नेपाल फाइनान्सले पठायो १६ लाख कित्ता हकप्रद शेयर हितग्राही खातामा
नेपालबहस संवाददाता
माघ २५, २०७७ आइतबार १५:४:४
२५ माघ,काठमाडौं । नेपाल फाइनान्स लिमिटेडले १६ लाख ५७ हजार ५०६ कित्ता हकप्रद शेयर शेयरधनीको हितग्राही खातामा जम्मा गरिदिएको छ । कम्पनीले गत कात्तिक ६ गतेसम्म कायम शेयरधनीहरुको लागि १ः१.२५ अुनपातमा जारी गरेको उक्त हकप्रद नेप्से र सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडमा सूचिकृत तथा दर्ता भई अभौतिक रुपमा कारोबार हुने व्यवस्था छ ।
सोही अनुरुप कात्तिक ६ गतेसम्म आफ्नो भौतिक शेयर अभौतिकीकरण गराएका शेयरधनीहरुको हकप्रद शेयर सम्बन्धित हितग्राही खातामा जम्मा गरिएको छ । सो मितिपश्चात् आफ्नो भौतिक शेयर पूर्ण रुपमा अभौतिकीकरण गराएका शेयरधनीहरुको हकमा सोझै उनीहरुको हितग्राही खातामा हकप्रद शेयर जम्मा गरिने व्यवस्था गरिएकोले शेयर रजिष्ट्रार प्रभु क्यापिटल लिमिटेडले तोकेको ढाँचामा निवेदन दिन अनुरोध गरिएको छ ।
कात्तिक ६ गतेसम्म शेयर धितो बन्धक राखी कर्जा लिएका शेयरधनीले सम्बन्धित बैंक तथा वित्तीय संस्थाहरुकोबाट स्वीकृतिपत्र लिई कम्पनीमा पेश गरे पश्चात मात्र खातामा हकप्रद शेयर जम्मा गरिनेछ । उक्त मितिपश्चात रोक्का राखिएको शेयरको हकमा सम्बन्धित बैंक तथा वित्तीय संस्थाले आफु कहाँ ति शेयरधनीहरुको शेयर रोक्कामा रहे नरहेको यकिन गरी रोक्कामा राखिदिन पनि आग्रह गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतेस्रो त्रैमाससम्म आइपुग्दा मेरो माइक्रोफाइनान्सको खुद नाफा बढ्यो
बैशाख २०, २०८१ बिहिबार
गोर्खाज फाइनान्सको साधारणसभा २ चैतमा, मुख्य एजेण्डा के हो ?
फागुन २८, २०८० सोमबार
गोर्खाज फाइनान्सको चैत २ गते बस्दैछ साधारणसभा
फागुन २२, २०८० मंगलबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै, ५० औँ स्थानमा सूचीकृत
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा
जेठ १, २०८१ मंगलबार
गिरीबन्धु टि स्टेटको जग्गा किनबेचमा पुनरावलोकन गर्न नपाइने, नैतिक संकटमा ओली
जेठ २, २०८१ बुधबार
संसद अवरोध हटाउन सत्ता पक्षका तीन नेता छलफलमा
जेठ २, २०८१ बुधबार
विष्णुमति करिडोर मिचेर निर्माण गरिएको संरचना भत्काइयो
जेठ २, २०८१ बुधबार
किसानलाई अनुदानमा ५४ हजार माछाका भुरा वितरण
जेठ २, २०८१ बुधबार
उदीपुर-रिठ्ठेबगर-नौथर सेरा सडक निर्माण सुरु
जेठ २, २०८१ बुधबार
महानगरको पार्क र ट्राफिक आइल्याण्डको सुन्दरतामा काम गर्न ११० जना परिचालन
जेठ २, २०८१ बुधबार