ओली गुटको औचित्य समाप्त भईसक्यो:अध्यक्ष नेपाल
नेपालबहस संवाददाता
माघ १६, २०७७ शुक्रबार २१:२४:३७
१६ माग,विराटनगर । नेकपा प्रचण्ड माधव पक्षका अध्यक्ष माधवकुमार नेपालले केपी ओली गुटमा विजोग र बेहाल छाएको बताएका छन् । शुक्रबार मोरङको विराटनगरमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले ओली गुटको औचित्य समेत समाप्त भइसकेको बताएका हुन ।
नेपालले ओली गुटको कुनै पनि काम नभएको पनि बताएका छन् । ओली कहिल्यै पनि रचनात्मक काम गर्दैनन् । नेपाली जनताको बलिदानले बनाएको संविधानलाई ओलीले घाँटी रेट्ने काम गरे’ अध्यक्ष नेपालको भनाई छ ।
उनले पार्टीमा तमासा गर्ने अरु कोही नभएर केपी ओली नै भएको पनि बताएका छन् । अध्यक्ष नेपालले कम्युनिस्ट पार्टीमा कोही पनि सुप्रिम नहुने भन्दै यदि कोही सुप्रिम हुन खोजे त्यो तानाशाह हुने बताए । उनले ४४१ जना केन्द्रीय सदस्य रहेको नेकपामा ओलीको पक्षमा सयजना मात्रै रहेकोले ३ सय भन्दा बढी सदस्य रहेको पक्ष नै मुल पार्टी हुने र त्यो मुल पार्टी प्रचण्ड र आफुले नेतृत्व गरेको पार्टी नै आधिकारिक भएको दावी गरे ।
नेपालले आफ्ना कार्यकतालाई आश्वस्त पार्दै भनेका छन् नेकपाको मुल पार्टी यहि हो । सूर्य चिन्ह पनि यही नेकपाको हुन्छ ढुक्क हुनुस’, उनले केपी ओलीको गुटमात्र भएकाले त्यो पार्टी नै हुन नसक्ने बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रतिपक्षी दलहरुको निष्कर्ष, सभामुख मर्यादाहीन भए
जेठ ७, २०८१ सोमबार
राष्ट्रियसभामा पनि कांग्रेसको अवरोध, बैठक स्थगित
जेठ ७, २०८१ सोमबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
सिटिजन्स बैंकका सबै कार्डहरू अति सुरक्षित छन्, ढुक्कले चलाउनु भए हुन्छ
जेठ ६, २०८१ आइतबार
महिला उद्योगी व्यवसायी बढ्दै, १० महिनामा दुई करोड ६३ लाख राजस्व संकलन
जेठ ७, २०८१ सोमबार
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ
जेठ ७, २०८१ सोमबार
आम्दानीको स्रोत बन्दै बगरखेती
जेठ ७, २०८१ सोमबार
बाँदरबाट जोगाउन नसकिएपछि धानको विकल्पमा कागतीखेती
जेठ ७, २०८१ सोमबार
जिल्ला अस्पताल हुम्लामा औषधि अभाव हुँदा बिरामी मर्कामा
जेठ ७, २०८१ सोमबार