सुर्खेतमा गर्भपतन गराउनेको संख्या बढदो
नेपालबहस संवाददाता
माघ २३, २०७७ शुक्रबार १९:४६:३४
२३ माघ,सुर्खेत । वीरेन्द्रनगर नगरपालिका– ५ की ३७ वर्षीया महिलाले प्रदेश अस्पताल सुर्खेतबाट पछिल्ला तीन वर्षयता दुई पटक गर्भपतन गराइन् । दुवैपटक सुरक्षित गर्भपतन सेवा लिएपछि परिवार नियोजनका साधनको नियमित प्रयोग गरिनन् ।
गुर्भाकोट नगरपालिकाकी २७ वर्षीया अर्की महिलाले पहिलो सन्तान छोरी जन्माईन् । दोस्रोपटक गर्भवती भएपछि छोराछोरी के छ भनेर परिवारले जान्न खोज्यो । वीरेन्द्रनगरस्थित एक नर्सिङ होमबाट भिडियो एक्सरे गर्दा उनको गर्भमा रहेको भ्रूण ‘छोरी’ रहेको पाइयो । कानूनमा भ्रूणको लिङ्ग पहिचान गरेर गर्भपतन गर्न नपाइने व्यवस्था भए पनि उनले भ्रूण पहिचान गरेर उक्त नर्सिङ होममा सुरक्षित गर्भपतन गराइन् ।
सुरक्षित गर्भपतन सेवा लिएको पाँच महिनामै उनी अहिले पुनःगर्भवती भएकी छन् । “यसपटक जे भए पनि जन्माउँछौँ, एउटा छोरी छ, एकपटक गर्भपतन गराइसक्यौँ”, उनी भन्छिन् । परिवार नियोजनका साधन प्रयोग नगर्दा छिटो गर्भवती भएको र पटकपटक गर्भपतन गराउँदा स्वास्थ्यमा गम्भीर असर पर्ने स्वास्थ्यकर्मीले बताएपछि गुर्भाकोटकी महिलाको परिवार यसपटक गर्भपतन नगराउने सोचमा पुगेको हो ।
सुर्खेतका ती महिला मात्र होइनन्, सुरक्षित गर्भपतन सेवा लिएका महिला सबैले परिवार नियोजनका अस्थायी÷स्थायी साधन प्रयोग गरेको पाइँदैन । यहाँ गर्भपतन गराएका झण्डै १५ प्रतिशतले गर्भनिरोधक साधन प्रयोग नगरेको पाइएको छ । पछिल्लो तीन वर्षको तथ्याङ्क केलाउने हो भने सुर्खेतमा सुरक्षित गर्भपतन गर्नेमध्ये ८६ प्रतिशतले मात्र परिवार नियोजनका साधन प्रयोग गरेका छन् । जिल्ला जनस्वाथ्य सेवा कार्यालयका अनुसार २०७५ साउनदेखि २०७६ असारसम्मका अवधिमा सुरक्षित गर्भपतन सेवा लिएका तीन हजार २०२ मध्ये दुई हजार ७४५ जनाले मात्र परिवार नियोजनका साधन प्रयोग गरेका छन् ।
त्यस्तै २०७६ साउनदेखि २०७७ असारसम्म सो सेवा लिएका दुई हजार ६०३ मध्ये दुई हजार २०६ जनाले मात्र परिवार नियोजनका साधन प्रयोग गरेका छन् । गत साउनदेखि मंसिरसम्म सो सेवा लिएका ९४२ मध्ये ८६३ जनाले मात्र परिवार नियोजनका साधन प्रयोग गरेको पाइएको छ ।
गर्भपतनपछि लामो अवधिको परिवार नियोजनका साधनका रुपमा नरप्लान्ट, आयुसिडी तथा छोटो अवधिका कण्डम, पिल्स, डिपोलगायत साधन उपयोगी मानिन्छन् । परिवार नियोजनका साधन सबै स्वास्थ्य संस्थामा निःशुल्क उपलब्ध छन् ।
कानूनले भ्रुणको लिङ्ग पहिचान गरी गर्भपतन गर्न बन्देज गरेको छ । सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ अनुसार कसैले गर्भमा रहेको भू्रणको लिङ्ग पहिचान हुने कुनै कार्य गर्न वा गराउने कार्यलाई अपराध मानिएको छ । निजी स्वास्थ्य संस्थामा लिङ्ग पहिचान गर्ने र सरकारी स्वास्थ्य संस्थामा गर्भपतन गराउन जाने गरेको पाइएको छ । एकातिर भ्रूणको लिङ्ग पहिचान गरी गर्भपतन गर्ने प्रवृत्ति बढ्दो र अर्कातिर गर्भनिरोधक साधन प्रयोग नगर्दा पटकपटक गर्भपतन गराउनुपर्ने बाध्यताले गर्दा गर्भवतीको स्वास्थ्यमा गम्भीर असर देखिने स्वास्थ्यकर्मी बताउँछन् ।
पटकपटकको गर्भपतनले गर्भवतीको उपचारमा समेत जटिलता हुने गरेको छ । जिल्ला जनस्वास्थ्य कार्यालयको तथ्याङ्कानुसार विसं २०७६ कात्तिकदेखि २०७७ असोज महिनाका अवधिमा सुर्खेतमा सुरक्षित गर्भपतन गराएका १६० जनामा त्यस्तो समस्या देखियो । त्यस्तै विसं २०७५÷०७६ मा २३७ जनामा गर्भपतन उपचारमा जटिलता देखिएको थियो ।
कानूनमा गर्भवतीको मञ्जुरीले १२ हप्तासम्मको गर्भलाई सुरक्षित गर्भपतन गराउन सकिने उल्लेख छ । गर्भपतन नगराएमा महिलाको ज्यान खतरामा पुग्न सक्छ वा विकलाङ्ग शिशु जन्मन सक्छ भनी इजाजत प्राप्त चिकित्सकले राय दिएमा, जबर्जस्ती करणी वा हाडनाता करणीमा रहन गएको गर्भ, रोग प्रतिरोधक क्षमता उन्मुक्ति गर्ने जीवाणु एचआइभी वा त्यस्तै प्रकृतिको निको नहुने रोग लागेकाको गर्भ, गर्भमै भ्रूण नष्ट हुन सक्ने वा जन्मेर पनि बाँच्न नसक्ने गरी गर्भको भ्रूणमा खराबी रहेको, वंशाणुगत खराबी वा अन्य कारणले भू्रणमा अशक्तता हुने अवस्था रहेको भनी उपचारमा संलग्न चिकित्सकको रायबमोजिम गर्भवतीको मञ्जुरीमा २८ हप्तासम्मको गर्भपतन गराउन सक्ने व्यवस्था छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकर्णाली प्रदेशको बजेट ३१ अर्ब ४१ करोड
असार १, २०८१ शनिबार
दश वर्षमा पनि बनेन भेरी नदीमाथिको पुल
जेठ ३२, २०८१ शुक्रबार
रुकुमको मुसिकोट नेपानेमा बोलेरो दुर्घटना हुँदा ३ जनाको मृत्यु, तीन घाइते
जेठ २८, २०८१ सोमबार
टेलिकमको इन्टरनेशनल ब्यान्डविथ खरिदमा मुद्दा चलाउने अख्तियारको तयारी
नेपालबहस संवाददाता
जेठ ३१, २०८१ बिहिबार
स्वास्थ्यका लागि निकै फाइदाजनक लसुन प्रयोग गर्ने तरिका जानौं
नेपालबहस संवाददाता
जेठ ३१, २०८१ बिहिबार
नेपालले टी- २० विश्वकप अन्तर्गत भोलि बिहान दक्षिण अफ्रिकासँग खेल्दै
नेपालबहस संवाददाता
जेठ ३२, २०८१ शुक्रबार
नेपालको हारले फ्यानका आँखामा आँसु, टुट्यो सुपर–८ को सपना !
असार १, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
असार १, २०८१ शनिबार
लज्जास्पद हारबारे संघ प्रमुख भागवत र सीएम योगीबीच आज छलफल हुने
असार १, २०८१ शनिबार
बागमतीमा चालु आवको भन्दा बढी बजेट, कार्यान्वयन हुनेमा विपक्षीको आशंका
असार १, २०८१ शनिबार
रौतहटमा शौच गर्न निस्किएका युवक मृत फेला
असार १, २०८१ शनिबार
दिक्तेलमा साकेला उँभौलीको मैझारो
असार १, २०८१ शनिबार
कांग्रेस सकारात्मक प्रतिपक्षको भूमिकामा रहन्छ : उपसभापति खड्का
असार १, २०८१ शनिबार
बजेट कति ठीक र कति बेठीक भन्नेबारे छलफल हुनुपर्छ : केपी ओली
असार १, २०८१ शनिबार
आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटायो
असार १, २०८१ शनिबार