करोडौं राजश्व छली गरेको आरोप आएपछि माझी समुदाय त्रसित
नेपालबहस संवाददाता
माघ १५, २०७७ बिहिबार २१:१५:४९
१५ माघ, चरीकोट । दोलखाको तामाकोशी गाउँपालिका–१ भिरकोट तामाकोशी किनारमा बसोबास गर्ने माझी माछा मारेर घर व्यवहार चलाउने गर्छन् । दोलखामा थोरै सङ्ख्यामा रहेका विपन्न समुदायका माझीको आम्दानीको स्रोत भनेकै तामाकोशी नदीमा माछा मारेर बेच्ने हो । भीरकोटको नदीकिनारामा सामान्य दैनिकी चलाइरहेका लक्ष्मण माझीलाई एकाएक करोडौँ राजश्व छली गरेको आरोपमा अदालतबाट पत्र आएपछि माझी समुदायमा त्रास फैलिएको छ ।
व्यापार व्यवसाय कम्पनी प्यान केही जानकारी नभएको व्यक्तिलाई राजश्व छली गरेको भन्दै अदालतबाट पत्र आएपछि यतिबेला लक्ष्मण माझी चिन्तित भएका छन् भने समुदायमा चिन्ता परेको छ ।
विसं २०७२ को गोर्खा भूकम्पले दोलखाको अधिकांश घर ध्वस्त भएका थिए । त्यही क्रममा जिल्लामा राहत वितरणका लागि भन्दै विभिन्न व्यक्ति तथा संस्था गाउँगाउँ पुग्ने गरेको र सोही क्रममा लक्ष्मण माझीको तराई मुलका एकजना व्यक्तिसँग भेट भएको उनी बताउँछन् । विपन्न परिवारको माझी समुदायलाई उक्त व्यक्तिले राहत उपलब्ध गराई दिने भन्दै ठगी गरेको पाइएको छ ।
भूकम्प गएको एक वर्षपछि गाउँमा कपडा बेच्ने एकजनासँग भेट भएको र आफूलाई ‘तपाईंको घर ढलेछ’ राहत उपलब्ध गराई दिने र काठमाडौँ आउनुस भनेको पीडित माझीले बताए । माझी उनकै सम्पर्कबाट राहत लिनका लागि भन्दै तीन पटकसम्म काठमाडौंँ पुगेको र राहत भन्दै पटकपटक गरेर रु ३६ हजार ५०० उक्त व्यक्तिले आफूलाई दिएको माझीले बताउछन् ।
सोही क्रममा चिनजाननै नभएका व्यक्तिले त्यहीबेला पहिलो पटक नागरिकताको फोटोकपी लिए । फोटो खिचेर, फोटो पनि लिए । दोस्रो र तेस्रो पटक विभिन्न कागज बनाएर आफूलाई सहीछाप गर्न लगाएको माझी सम्झन्छन् । भूकम्पले ध्वस्त बनेको घर निर्माणका लागि राहत पाउने आशमा सबै कागजमा सहिछाप गरेको पाइन्छ ।
उक्त सहीछाप गराउने व्यक्तिको नाम घर ठेगाना केही जानकारी नभएको र देखेमा अनुहार चिन्ने माझी बताउँछन् । उक्त व्यक्तिले लक्ष्मण माझीको नाममा कम्पनी बनाएर करोडाैंको कारोवार गरेको देखिएको छ । कम्पनीको बारेमा जानकारी नै नभएका र कम्पनी रजिष्टारको कार्यालयसमेत नटेकेका माझीको नाममा राजश्व छली गरेको अभियोग छ । लक्ष्मणको नाममा दर्ता भएको कम्पनीको पान नम्बरबाट रु पाँच करोड २० लाख राजश्व छली भएको भन्दै राजश्व अनुसन्धान विभागले अदालतमा अभियोग पत्र दर्ता गरेको थियो ।
राजश्व अनुसन्धान आयोगले राजश्व छलीसम्बन्धी मुद्दामा उच्च अदालत पाटनले गत मङ्सिर १६ गतेको फैसलाअनुसार प्रतिवादी लक्ष्मणलाई आफ्नो प्रमाणसहित हाजिरीका लागि आह्वान गरेको छ । परिवारको नाममा दुई रोपनीसमेत जग्गा नभएका माझीको परिवारको नाममा एक्कासी अदालतबाट हाजिर हुन पत्र आएपछि आफूसमेत अचम्मित भएको गाउँपालिका अध्यक्ष ईश्वरचन्द्र पोखरेलले बताए ।
सोही ठाउँका दिनेश माझी, देवेन्द्र माझी, नारायण माझी, शरण माझीलगायत व्यक्तिबाट नागरिकता लगेको उनीहरुले बताएका छन् । गरिबी निवारणका लागि राहत ल्याउनका लागि नागरिकता दिन भन्दै मागेको र सर्लाहीको मलङ्गवा बोलाएर होटलमा तीन दिनसम्म राखेर फर्कने बेला ११ हजारका दरले दुई जनालाई खर्च दिएको अर्का पीडित वीरबहादुर माझीले बताए । उक्त व्यक्तिले काठमाडौँ तथा तराईमा बोलाएर धेरै माझीको नागरिकता लगेको हुँदा अन्य माझीसमेत चिन्तित भएका छन् ।
राहत दिने भन्दै आफूहरु अपरिचित व्यक्तिबाट ठगिएको भन्दै माझीहरुले जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका छन् । आफूलाई राहातको आश्वासन दिएर ठगी गर्ने खोजी गरी लिन आग्रह गर्दै यतिबेला माझी ती व्यक्तिको खोजीमा लागेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपखोकनाको इतिहास बचाउन परम्परागत तेल मिल सञ्चालनमा आउँदै
जेठ १७, २०८१ बिहिबार
६ महानगरमध्ये भरतपुरको बेरुजु सबैभन्दा कम
जेठ १५, २०८१ मंगलबार
भैंसेपाटीको नयाँ मन्त्री क्वाटरमा मन्त्रीको अनुगमन, साउनभित्रै सार्ने तयारी
जेठ १४, २०८१ सोमबार
सशस्त्रमा आईजीपी अर्याल विरुद्ध मोर्चाबन्दी !
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
झापामा हुरीबतासले करोडौँको क्षति, विद्युत् आपूर्ति बन्द
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
बजेट सच्याउने निर्णय गराएर करका दरमाथि खेल्दै अर्थमन्त्री, 'टाइपिङ इरर' भएको बहाना
जेठ १८, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ १८, २०८१ शुक्रबार
कांग्रेस मात्रै लोकतान्त्रिक पार्टी हो : नेता निधि
जेठ १७, २०८१ बिहिबार
मोटरसाइकल चोरीमा संलग्न ४ जना काठमाडौंमा पक्राउ
जेठ १८, २०८१ शुक्रबार
काठमाडौं महानगरको १५ औं नगर सभा जेठ ३२ मा
जेठ १८, २०८१ शुक्रबार
तराईमा अत्यधिक गर्मी, तातो लहरबाट बच्न अपिल
जेठ १८, २०८१ शुक्रबार
अब लाइसेन्स भएपनि बन्दुक घरबाहिर लैजान यात्रा अनुमति अनिवार्य लिनुपर्ने
जेठ १८, २०८१ शुक्रबार
सत्ता गठबन्धनका तीन शिर्ष नेताबीच भेटवार्ता, समसामयिक विषयवस्तुमा छलफल
जेठ १८, २०८१ शुक्रबार
पर्यटन विकास आयोजनाका दुई सव इन्जिनियर घुससहित पक्राउ
जेठ १८, २०८१ शुक्रबार