मुख्यमन्त्री गुरुङद्वारा शहीदप्रति भावपूर्ण श्रद्धाञ्जलि
नेपालबहस संवाददाता
माघ १६, २०७७ शुक्रबार २०:४०:३३
१६ माघ,काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले महान् शहीदको त्याग र बलिदानको उच्च सम्मान गर्दै उनीहरुले देखाएको बाटोमा अघि बढ्न प्रदेश सरकार प्रयत्नशील रहेको बताएका छन् ।
शहीद दिवस २०७७ का अवसरमा आज प्रकाशित शुभकामना सन्देशमार्फत उनले देश र जनताका लागि आफ्नो जीवन उत्सर्ग गर्नु हुने सम्पूर्ण ज्ञातअज्ञात शहीदप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरेका हुन ।
जहानीयाँ राणाशासनको क्रुर कालखण्डमा प्रजातन्त्र प्राप्तिका लागि आफ्नो जीवनलाई सहजै देशको लागि आहूति दिने चार महान शहीदसहित तथा प्रजातन्त्र पुनःस्थापना एवं सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि सहादत प्राप्त गर्नुहुने वीर सपूत सधैँ मुलुकका पथप्रदर्शक र आदर्श व्यक्तित्वका रुपमा रहिरहनु हुनेछ, उनकाे शुभकामना सन्देशमा उल्लेख छ ।
संविधानको मर्म र भावनाअनुरुप सहअस्तित्व, सहकार्य र समन्वयको सिद्धान्तबमोजिम तीनै तहका सरकारबीचको सम्बन्धलाई प्रगाढ बनाउँदै शहीदको बलिदानी र त्यागको फलस्वरुप प्राप्त उपलब्धिबाट ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा पूरा गर्न सकेमात्र शहीदप्रतिको सच्चा श्रद्धाञ्जलि हुने उनले विश्वास व्यक्त गरेका छन् ।
मुलुकको समृद्धिको लागि सबै राजनीतिक दल, नागरिक समाज र सम्पूर्ण नेपाली एकजुट भएर लाग्नुपर्नेमा जोड दिँदै मुख्यमन्त्री गुरुङले यस दिनले हामी सम्पूर्ण नेपालीलाई प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसंघीयताको मर्मअनुसार प्रदेशले अधिकार पाएनः मुख्यमन्त्री पाण्डे
जेठ १९, २०८१ शनिबार
मुगुमा यार्सागुम्बा संकलनमा गएका तीन जनाको मृत्यु
जेठ १९, २०८१ शनिबार
पर्वतमा खरबुजाको व्यावसायिक उत्पादन सुरू
जेठ १८, २०८१ शुक्रबार
दरबार हत्याकाण्ड: जमिम शाहले भने, ‘आज ठूलै घटना भएको छ, पत्रिका प्रेसमा नपठाउनु’
जेठ १९, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ १९, २०८१ शनिबार
किसानलाई आत्मनिरर्भर बनाउन निःशुल्क धानको बीउ वितरण
जेठ १९, २०८१ शनिबार
बङ्गलादेशमा दुई करोड बालबालिकालाई भिटामिन ‘ए प्लस’ क्याप्सुल वितरण
जेठ १९, २०८१ शनिबार
‘संसद्ले कार्यपालिकालाई निगरानी गर्न नसके लोकतन्त्रमाथि खतरा’
जेठ १९, २०८१ शनिबार
सार्वजनिक यातायातलाई अपाङ्ग तथा अशक्तमैत्री बनाउन निर्देशन
जेठ १९, २०८१ शनिबार
चीनद्वारा बालबालिकाका लागि २१ औषधि बजारमा पठाउन अनुमति
जेठ १९, २०८१ शनिबार
खानेपानीका लागि महोत्तरीका महिलाहरु रातभर जाग्राम
जेठ १९, २०८१ शनिबार
वर्षा भएसँगै देशभर तापक्रम घट्यो, कहाँ कति छ ?
जेठ १९, २०८१ शनिबार