राष्ट्र बैंकले ल्याएको सहुलियत कर्जा नपाएको गुनासो
नेपालबहस संवाददाता
माघ २०, २०७७ बुधबार ३:४०:४७
२० माघ, काठमाडौं । नेपाल राष्ट्र बैंकले ल्याएको सहुलियत कर्जा व्यवसायीले नपाएको गुनासो गरेका छन् । कोरोना महामारी पीडित सर्वपक्षीय पेशा व्यवसाय समितिले आज बालुवाटारमा धर्ना तथा कोणसभा गर्दै रोजगारी सुनिश्चित गर्ने मध्यम तथा निम्न मध्यम वर्गीय व्यवासायले नै राष्ट्र बैंकले ल्याएको सहुलियत कर्जा नपाउँदा व्यवसाय बन्द हुने अवस्थामा पुगेको बताएका हुन् ।
कार्यक्रममा सङ्घर्ष समितिका संयोजक कर्णबहादुर शाहीले मुलुकको मौद्रिक नीति कार्यान्वयन नहुँदा अधिकांश पेशा व्यवसाय बन्द हुने अवस्थामा पुगेको बताए । सरकारले मध्यम तथा साना व्यवसायीको पीडा नसुनेको उनको भनाइ थियो । सरकारले पुर्नकर्जा, थप कर्जा तथा सहुलियत कर्जा भनेर रु डेढ खर्ब ४८ अर्ब वितरण गर्ने भने पनि अधिकांश मध्यम तथा निम्न मध्यम वर्गीय व्यवसायीको पहुँचमा नपुग्दा सडक आन्दोलन गर्न बाध्य भएको व्यवसायीले बताएका छन् ।
टुरिष्ट बस एशोसिएशन अफ नेपाल ९टिवान०का अध्यक्ष ईश्वर शर्माले मौद्रिक नीतिमा साना व्यवसायीलाई नसमेटिएको तथा बैंकको अन्याय अत्याचार बढेका कारण आन्दोलनमा आउनुपरेको बताए । बैंकले दिएको सहुलियत कर्जा केही व्यवसायीको पहुँचमा मात्र भएको उनको भनाइ थियो । धर्ना कार्यक्रममा विभिन्न ४३ वटा छाता सङ्गठनका प्रतिनिधिको सहभागिता रहेको थियो ।
सरकारका निकायलाई चरणबद्धरुपमा आफ्ना मागबारे प्रस्ताव गर्दा पनि केही नभएपछि व्यवसाय नै छोडेर आन्दोलन गर्न बाध्य भएको समितिले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराष्ट्र बैंक भन्छ, ‘आर्थिक तथा वित्तीय सूचक सकारात्मक’
बैशाख ३०, २०८१ आइतबार
पौने ११ खर्ब रेमिट्यान्स, १९ खर्ब विदेशी मुद्रा सञ्चिति
बैशाख ३०, २०८१ आइतबार
तथ्यांक नआएको भन्दै मौद्रिक नीति समीक्षा अवधि बढाइयो, संशोधन भयो कार्यविधि २०७३
बैशाख २६, २०८१ बुधबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उदघाटन गरेको ९ दिन नपुग्दै हावाले भत्कायो इलाका प्रहरी कार्यालय जयनगरको पर्खाल
बैशाख ३१, २०८१ सोमबार
मधेशमा नयाँ सरकार गठनका लागि आज ४ दलले एमालेको नेतृत्वमा दाबी पेश गर्दै
बैशाख ३१, २०८१ सोमबार
सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधन
बैशाख ३१, २०८१ सोमबार
राजनीति देश र जनताका लागि हुनुपर्छ : उपसभापति गुरुङ
बैशाख ३१, २०८१ सोमबार
ठूला सरकारी अस्पतालमा जनशक्ति थप्ने नवनियुक्त स्वास्थ्यमन्त्री यादवको निर्णय
बैशाख ३१, २०८१ सोमबार
नेपालको वित्तीय सङ्घीयता कार्यान्वयनमा मध्यम प्रगति, प्रदेश र स्थानीय तह घाटामा
बैशाख ३१, २०८१ सोमबार
धनगढी र दार्चुलामा करेन्ट लागेर दुई जना घाइते
बैशाख ३१, २०८१ सोमबार
पोखराबाट खैरो हिरोइनसहित दुई जना पक्राउ
बैशाख ३१, २०८१ सोमबार
कर्णालीमा जबरजस्ती करणीका मुद्दा धेरै
बैशाख ३१, २०८१ सोमबार