
स्प्रेडदर :
व्याजदर अन्तर ३ दशमलव ७६ प्रतिशत छ । अघिल्लो आर्थिक वर्ष सोही अवधिमा स्प्रेडदर ५ दशमलव ३२ प्रतिशत थियो ।
कम्पनी र दोश्रो बजार :
कम्पनीको माघ १५ गतेको बजार मूल्य ५६० लाई आधार मान्दा कम्पनीको मूल्य आम्दानी अनुपात ४५ गुणा आउँछ । यो निकै धेरै मूल्य आम्दानी अनुपात मानिन्छ।
पीबी रेसियो :
कम्पनीको बजार मूल्य ५६० लाई आधार मान्दा बजार मूल्य र किताबी मूल्यको अनुपात ३ दशमलव ३८ गुणा रहेको छ।
आर्थिक संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपडीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
बालमन्दिर जग्गा हिनामिना आरोपीलाई पक्राउ नगर्न दबाब, अधिकांश भारततर्फ फरार
जेठ ४, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
इरानी राष्ट्रपति चढेको हेलीकप्टर दुर्घटनाग्रस्त अवस्थामा फेला
जेठ ७, २०८१ सोमबार
काठमाडौंमा सुन लुटपाट गर्ने दुई जना पक्राउ
जेठ ७, २०८१ सोमबार
सभामुख घिमिरेले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक
जेठ ७, २०८१ सोमबार
आठ खर्ब ५३ अर्ब लागतका विभिन्न आयोजना अगाडि बढाउँदै विद्युत् उत्पादन कम्पनी
जेठ ७, २०८१ सोमबार