‘विवादित बिषयमा छलफल नै नगरी दल दर्ता सूूचना आह्वान कसरी हुुन्छ’: नेकपा
नेपालबहस संवाददाता
माघ १६, २०७७ शुक्रबार २०:५५:५३
१६ माघ,काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपा दाहाल–नेपाल समूहले पार्टी दुवै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड’ र माधवकुुमार नेपाल राजनीतिक कार्यक्रमका सिलसिलामा काठमाडौँ उपत्यका बाहिर रहेकाले निर्वाचन आयोगले आजका लागि बोलाएको परामर्श बैठकमा भाग लिन नसक्ने भनी लिखित जानकारी गराएको छ ।
पार्टी नेता राजेन्द्रप्रसाद पाण्डे, लीलामणि पोखरेल र मुक्ति प्रधान आज बिहान आयोगमा पुगी दुवै अध्यक्ष पूर्वनिर्धारित कार्यक्रममा भाग लिने सन्दर्भमा उपत्यका बाहिर राजनीतिक कार्यक्रममा आइतबारसम्म व्यस्त रहेकाले छलफलमा भाग लिन नसक्ने अवगत गराएका थिए ।
आयोगले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि हालसम्म भएको तयारी र राजनीतिक दल दर्ता सम्बन्धमा छलफल गर्न नेकपाका नेताहरुलाई बोलाएको थियो ।
सरकारले प्रतिनिधिसभाको निर्वाचन आगामी वैशाख १७ र २७ गते दुई चरणमा गर्ने घोषणा गरेको छ । निर्वाचन र प्रतिनिधिसभा भङ्ग भएका विषयमा सर्वोच्च अदालतमा परेको मुद्दामाथि अझै पनि सुनुवाइका क्रममा बहस चलिरहेको छ । आयोगले नेकपाका दुवै पक्षलाई निर्वाचनको तयारी र दल दर्ताका विषयमा छलफल गर्न अध्यक्ष वा अध्यक्षले तोकेका प्रतिनिधि तथा कानून र निर्वाचन हेर्ने प्रतिनिधिलाई आमन्त्रण गरेको थियो ।
पत्र हस्तान्तरणपछि नेता पाण्डेले आफूहरुले समन्वय गरिरहेता पनि उपत्यकाबाहिर भएकाले अध्यक्षसँग परामर्श गर्न नपाएका कारण प्रतिनिधि तोक्न नभ्याएको व्यहोरा आयोगलाई लिखितरुपमै जानकारी गराइएको बताएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराष्ट्रियसभामा पनि कांग्रेसको अवरोध, बैठक स्थगित
जेठ ७, २०८१ सोमबार
संसदीय दलको बैठकपछि कांग्रेसले पत्रकार सम्मेलन गर्ने
जेठ ७, २०८१ सोमबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
कलेजो क्यान्सर भएको कसरी थाहा पाउने ? यस्ता छन् लक्ष्णहरु !
नेपालबहस संवाददाता
जेठ ५, २०८१ शनिबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
कस्तो छ आजको मौसम पूर्वानुमान ?
जेठ ७, २०८१ सोमबार
निर्माण कम्पनीले काम नगर्दा मोटर गुड्ने पुल अलपत्र
जेठ ७, २०८१ सोमबार
गाउँपालिकाद्वारा ‘संस्कार शिक्षा’ को पठनपाठन सुरु
जेठ ७, २०८१ सोमबार
राष्ट्रियसभामा पनि कांग्रेसको अवरोध, बैठक स्थगित
जेठ ७, २०८१ सोमबार
कलुवापुर–बेलौरी राजमार्गको कालोपत्र गर्ने कार्य अझै अगाडि बढेन
जेठ ७, २०८१ सोमबार
संसदीय दलको बैठकपछि कांग्रेसले पत्रकार सम्मेलन गर्ने
जेठ ७, २०८१ सोमबार
बारामा दश महिनामा रु दुई करोड ४३ लाख राजस्व संकलन
जेठ ७, २०८१ सोमबार