अब एक महिनाभित्र अनलाइन किनमेलका लागि डलरमा खर्च गर्न पाइने
नेपालबहस संवाददाता
माघ १७, २०७७ शनिबार १३:६:३३
१७ माघ, काठमाडाैं । अनलाइन किनमेलका लागि डलरमा खर्च गर्न पाइने सुविधा एक महिनाभित्र ल्याउने नेपाल राष्ट्र बैंकको योजना रहेको छ । नेपालबाट अनलाननमार्फत् विदेशी सामान वा सेवा खरिद गर्न मिल्ने गरी डलरमा भुक्तानी गर्न सक्ने व्यवस्था एक महिनाभित्रै सुरु हुने केन्द्रीय बैंकले जनाएको हो ।
एक जनाले प्रत्येक वर्ष अधिकतम ५०० अमेरिकी डलरसम्म खर्च गर्न सक्ने व्यवस्थाका लागि पहल भइरहेको नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्था विभागका निर्देशक गुरुप्रसाद पौडेलले जानकारी दिए। वाणिज्य बैंकहरुको ‘प्रिपेड डलर कार्ड’ लिएर सो कार्ड अनलाइन किनमेलका लागि विदेशी वेबसाइटमा प्रयोग गर्न सकिने बीबीसीले जनाएकाे छ ।
यो व्यवस्था लागु भएपछि नेपालबाट नेटफ्लीक्स वा अमेजन प्राइमजस्ता सेवा लिन, अनलाइन गेमहरूमा खर्च गर्न वा अनलाइन किनमेल गर्न वा फेसबुकमा विज्ञापन गर्ने वा मोबाइल एप किन्ने जस्ता सुविधा लिन सकिने छ। बैंकका अनुसार यस विषयमा आन्तरिक रूपमा सुझाव लिने कार्य सम्पन्न भइसकेको छ र त्यसमा प्राप्त भएका सुझावहरू समावेश गरेर सर्कुलर जारी गर्ने तयारी भइरहेको छ। व्यवस्थापन समितिमा छलफल भई अघि बढाइएको विषय बैंकको सञ्चालक समितिले स्वीकृत गरेपछि सर्कुलर जारी हुने समाचारमा उल्लेख गरिएकाे छ ।
राष्ट्र बैंकका सहप्रवक्ता नारायण पोखरेलले बीबीसी नेपाली जनाए अनुसार नेपाली मुद्रामा खाता हुने नेपालीहरूले पनि बढीमा ५०० अमेरिकी डलरसम्म खर्च गर्न सक्ने व्यवस्था मिलाउने प्रयास भैइरहेकाे छ । हाल वाणिज्य बैंकहरूमार्फत् विदेशी वस्तु भुक्तानी तथा सेवाका लागि तीन हजार डलरसम्म भुक्तानी गर्न सकिने, केन्द्रीय बैंकको स्वीकृतिमा १० हजार डलरसम्मको भुक्तानी दिन सक्ने र १० हजार डलर भुक्तानी गर्नुपर्ने भए सम्बन्धित पक्ष सिधै राष्ट्र बैंकमा पुगेर स्वीकृति लिने र रकम तिर्न सक्ने व्यवस्था छ।
पौडेलका अनुसार नेपालमा होटेल र विप्रेषणसम्बन्धी सेवा दिइरहेका कम्पनी लगायत अन्य विभिन्न क्षेत्र गरी करिब ३,५०० संस्थाहरूले विदेशी मुद्रामा कारोबार गर्नका लागि राष्ट्र बैंकसँग अनुमति लिएका छन्। नयाँ व्यवस्था लागु भएपछि पोखरेलका अनुसार सर्वसाधारणहरूले अनलाइन माध्यमबाटै वा प्रिपेड कार्डमार्फत् भुक्तानी गर्न पाउनेछन्।तर त्यसका लागि छुट्टै प्रिपेड कार्ड लिनुपर्ने हुन्छ।
यो व्यवस्था किन ?
पछिल्लो समयमा अन्तर्राष्ट्रिय रोजगारी बजारमा ‘आउटसोर्सीङ्ग’ गर्ने प्रचलन बढ्दै गएको र संसारको एउटा कुनामा बसेर अर्को कुनामा सेवा दिन सक्ने प्रविधिको विकास भएको अवस्थामा केन्द्रीय बैंक भुक्तानी सहज पारिदिने मनस्थितिमा पुगेको अधिकारीहरू बताउँछन्। त्यस्तै सामाजिक सञ्जालका विज्ञापनजस्ता गतिविधिहरूका भुक्तानीका कुराहरूका लागि समेत सहजीकरण गर्न सकिने केन्द्रीय बैंक बुझाइ छ।
फेसबुक जस्ता विभिन्न माध्यमहरूमा नेपालबाट विज्ञापन भइरहेको तर त्यसको हिसाबकिताब भने नदेखिने अवस्थाको अन्त्य गर्नका लागि पनि सीमा तोकेर कारोबार गर्न दिन लागेको पौडेल बताउँछन्। करका सन्दर्भमा भने कारोबार गर्दा नेपालको कानुन लागु नभई सम्बन्धित देशकै कानुन आकर्षित हुने पोखरेल बताउँछन्।
सेवाग्राहीको जिम्मेवारी के ?
सरकारले सानोतिनो कारोबार गर्न पाइने गरी विदेशी मुद्रामा भुक्तानी खुला गर्ने भए पनि नेपालको कानुनअनुसार गर्न नपाइने कारोबार बारे भने सेवाग्राहीहरूले हेक्का राख्नुपर्ने हुन्छ । नेपाल सरकारले प्रतिबन्ध लगाएको सामान वा सेवा लिएको थाहा पाए कारबाही गरिने बैंकले जनाएको छ।
अश्लील तथा यौनजन्य सामग्री राखिएका पोर्न वेबसाइट, आतङ्कवाद वा त्यससँग जोडिएका विषयसँग सम्बन्धित अनि नेपालले पहिलेदेखिनै कडीकडाउ गरेका देशहरूसँग कारोबार गर्न नपाउने लगाएतका प्रावधानको पालना सेवाग्राहीहरूले गर्नुपर्ने छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराष्ट्र बैंक भन्छ, ‘आर्थिक तथा वित्तीय सूचक सकारात्मक’
बैशाख ३०, २०८१ आइतबार
पौने ११ खर्ब रेमिट्यान्स, १९ खर्ब विदेशी मुद्रा सञ्चिति
बैशाख ३०, २०८१ आइतबार
तथ्यांक नआएको भन्दै मौद्रिक नीति समीक्षा अवधि बढाइयो, संशोधन भयो कार्यविधि २०७३
बैशाख २६, २०८१ बुधबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै, ५० औँ स्थानमा सूचीकृत
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
आज सुनको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार ?
जेठ १, २०८१ मंगलबार
दैनिक सूर्य नमस्कार गर्दा यी १० समस्याबाट छुटकारा मिल्छ
जेठ १, २०८१ मंगलबार
सरकारको प्राथमिताः गोलीगठ्ठा उत्पादनमा स्वदेशमै आत्मनिर्भर
जेठ १, २०८१ मंगलबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा भोलि सुनुवाइ हुने
जेठ १, २०८१ मंगलबार
कतारले भन्यो -'इजराइलको रफाह आक्रमणले हमास वार्तालाई ‘पछाडि’ धकेल्यो '
जेठ १, २०८१ मंगलबार
प्रदेश सरकारको आगामी विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता स्वीकृत
जेठ १, २०८१ मंगलबार
सरकारको भनाइ एकातिर छ, गराइ अर्काेतिर : कांग्रेस
जेठ १, २०८१ मंगलबार
नेपालमा लगानी गर्न पोल्याण्डलाई चेम्बर अफ कमर्सको आग्रह
जेठ १, २०८१ मंगलबार