तातोपानी नाकाबाट दैनिक २० कन्टेनर सामान आउने, व्यवसायी थाले सामान भित्राउन
नेपालबहस संवाददाता
माघ २८, २०७७ बुधबार १६:४६:२१
२८ माघ, काठमाडौं । तातोपानी नाका संचालनमा आएको छ । चिनियाँ व्यापारिक नाका तातोपानी अन्तर्गत मितेरी पुल निर्माण गर्न गत माघ ७ गतेदेखि बन्द गरिएको उक्त नाका मंगलबारदेखि संचालनमा आएको हो ।
नाका संचालन भएको पहिलो दिनमै दुई देशबीचको व्यापारिक कारोबार सुरु भएको छ। नाका संचालनमा आएलगत्तै कन्टेनरको संख्या बढेर आउने तातोपानी भन्सार कार्यालयका जनाएको छ ।
मंगलबार मात्र भन्सारमा ६ नेपाली कन्टेनर सामान भित्रिएको छ । बुधबार आज पनि ८ वटा कन्टेनर आउने कार्यालयले जनाएको छ । पुल निर्माण अघि नाकामा रोकिएको कन्टेनर भन्सारमा भित्र्याएर मात्र बन्द गरिएको थियो । त्यस समयमा भन्सारमा ३ महिनामा करिब ७ सय २८ कन्टेनर भित्रिएको थियो।
केही कन्टेनर बाँकी रहेकोले आगामी २ दिन उक्त कन्टेनरहरु आउने भन्सारले जनाएको छ । नाकामा रोकिएको पुरानो कन्टेनर आएपछि तातोपानी भन्सारमा दैनिक २० कन्टेनर आउने निर्णय भएका छन् ।
यसका लागि चिनियाँले ४० वटा कन्टेनर पठाउन सक्ने तयारी गरेको भन्सारले जनाएको छ । तातोपानी भन्सारमा हाल ४८ वटा ट्रलीमात्र रहेकोले दैनिक १६ वटा देखि २० वटा सम्म आउने व्यवस्था गरेको भन्सार जनाएको छ ।
पुल निर्माणपछि दुइ देशबीचको ब्यापारिक कारोबारमा असर हुन नदिनका लागि जति सक्दो बढी कन्टेनर सामान पठाउने सहमति भएको छ।
कहिलेदेखि नयाँ सामान आउने
व्यवसायीहरुले आगामी आइतबारदेखि चिनियाँ सामानहरु नयाँ अर्डर गर्ने सक्ने भएका छन् । गत वर्ष माघदेखि कोभिडका कारण नाका समय समयमा मात्र खुलिरहेको थियो । त्यसकारण चिनियाँ नाकामा एक हजार भन्दा बढी कन्टेनर रोकिएका थिए । व्यवसायीहरुले पुरानो सामान नआउँदा नयाँ सामान अर्डर गर्न पाएका थिएनन् ।
भन्सार अनुसार २ दिनमा पुरानो कन्टेनर नेपाल भित्रिएपछि तातोपानी नाका पुरानो लयमा फर्कने छ । यो बर्ष चिनियाँ नयाँ बर्ष लोसारमा पनि नाका बन्द नहुने भएको छ । गत बर्ष लोसारको समयमा २० देखि एक महिनासम्म नाका बन्द हुने गरेको थियो ।
हाल कोभिडका कारण आयात निर्यात प्रभाव भएकोले लोसारको समयमा चिनियाँ र नेपाली नाका दुबै खुल्ला हुने भएको छ । उक्त दिनमा सामान नआएपनि पहिले जस्तो नाका पुरै बन्द नगर्ने बताएको छ ।
तातोपानी नाका एकतर्फी मात्रै खुल्ने
तातोपानी नाका पूर्ण रुपमा खुले पनि एकतर्फी रुपमा मात्र हुने भएको छ । कोभिडको संक्रमण नियन्त्रण नभएकोले हालको लागि नाकामा आयातमात्र गर्ने व्यवस्था भएको हो ।
यस नाकाबाट एक बर्षदेखि सामान निर्यात भएको छैन । तातोपानी नाकाबाट स्वादेशी सामान निर्यात गर्ने सम्बन्धी भने हालसम्म कुनै छलफल नभएको पनि प्रमुख खत्रीले बताए।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमेची भन्सारद्वारा रु एघार अर्ब ५९ करोड राजस्व संकलन
जेठ ६, २०८१ आइतबार
आन्तरिक स्रोतलाई दिगो बनाउँदै राजस्वको दायरा बढाउन कर प्रणाली सुधार गरिने
जेठ १, २०८१ मंगलबार
यातायात कार्यालय धनगढीद्वारा ५१ करोड राजश्व संकलन
बैशाख २७, २०८१ बिहिबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
कलेजो क्यान्सर भएको कसरी थाहा पाउने ? यस्ता छन् लक्ष्णहरु !
नेपालबहस संवाददाता
जेठ ५, २०८१ शनिबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
मकैमा फौजी कीरा र फलफूलमा औँसाको संक्रमण, किसान चिन्तित
जेठ ७, २०८१ सोमबार
यी ४ जनाले भुलेर पनि नखानुस् मेवा
जेठ ७, २०८१ सोमबार
ताइवानको राष्ट्रपतिको रूपमा लाइ चिङ तेहले लिए शपथ
जेठ ७, २०८१ सोमबार
मर्यादापालक लगाएर प्रधानमन्त्री पुगे रोष्ट्रम, कांग्रेसको नाराबाजी जारी
जेठ ७, २०८१ सोमबार
कुमारी बैंकका ग्राहकलाई होटल भिन्टेज होमबाट प्रदान गरिने सेवामा विशेष छुट
जेठ ७, २०८१ सोमबार