वितरण भएन जाजरकोटमा सेनिटरी प्याडदेखि सुत्केरी भत्ता
नेपालबहस संवाददाता
माघ २३, २०७७ शुक्रबार १६:२:४७
२३ माघ,जाजरकोट । जाजरकोटमा अघिल्लो वर्ष सबै विद्यालयमा पुगिसक्नुपर्ने सेनिटरी प्याड अझै भेरी नगरपालिकाका विद्यालयमा नपुगेको बताइएको छ ।
सदरमुकामस्थित भेरी नगरपालिकामा विद्यालय सञ्चालन भएको लामो समयसम्म प्याड नपुग्दा छात्रा समस्यामा परेका छन् । सङ्घीय सरकारको अनुदानमा सबै विद्यालयका छात्रालाई महिनावारी हुँदा प्रयोग गर्न सजिलो होस् भनी अघिल्लो वर्ष स्थानीय तहलाई रकम भुक्तानी गरिएको थियो । अघिल्लो वर्ष रकम पाएर प्याड खरिद गरेको भेरी नगरपालिकाले अहिलेसम्म विद्यालयमा पठाउन नसकेको हो ।
यही माघ ८ गते बसेको प्रधानाध्यापकको बैठकमा सबै विद्यालयले प्याड लिन आग्रह गरे पनि अहिलेसम्म विद्यालयमा नपुगेको नगर शिक्षा समितिले जानकारी दिएको छ । भेरी नगरपालिकाभित्रका अधिकांश विद्यालयमा खानेपानी, शौचालय र बालमैत्री नहुँदा समस्या हुँदै आएको छ । आधारभूत तहका विद्यालयमा सेनिटरी प्याड दिने व्यवस्था रहेको छ ।
त्यस्तै भेरी नगरपालिकाले पाँच महिनाभन्दा लामो समयदेखि सुत्केरी भत्ता नदिएको पाइएको छ । दैनिक भत्ताका लागि आउने गरेको भए पनि रकम नगरपालिकाले भुक्तानी नगर्दा काम गर्न नै अप्ठ्यारो भएको स्वास्थ्यकर्मी बताउँछन् । स्वास्थ्य सेवा कार्यालयमा सुत्केरी हुनेले तत्काल यातायात खर्चवापत रकम पाए पनि भेरी नगरपालिकाले पाँच महिनादेखि भुक्तानी गरेको छैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकर्णाली प्रदेशः मन्त्री शाहद्वारा सपथ ग्रहण
जेठ ९, २०८१ बुधबार
जिल्ला अस्पताल हुम्लामा औषधि अभाव, बिरामी खाली हात फर्किन बाध्य
जेठ ७, २०८१ सोमबार
रुडु बन्चु प्रचारप्रसार र संरक्षण अभावले ओझेलमा
जेठ ६, २०८१ आइतबार
रविको निशानामा देउवाको परिवारः आरजु र छोरा जयवीर माथि अनुसन्धानको तयारी
जेठ ९, २०८१ बुधबार
सामाजिक सञ्जालकर्ताको विद्रूप र कैलाश सिरोहिया प्रकरण
जेठ ९, २०८१ बुधबार
विश्वकप खेल्न आवेदन दिएका सन्दीपलाई अमेरिकाले दिएन भिसा
जेठ ९, २०८१ बुधबार
बुद्ध जयन्तीको अवसरमा भारतीय राजदूतावासद्धारा विविध कार्यक्रम आयोजना
जेठ ९, २०८१ बुधबार
सद्भाव फैलाउन बुद्ध शिक्षामा विश्वास गरौं : प्रधानमन्त्री
जेठ ९, २०८१ बुधबार
घोडाघोडीमा चरा उत्सव तथा तस्बिर प्रदर्शनी
जेठ ९, २०८१ बुधबार
गृहमन्त्री लामिछानेमाथि छानबिन हुनुपर्छ : राप्रपा
जेठ ९, २०८१ बुधबार