बालप्रतिभाहरुलाई पुरस्कृत गर्दै ज्ञानशाला दिवस मनाईयो
नेपालबहस संवाददाता
माघ १८, २०७७ आइतबार १४:२४:५४
१६ माघ,काठमाडौं । बालप्रतिभाहरुलाई पुरस्कृत गर्दै ज्ञानशाला दिवस मनाइएको छ । राजविराजको तेरापंथ भवनमा शनिबार आयोजित कार्यक्रममा सर्वश्रेष्ठ बालिका तृप्ती चौडरिया, सर्वश्रेष्ठ बालक केशव सुराना र प्रतिभावान बालिका मोहिता छाजेडलाई प्रमाणपत्रसहित पुरस्कृत गरियो ।
यसैगरी कक्षा १ र कक्षा २ मा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीलाई प्रोत्साहनस्वरुप उपहार प्रदान गरिएको छ । ज्ञानशालामा निःशुल्क अध्ययन गराउने शिक्षिकालाई समेत दोसल्ला ओढाएर सम्मान गरिएको छ । तेरापंथसभाका पूर्वअध्यक्ष रायचन्द दुगडले बालबालिकामा विनम्रता, सहनशीलता, आदर र सेवाभाव आदिको संस्कार बिजारोपण गर्न ज्ञानशालाले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताएका छन् ।
ज्येष्ठ नागरिक सङ्घका प्रदेश नं २ अध्यक्ष शङ्कर शारदाले जीवन जिउने कला र ज्ञान सिकाउने ज्ञानशालाबाट भावी पिँढीलाई सुरक्षित बनाउन सकिने बताएका थिए । इन्सेक प्रतिनिधि मनोहर पोखरेलले बालबालिकालाई असल जीवन पद्धतितर्फ उन्मुख गराउँदै सफल मनुष्य बनाउन भइरहेको सार्थक प्रयासको प्रशंसा समेत गरेका थिए ।
ज्ञानशालामा जैन धर्मावलम्बी बालबालिकालाई जैन जीवनशैलीको प्राथमिक जानकारी दिई आध्यात्मिक, धार्मिक, सामाजिक, नैतिक, सांस्कृतिक मूल्यमान्यताबाट परिचित गराउँदै असल संस्कार सिकाइन्छ ।
ज्ञानशाला पाठशालाका अध्यक्ष थानसिंह भन्सालीको अध्यक्षतामा आयोजित समारोहमा सामुदायिक सेवा केन्द्रका अध्यक्ष हितनारायण लाल दास, ज्ञानशालाकी मुख्य प्रशिक्षिका कमला भन्साली, संयोजक सुशीलादेवी छाजेड, तेरापंथ महिला मण्डलकी अध्यक्ष निलम कुचेरिया, सुनिला गोल्छा, पुनम झालगायतले भावी पिँढीलाई संस्कारित, सुयोग्य र सुरक्षित बनाउन ज्ञानशालाले संस्कारयोग्य नागरिक उत्पादनमा कारखानाको काम गरिरहेको बताएका छन् ।
कार्यक्रममा ज्ञानशालाका बालबालिकाले आ–आफ्नो प्रतिभा प्रस्तुत गर्दै गीत, कविता, मुक्तक, चित्र, बक्तृत्वकला प्रस्तुत गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभारतबाट ल्याइएको ३४ सय किलो धान रौतहटमा बरामद
जेठ १८, २०८१ शुक्रबार
मधेस आन्दोलनमा ढलेको गिरिजाप्रसाद कोइरालाको सालिक फेरि ठडियो
जेठ १८, २०८१ शुक्रबार
जनकनन्दिनी बन्यो पूर्णखोप पालिका
जेठ १७, २०८१ बिहिबार
सशस्त्रमा आईजीपी अर्याल विरुद्ध मोर्चाबन्दी !
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
घट्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको यथावत
नेपालबहस संवाददाता
जेठ १८, २०८१ शुक्रबार
घट्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको यथावत
जेठ १८, २०८१ शुक्रबार
बजेट सच्याउने निर्णय गराएर करका दरमाथि खेल्दै अर्थमन्त्री, 'टाइपिङ इरर' भएको बहाना
जेठ १८, २०८१ शुक्रबार
गृहमन्त्रीको नजरः सुन तस्करीमा संलग्न निजामतिलाई काखा, प्रहरीलाई पाखा
जेठ १८, २०८१ शुक्रबार
समयमै क्यासिनो नवीकरणको आवेदन नदिए इजाजतपत्र खारेज हुने
जेठ १८, २०८१ शुक्रबार
स्वास्थ्य क्षेत्रको समस्या समाधान गर्न मन्त्री यादवद्वारा समिति गठन
जेठ १८, २०८१ शुक्रबार
वाग्मती प्रदेशको नीति तथा कार्यक्रम स्वीकृत
जेठ १८, २०८१ शुक्रबार
अत्यधिक गर्मीले बर्दियाका विद्यालय थप ६ दिन बन्द
जेठ १८, २०८१ शुक्रबार
दुबईबाट फर्केर तरकारीखेती
जेठ १८, २०८१ शुक्रबार
घट्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको यथावत
जेठ १८, २०८१ शुक्रबार