राष्ट्रिय वाणिज्य बैंकले विना धितो १५ लाख कर्जा दिने
नेपालबहस संवाददाता
माघ १५, २०७७ शुक्रबार २:२६:२५
१५ माघ, काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले नेपाल वायुसेवा निगमका कर्मचारीलाई विना धितो १५ लाख कर्जा दिने भएको छ । निगम र बैंकबीच कर्मचारी सरल कर्जा कार्यविधि २०७७ सम्बन्धी सम्झौता भएसँगै निगमका कर्मचारीले सेवा उपभोग गर्न पाउने भएका छन् ।
निर्धारित सेवा अवधि पूरा गरेका निगमका कर्मचारीले सरल कर्जा प्राप्त गर्नसक्ने गरी उक्त सम्झौतामा हस्ताक्षर गरिएको हो । सम्झौतामा निगमका महाप्रबन्धक डिमप्रसाद पौडेल र बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले हस्ताक्षर गरेको निगमका प्रवक्ता करिस्मा श्रेष्ठले जानकारी दिइन् ।
तलबी बचत खाता सञ्चालनमा रहेका र निगममा पाँच वर्ष सेवा अवधि पूरा गरेका स्थायी कर्मचारीले निगमको सिफारिसमा विनाधितो सरल कर्जा उपभोग गर्न पाउनेछन् भने सेवा अवधि तीन वर्षभन्दा कम भएका कर्मचारीलाई कर्जा प्रवाहसम्बन्धी विधि बैंकले तोकेबमोजिम हुनेछ ।
निमगको सिफारिसमा सरल कर्जा रु १५ लाखसम्मको हुनेछ । सरल कर्जा सुविधा उपभोग गर्ने कर्मचारीले सेवा अवधि बाँकी छँदै राजिनामा गरेमा वा कुनै कारण सेवामा बहाल रहन अयोग्य भई सेवाबाट हटेमा बैंकलाई बुझाउन बाँकी रकम निगमका तर्फबाट निजले पाउने जुनसुकै रकमबाट कट्टा गरी बैंकलाई उपलब्ध गराइने छ । कर्जाको व्याजदर हाललाई आधार दर ५.७४ प्रतिशतमा २ प्रतिशत प्रिमियम थप गरी ७.७४ प्रतिशत रहने निगमले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको “बेष्ट बैंक अवार्ड”बाट सम्मानित
बैशाख ३१, २०८१ सोमबार
निक्षेपमा दिने औसतदर घटाएर बैंकहरुले सार्वजनिक गरे जेठ महिनाको ब्याजदर
बैशाख ३१, २०८१ सोमबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै, ५० औँ स्थानमा सूचीकृत
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
आज सुनको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार ?
जेठ १, २०८१ मंगलबार
दैनिक सूर्य नमस्कार गर्दा यी १० समस्याबाट छुटकारा मिल्छ
जेठ १, २०८१ मंगलबार
सरकारको प्राथमिताः गोलीगठ्ठा उत्पादनमा स्वदेशमै आत्मनिर्भर
जेठ १, २०८१ मंगलबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा भोलि सुनुवाइ हुने
जेठ १, २०८१ मंगलबार
कतारले भन्यो -'इजराइलको रफाह आक्रमणले हमास वार्तालाई ‘पछाडि’ धकेल्यो '
जेठ १, २०८१ मंगलबार
प्रदेश सरकारको आगामी विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता स्वीकृत
जेठ १, २०८१ मंगलबार
सरकारको भनाइ एकातिर छ, गराइ अर्काेतिर : कांग्रेस
जेठ १, २०८१ मंगलबार
नेपालमा लगानी गर्न पोल्याण्डलाई चेम्बर अफ कमर्सको आग्रह
जेठ १, २०८१ मंगलबार