खप्तड क्षेत्रमा दुई फिटसम्मको हिमपात
नेपालबहस संवाददाता
माघ २३, २०७७ शुक्रबार २०:३०:२६
२३ माघ,डोटी । डोटीमा बिहीबार साँझदेखि वर्षात् शुरु भएको छ । वर्षात् शुरु भएसँगै हिउँँदेबाली सप्रिने भन्दै किसानहरु निकै खुशी भएका छन् । लामो समयपछि बल्ल माघ अन्तिम सातामा वर्षात् भएका कारण अहिले किसानमा निकै खुशी छाएको छ । पानी नभएका कारण यहाँका लेकाली क्षेत्रमा लगाइएका खेतीपाती पानी नभएका कारण सुक्न थालेका कारण किसान चिन्तित बनेका थिए । अहिले लेकाली क्षेत्रको खेतीपातीका लागि पर्याप्त मात्रमा पुग्ने गरी पानी परी रहेको किसान बताउँछन् ।
यसैगरी सुदूरपश्चिम प्रदेशको प्रसिद्ध पर्यटकीयस्थल खप्तड राष्ट्रिय निकुञ्जमा गए रातिदेखि हिमपात पनि शुरु भएको छ । बिहीबार रातिबाट हिमपात भइरहेको र त्यहाँको तापक्रम निकै घटेको खप्तडमा रहेको गुरुगोरख गुल्मका गुल्मपति तथा सेनानी शरद थापाले बताए । खप्तडलगायत यहाँका अन्य उच्च लेकाली क्षेत्रमा अहिले पनि हिमपात भइरहेको छ । खप्तड झिग्रानामा छ इञ्च तथा खप्तडमा कम्तीमा पनि दुई फिट जती हिउँ परेको छ । स्थानीयवासीका अनुसार अन्य वर्षको तुलनामा यो वर्ष खप्तडमा निकै थोरै हिउँँ र पानी परेको हो ।
हिमपातका कारण गए राति त्यहाँको तापक्रम माइनस चार डिग्रीसम्म झरेको खप्तडमा रहेको गुरुगोरख गुल्मले जनाएको छ । यसअघि मङ्सिर र पुस महीनामा दुई पटक खप्तडमा हल्का हिमपात भएको थियो । हिमपात तथा वर्षात्का कारण खप्तड राष्ट्रिय निकुञ्ज घुम्न आएका पर्यटक तथा जिल्लाका किसान निकै खुशी भएका छन् ।
खप्तड घुम्नका लागि अहिले हेलिकप्टरको पनि व्यवस्था मिलाएका कारण खप्तडलगायत यहाँका अन्य पर्यटकीय क्षेत्र बडिमालीका क्षेत्रमा सयौँ पर्यटक घुम्न आएका आएका छन् । हेलिकप्टरको व्यवस्था गरिएपछि अहिले बडिमालिकामा आठ जना तथा खप्तड निकुञ्जमा कम्तीमा पनि १३९ ले अवलोकन भ्रमण गरिसकेको खप्तड पर्यटन विकास समिति डोटीले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकर्णाली प्रदेशः मन्त्री शाहद्वारा सपथ ग्रहण
जेठ ९, २०८१ बुधबार
जिल्ला अस्पताल हुम्लामा औषधि अभाव, बिरामी खाली हात फर्किन बाध्य
जेठ ७, २०८१ सोमबार
रुडु बन्चु प्रचारप्रसार र संरक्षण अभावले ओझेलमा
जेठ ६, २०८१ आइतबार
रविको निशानामा देउवाको परिवारः आरजु र छोरा जयवीर माथि अनुसन्धानको तयारी
जेठ ९, २०८१ बुधबार
सामाजिक सञ्जालकर्ताको विद्रूप र कैलाश सिरोहिया प्रकरण
जेठ ९, २०८१ बुधबार
विश्वकप खेल्न आवेदन दिएका सन्दीपलाई अमेरिकाले दिएन भिसा
जेठ ९, २०८१ बुधबार
बुद्ध जयन्तीको अवसरमा भारतीय राजदूतावासद्धारा विविध कार्यक्रम आयोजना
जेठ ९, २०८१ बुधबार
सद्भाव फैलाउन बुद्ध शिक्षामा विश्वास गरौं : प्रधानमन्त्री
जेठ ९, २०८१ बुधबार
घोडाघोडीमा चरा उत्सव तथा तस्बिर प्रदर्शनी
जेठ ९, २०८१ बुधबार
गृहमन्त्री लामिछानेमाथि छानबिन हुनुपर्छ : राप्रपा
जेठ ९, २०८१ बुधबार