भिसिटिएसमा प्रविष्ट नगरी मालवस्तु ढुवानी गर्नेलाई २४ लाख जरिवाना
नेपालबहस संवाददाता
माघ १६, २०७७ शनिबार १:४७:२
१६ माघ, काठमाडौं । राजश्व अनुसन्धान विभागले भेहिकल एण्ड कन्साइन्मेन्ट ट्रयाकिङ सिस्टम ‘भिसिटिएस’मा प्रविष्ट नगरी मालवस्तु ढुवानी गरेका व्यवसायीलाई रु २४ लाख २५ हजार बराबरको जरिवाना गरेको छ ।
विभागले आज एक विज्ञप्ति प्रकाशन गरी यही माघ ७ र ८ गते काठमाडौंको ढुङ्गेअड्डा र नयाँ सडकमा गरेको अनुगमनका क्रममा भिसिटिएस प्रणालीमा आवद्ध नगरी मालसामान ओसार पसार गरेको पाइएको जनाएको हो ।
व्यवसाय गर्ने सम्पूर्ण फर्म, संस्थाले व्यावसायिक प्रयोजनका लागि मालवस्तु ढुवानी गर्नुपूर्व ढुवानी गरिने मालवस्तु र सवारी साधनको संक्षिप्त विवरण प्रणालीमा अनिवार्य प्रविष्ट गर्न भनेको छ । विभागले हरिसिद्धि सिलाई केन्द्र, हिमाली टाइगर सुज, त्रिवेणी इम्पेक्स, बङ्गलामुखी स्टोर्स हिमगिरी टे«डिङ, युनाइटेड मार्केटिङ, गणपति टे«डिङ, विआर सुज सेन्टर, इगल टेक नेपाल, किरण सुज, मोर्डन स्लिपर, सदा शिव टे«डिङ, शुभ इन्टरनेशनल, हामे प्लस टे«ड, सूर्य प्याकर्स एण्ड सप्लायर्स, खत्री ढुङ्गा सप्लायर्स र ओम श्री मच्छिन्द्रनाथ इँटा उद्योगले भिसिटिएसमा मालवस्तु प्रविष्ट नगरी ढुवानी गरेको पाइएको विभागले जनाएको छ । विभागका अनुसार कूल १८ वटा त्यस्ता सप्लायर्सले सरकारले तोके अनुसारको व्यवहार नगरेको पाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबारामा दश महिनामा रु दुई करोड ४३ लाख राजस्व संकलन
जेठ ७, २०८१ सोमबार
मेची भन्सारद्वारा रु एघार अर्ब ५९ करोड राजस्व संकलन
जेठ ६, २०८१ आइतबार
आन्तरिक स्रोतलाई दिगो बनाउँदै राजस्वको दायरा बढाउन कर प्रणाली सुधार गरिने
जेठ १, २०८१ मंगलबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
कलेजो क्यान्सर भएको कसरी थाहा पाउने ? यस्ता छन् लक्ष्णहरु !
नेपालबहस संवाददाता
जेठ ५, २०८१ शनिबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
कस्तो छ आजको मौसम पूर्वानुमान ?
जेठ ७, २०८१ सोमबार
बारामा दश महिनामा रु दुई करोड ४३ लाख राजस्व संकलन
जेठ ७, २०८१ सोमबार
तीव्र हावा तथा भारी वर्षाका कारण श्रीलङ्कामा दश हजारभन्दा बढी प्रभावित
जेठ ७, २०८१ सोमबार
आगलागी नियन्त्रणमा आएपछि देखिएको दृश्य
जेठ ७, २०८१ सोमबार
सङ्खुवासभाको सभापोखरीमा चट्याङ लागेर ७२ भेडाको मरे
जेठ ७, २०८१ सोमबार