नेपाल लाइफको सभाले पारित गर्याे ‘स्टक स्प्लीट’ र ५१ प्रतिशत लाभांश
नेपालबहस संवाददाता
माघ २८, २०७७ बुधबार १७:४६:२०
२८ माघ, काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट प्रस्ताव गरेको लाभांश तथा ‘स्टक स्प्लीट’ को पारित गरेको छ ।
आज (माघ २८ गते बुधबार) होटल भिष्वा, वीरगञ्जमा सम्पन्न कम्पनीको २० औं वार्षिक साधारण सभाले उक्त प्रस्ताव पारित गरेको हो । कम्पनीले प्रतिशेयर अंकित मूल्य १०० रुपैयाँ रहेको शेयरलाई ५० रुपैयाँ कायम गर्ने प्रस्ताव पारित गरेको छ । यो प्रस्ताव साधारणसभाबाट पारित भएपनि सम्बन्धित नियामक निकायबाट स्वीकृत भएमा मात्र लागू हुने कम्पनीले जनाएको छ ।
उक्त साधारण सभाले आर्थिक वर्ष २०७५/७६ को नाफाबाट प्रस्तावित ५१ प्रतिशत लाभांश पारित गरेको छ । कम्पनीले ३१ प्रतिशत बोनश शेयर र २० प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव राखेको थियाे ।
हाल कम्पनीको चुक्ता पूँजी ५ अर्ब ५० करोड रहेकोमा बोनश शेयर वितरण पश्चात कम्पनीको चुक्तापूँजी जीवन बीमा क्षेत्रकै सर्वाधिक रु. ७ अर्व १९ करोड ९९ लाख ७० हजार छ सय ६१ रुपैयाँ पुग्ने भएको छ । कम्पनीले यस आर्थिक वर्षको मंसिर समान्तसम्ममा कुल १३ अर्ब ३१ करोड बीमा शुल्क संकलन गरेको छ ।
अध्यक्ष गोविन्दलाल संघईको अध्यक्षतामा सम्पन्न उक्त साधारणसभामा स्वागत मन्तव्य एवं वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै उनले समिक्षा वर्षमा कम्पनीले कुल बीमाशुल्क आम्दानीमा सर्वाधिक करिब ३०.०९ प्रतिशत बजार हिस्सा हासिल गर्न सफल भएकोमा सम्बद्ध सबैमा हार्दिक बधाई एवं शुभकामना व्यक्त गरे ।
संघईले दुई दशकमा जीवन बीमा क्षेत्रमा कम्पनीको व्यवसायिक हिस्सा र गरिमालाई तमाम चुनौतिहरु बीच अझै नयाँ उचाइमा अगाडि बढाउनका लागि संरचनात्मक सुधार, संस्थागत सुशासनको पूर्ण पालना, सुदृढ आन्तरिक नियन्त्रण प्रणाली, सेवा प्रणालीमा नविन प्रविधिको प्रयोग, सम्पत्ति र दायित्व बीचको सन्तुलन, ग्राहक केन्द्रित योजना, विकेन्द्रिकरण, तालिम एवं अनुसन्धान तथा नयाँ बजारीकरण रणनीति अवलम्बन गरि आगामी दशकको अर्को सुनौलो यात्रातर्फ अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरे ।
साना लगानीकर्ताहरुको समेत कम्पनीको शेयरमा सहज पहुँचका लागि कम्पनीले विद्यमान प्रतिशेयर अंकित मूल्य रु.१०० को व्यवस्थालाई परिवर्तन गरि प्रतिशेयर अंकित मूल्य रु.५० कायम गर्ने प्रस्ताव पारित गरेको जनाएकाे छ ।
कम्पनीले बीमा समितिबाट जारी लगानी निर्देशिकाको परिधिभित्र रही दिगो एवं भरपर्दो लगानीका क्षेत्रहरुमा लगानी विस्तार तथा विविधिकरण गर्दै जाने नीति लिएको छ । सम्पत्ति र दायित्व बीच सन्तुलन कायम गर्न पूँजीगत लगानी वृद्धि गर्न आवश्यक भएकोले मुलुकका विभिन्न शहरहरुमा दीर्घकालिन पूँजीगत लगानी गर्नेतर्फ ठोस कार्य गर्ने लक्ष्यका साथ कम्पनी अगाडि बढेको कम्पनीले जनाएकाे छ ।
सभाबाट आ.व.२०७५/०७६ को संचालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब, आय व्यय हिसाब, नगद प्रवाह विवरणहरु एवं कम्पनीको प्रवन्धपत्र तथा नियमावलीमा गरिएको संशोधन प्रस्तावहरु सभाद्वारा पारित भएको छ ।
सभाबाट सर्वसाधारण शेयरधनीको तर्फबाट संचालक समितिमा प्रतिनिधित्व गर्ने संचालक निर्वाचनबाट विमलप्रसाद ढकाल र कृष्णराज लामिछाने निर्विरोध निर्वाचित भएका छन् ।
हाल यस कम्पनीको लगानी रु १०५.५७ अर्ब रुपैयाँ रहेको छ भने जीवन बीमाकोष १०१ अर्ब ७८ करोड रुपैयाँ र शेयरधनी कोष ८ अर्ब ८५ करोडभन्दा बढी रहेको छ । कम्पनीमा १,६९,४८७ भन्दाबढी प्रशिक्षित अभिकर्ता रहेका छन् । कम्पनीले आफ्ना सेवाग्राहीहरु तथा ग्राहकहरूका लागि देशभर फैलिएका आफ्ना हाल करिब २ सय शाखा तथा उपशाखाहरूमार्फत जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ ।
यस कम्पनीमा हालसम्म वैदेशिक रोजगार समेत गरि २८ लाख भन्दा बढी व्यक्ति बीमित भइसकेका छन् । ग्राहकहरूको हितलाई ध्यानमा राखी यस कम्पनीले समयसापेक्ष आवश्यक थप सेवा तथा सुविधाहरुसमेत उपलब्ध गराउँदै जाने प्रतिबद्धता व्यक्त गरेको छ ।
साधारण सभा प्रयोजनार्थ कम्पनीले माघ १४ गतेदेखि २८ गतेसम्म बुकक्लोज गरेको थियो । यस अनुसार माघ १३ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको लाभांश प्राप्त गर्नेछन्।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रभु महालक्ष्मी लाइफको ब्राण्ड एम्बेसडर मनोज गजुरेल
चैत २०, २०८० मंगलबार
नेपाल लाइफद्वारा एएमएल र सीएफटी सम्बन्धी तालिम सम्पन्न
चैत ६, २०८० मंगलबार
बोनस शेयरमा लाग्ने कर तिर्न शेयरधनीलाई आग्रह
चैत ६, २०८० मंगलबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै, ५० औँ स्थानमा सूचीकृत
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
आज सुनको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार ?
जेठ १, २०८१ मंगलबार
दैनिक सूर्य नमस्कार गर्दा यी १० समस्याबाट छुटकारा मिल्छ
जेठ १, २०८१ मंगलबार
सरकारको प्राथमिताः गोलीगठ्ठा उत्पादनमा स्वदेशमै आत्मनिर्भर
जेठ १, २०८१ मंगलबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा भोलि सुनुवाइ हुने
जेठ १, २०८१ मंगलबार
कतारले भन्यो -'इजराइलको रफाह आक्रमणले हमास वार्तालाई ‘पछाडि’ धकेल्यो '
जेठ १, २०८१ मंगलबार
प्रदेश सरकारको आगामी विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता स्वीकृत
जेठ १, २०८१ मंगलबार
सरकारको भनाइ एकातिर छ, गराइ अर्काेतिर : कांग्रेस
जेठ १, २०८१ मंगलबार
नेपालमा लगानी गर्न पोल्याण्डलाई चेम्बर अफ कमर्सको आग्रह
जेठ १, २०८१ मंगलबार