ईण्ट्राडे हाईमा बन्द भएको आजको बजारलाई विश्लेषण गरेर हेर्दा !
आर्थिक संवाददाता
माघ २०, २०७७ मंगलबार २३:५०:४५
माघ २०, काठमाडाैं । दोश्रो बजारमा आज २ प्रतिशतमाथि वृद्धि भएको छ । नेप्से परिसूचक ६५ दशमलव ४९ अंकले वृद्धि हुँदै २४७३ दशमलव ७३ को विन्दुमा बन्द भएको छ । नेप्से परिसूचक २ दशमलव ७२ प्रतिशतले वृद्धि भएकोमा ८ अर्ब ५९ करोडको शेयर कारोवार भएको छ ।
दोश्रो बजार २४३४ को विन्दुमा खुलेकोमा २४७३ को उच्च विन्दुसम्म पुगेको थियो । नेप्सेको आज न्यून विन्दु २४२९ रहेको छ ।
नेप्सेको आजको ग्राफ हेर्दा बजारमा निकै बलियो मनोविज्ञान देखिएको छ । बजार खुलेको पहिलो ३० मिनेट थोरै बिक्रीकर्ता हावी देखिएपनि त्यसपश्चात भने बजारमा ठूलो खरिद चाप आएको थियो । जसले गर्दा बजारको आजको ग्राफले खरिदकर्ता हावी भएको बुझ्न सकिन्छ ।
त्यस्तै बजारको अन्तिम विन्दु र उच्च विन्दु एउटै रहेको छ । यसको अर्थ बजार ईण्ट्राडे हाईमा बन्द भएको छ। ईण्ट्राडे हाईमा बजार बन्द हुनुलाई भोलीको सुरुवाती चरणको लागि खरिदकर्ता हावी हुने बुझ्न सकिन्छ।
आज होटल उपसुचक बाहेक सम्पूर्ण उपसुचकमा वृद्धि आएको छ । निर्जीवन बीमा उपसुचकमा सर्वाधिक वृद्धि भएको छ । बजारलाई ड्राईभ गर्ने वाणिज्य बैंक उपसुचकमा पनि करिव २ प्रतिशतको वृद्धि देखिएको छ ।
आज सर्वाधिक कारोवार हुने ५ कम्पनीहरु :
आज सर्वाधिक कमाउने ५ कम्पनीहरु :
आज सर्वाधिक गुमाउने ५ कम्पनीहरु :
(नोट : निर्णय लिनु अघि थप अनुसन्धान गर्नु होला ! नेपालबहसको शेयर बिश्लेषण गर्ने शाखाले प्राविधिक र आधारभूत औजारको प्रयोग गरेर बिश्लेषण गरिएको हो। नाफा-नोक्सानको जिम्मेवार नेपालबहस हुने छैन। )
आर्थिक संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेप्सेको ओरालो यात्रा जारी, चार अर्ब २१ करोडभन्दा बढीको कारोबार
जेठ १७, २०८१ बिहिबार
नेप्से सामान्य अंकले बढ्यो, तीन अर्ब ८९ करोडभन्दा बढीको कारोबार
जेठ १४, २०८१ सोमबार
नेप्सेमा दोहोरो अंकको गिरावट, चार अर्ब ४४ करोडभन्दा बढीको कारोबार
जेठ १३, २०८१ आइतबार
सशस्त्रमा आईजीपी अर्याल विरुद्ध मोर्चाबन्दी !
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
घट्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको यथावत
नेपालबहस संवाददाता
जेठ १८, २०८१ शुक्रबार
घट्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको यथावत
जेठ १८, २०८१ शुक्रबार
बजेट सच्याउने निर्णय गराएर करका दरमाथि खेल्दै अर्थमन्त्री, 'टाइपिङ इरर' भएको बहाना
जेठ १८, २०८१ शुक्रबार
गृहमन्त्रीको नजरः सुन तस्करीमा संलग्न निजामतिलाई काखा, प्रहरीलाई पाखा
जेठ १८, २०८१ शुक्रबार
शल्यक्रिया गर्न पालो कुर्नुपर्ने समस्या अन्त्य गरिने
जेठ १९, २०८१ शनिबार
क्यामरा आकृतिको भवन
जेठ १९, २०८१ शनिबार
नेपालगञ्जका विद्यालयमा गर्मी बिदा बढाइयो
जेठ १९, २०८१ शनिबार
दरबार हत्याकाण्डको २३ वर्ष पूरा
जेठ १९, २०८१ शनिबार
युक्रेनले रुसविरुद्ध आफ्नो सीमाभित्र अमेरिकी हतियार प्रयोग गर्नसक्ने
जेठ १९, २०८१ शनिबार
मलाइका र अर्जुनको ब्रेकअप !
जेठ १९, २०८१ शनिबार