भट्टराई कुलवंश प्रतिष्ठानद्वारा प्रहरी उपरीक्षक सानुरामलाई सम्मान
नेपालबहस संवाददाता
माघ १८, २०७७ सोमबार १:३०:४५
१८ माघ, झापा । प्रमुख प्रहरी उपरीक्षक सानुराम भट्टराईलाई भट्टराई कुलबंश प्रतिष्ठान केन्द्रीय कार्यालय वशिष्ठ आश्रम दमक ४ मा स्वागत तथा सम्मान गरिएको छ ।
भट्टराई कुलबंश प्रतिष्ठान केन्द्रीय कार्यालय वशिष्ठ आश्रम दमक ४ मा आज एक समारोहका बीच भर्खरै मात्र सरुवा भएर झापा जिल्लामा आएका जिल्ला प्रहरी कार्यालय झापाका प्रमूख प्रहरी उपरीक्षक सानुराम भट्टराईलाई सम्मान गरिएको हो ।
भट्टराई परिवारको कुल मन्दिरको रुपमा रहेको वशिष्ठ आश्रम दमक ४ झापामा आज एक कार्यक्रमकाबीच स्वागत तथा सम्मान गरिएको जिल्ला सचिव गिरिराज भट्टराईले नेपालबहस डटकमलाई बताए । भट्टराई परिवारका सदस्यहरु झापा जिल्लामा कुनै पनि कार्यालयमा प्रमूख भएर आउँदा भट्टराई कुलबंश प्रतिष्ठान केन्द्रीय कार्यालय वशिष्ठ आश्रम दमक ४ झापाले सम्मान तथा स्वागत गर्ने पुरानो परम्परा रहँदै आएको छ ।
परिवारको सदस्यलाई झापा जिल्लामा काम गर्न गर्न कुनै असुबिधा नहोस् र पूर्ण सफलताका साथ काम गरेर भट्टराई परिवारको ईज्जत र मान बढाउन मद्धत पुगोस भनेर कुलको दीपको दर्शन गराउने र शक्ति प्राप्तिका लागि आराधना गरिदै आएको प्रतिष्ठानले जनाएको छ ।
भर्खरै मात्र हाजिर हुन आएका जिल्ला प्रहरी कार्यालय झापाका प्रमूख प्रहरी उपरीक्षक सानुराम भट्टराईले आफुले भट्टराई कुलबंश प्रतिष्ठानका बिषयमा सुनेको मात्र तर आज आफ्नै आँखाले हेर्ने र अवलोकन गर्ने अवसर प्राप्त भएको बताए । उनले भने : आज मलाई आफ्नै परिवारजनका तर्फबाट आफ्नै कुलको मन्दिरमा कुलको दियो साक्षी राखेर जुन सम्मान र प्रोत्सहन प्राप्त भएको छ, यसले मलाई ब्यक्तिगत रुपमा मात्र हैन सिंगो भट्टराई परिवारको ईज्जत र प्रतिष्ठा उच्च राख्ने काममा सहयोगी हुने बताए । याे सम्मानलाई आफुले झापा जिल्ला बस्दा मात्र हैन आफ्नाे जीवनको सम्पूर्ण कार्यकालभरी ईमान्दारिताका साथ अनुशरण गर्दै भट्टराई कुलको ईज्जत बढाउने कार्यमा कुनै प्रकारको कमी आउन दिने छैन ।
प्रमूख प्रहरी उपरीक्षक सानुराम भट्टराईले झापा जिल्लामा अझै पनि दुब्र्यसनि र लागू पर्दाथका प्रयोगकर्ताहरुको संख्या उच्च रहेको पाएकोले यसलाई न्यूनिकरण गर्न सम्पूर्ण जिल्लाबासीहरुको साथ र सहयोग आवश्यक रहेको कुरामा स्पष्ट पार्दै यसका लागि पनि प्रतिष्ठानले आफ्नाे क्षेत्रबाट आफुलाई काम गर्न सहयोग गर्ने कुरामा आफु आशावादी रहेको र सिंगो झापा जिल्लामा सुरक्षा ब्यवस्था चुस्त राख्न वर्तमान जिल्ला प्रहरी कार्यालयको सिंगो टिम ईमान्दारिताका साथ लागि परिरहेको बताए ।
भट्टराई कुलबंश प्रतिष्ठान जिल्ला कार्य समितिका अध्यक्ष गंगाप्रसाद भट्टराईको अध्यक्षतामा सम्पन्न उक्त स्वागत तथा सम्मान कार्यक्रममा प्रतिष्ठानका केन्द्रीय अध्यक्ष शेरबहादुर भट्टराईले सम्मान तथा स्वागत गर्दै रुद्राक्षको माला र खादा लगाएर सम्मानगरेका थिए । प्रतिष्ठानका केन्द्रीय उपाध्यक्ष, केन्द्रीय सचिव, केन्द्रीय कोषाध्यक्ष, केन्द्रीय सदस्यहरु, झापा जिल्लाका प्रतिष्ठानका पदाधिकारीहरु, दमक नगर समितिका अध्यक्ष, सचिव लगायत भट्टराई परिवारजनको उपस्थिति रहेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपझापाको बिरिङ र निन्दामा बाढी मापन तथा पूर्व सूचना प्रणाली जडान
जेठ ६, २०८१ आइतबार
पहिलोपटक पटक टिपताला पुगे नेपालतर्फका स्काभेटर र ट्याक्टर
जेठ ४, २०८१ शुक्रबार
कोशीका मुख्यमन्त्री कार्कीले विस्तार गरे मन्त्रिपरिषद, सबैले लिए शपथ
जेठ ४, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
निर्माण व्यवसायीको ढिलासुस्तीका कारण सेतीमा पक्की पुलको काम अलपत्र
जेठ ६, २०८१ आइतबार
रुडुबन्चु प्रचारप्रसार र संरक्षण अभावले ओझेलमा
जेठ ६, २०८१ आइतबार
कार्यदलको बैठक छाडेर संसदीय दलको कार्यालयमा आए कार्की र परियार
जेठ ६, २०८१ आइतबार
झापाको बिरिङ र निन्दामा बाढी मापन तथा पूर्व सूचना प्रणाली जडान
जेठ ६, २०८१ आइतबार
राष्ट्रियसभाको बैठक पनि दुई घण्टाका लागि सर्यो
जेठ ६, २०८१ आइतबार
सामूहिक कृषिमा महिलाको आकर्षण बढ्दो
जेठ ६, २०८१ आइतबार