महिलाको सामूहिक आवाजका लागि महासङ्घ खडा गरिँदै
नेपालबहस संवाददाता
माघ १६, २०७७ शुक्रबार २१:१२:३९
१६ माघ,काठमाडौं । महिलाका विषयमा सामूहिक आवाजका लागि महिला महासङ्घ गठन गृहकार्य गरिँदै छ । यस सम्बन्धमा प्रदेशस्तरीय दुईदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा महिला महासङ्घ गठनको संयोजन गरिरहेको शान्ति, न्याय र लोकतन्त्रका लागि समावेशी महिला सञ्जाल ‘सङ्कल्प’का अध्यक्ष लीली थापाले सो अभिमुखीकरणको सहजीकरण गरेकी थिईन ।
थापाले देशमा विभिन्न कालखण्डमा राजनैतिक परिवर्तन भए पनि महिला विषयले अझै पनि स्थान नपाइरहेको जनाउँदै तिनको नीतिगत रुपमा अर्थपूर्ण सहभागिताका लागि महिला महासङ्घको आवश्यकतामा जोड दिएकी छिन् ।
थापाका अनुसार महासङ्घको सदस्यताका लागि केही मापदण्ड बनाइएको छ । सदस्य बन्नका लागि महिलाले नेतृत्व गरेको र कम्तीमा दुई वर्षदेखि महिला तथा बालबालिका क्षेत्रमा काम गरेको क्रियाशील संस्था हुनुपर्नेछ । कुनै पनि राजनीतिक दलको जिम्मेवार पदमा बसेका व्यक्ति संस्थाको सदस्य बन्न पाउने छैनन् ।
गण्डकी प्रदेशका महिला तथा बालबालिका क्षेत्रमा क्रियाशील १५ संस्थाका महिला प्रतिनिधि उपस्थित सो अभिमुखीकरणमा महिला महासङ्घ गण्डकी प्रदेश तदर्थ समितिमा आमा मिलन केन्द्रलाई संयोजकका रुपमा चयन गरेको सङ्कल्प गण्डकी सचिव प्रमिला तझ्याले जानकारी दिएकी छिन् ।
–––
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगाउँपालिकाद्वारा ‘संस्कार शिक्षा’ को पठनपाठन सुरु
जेठ ७, २०८१ सोमबार
सामूहिक कृषिमा महिलाको आकर्षण बढ्दो
जेठ ६, २०८१ आइतबार
म्याग्दीलाई पूूर्णखोप सुनिश्चितता दिगोपना घोषणा
जेठ १, २०८१ मंगलबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
कलेजो क्यान्सर भएको कसरी थाहा पाउने ? यस्ता छन् लक्ष्णहरु !
नेपालबहस संवाददाता
जेठ ५, २०८१ शनिबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
कस्तो छ आजको मौसम पूर्वानुमान ?
जेठ ७, २०८१ सोमबार
निर्माण कम्पनीले काम नगर्दा मोटर गुड्ने पुल अलपत्र
जेठ ७, २०८१ सोमबार
गाउँपालिकाद्वारा ‘संस्कार शिक्षा’ को पठनपाठन सुरु
जेठ ७, २०८१ सोमबार
राष्ट्रियसभामा पनि कांग्रेसको अवरोध, बैठक स्थगित
जेठ ७, २०८१ सोमबार
कलुवापुर–बेलौरी राजमार्गको कालोपत्र गर्ने कार्य अझै अगाडि बढेन
जेठ ७, २०८१ सोमबार
संसदीय दलको बैठकपछि कांग्रेसले पत्रकार सम्मेलन गर्ने
जेठ ७, २०८१ सोमबार
बारामा दश महिनामा रु दुई करोड ४३ लाख राजस्व संकलन
जेठ ७, २०८१ सोमबार