पर्साका १० हजार नागरिक मतदानबाट वञ्चित हुने
नेपालबहस संवाददाता
फागुन ४, २०७७ मंगलबार २०:५३:२२
४ फागुन,वीरगञ्ज । आउँदो वैशाख १७ र २७ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा पर्साका चार गाउँपालिकाका करीब १० हजार नागरिकता प्राप्त व्यक्ति मतदान गर्नबाट वञ्चित हुने भएका छन् । विसं २०७५ पुस ११ गते चार गाउँपालिकालाई हेर्ने गरी स्थापना भएको इलाका प्रशासन कार्यालयमा नागरिकता लिएका व्यक्तिको मतदाता सूचीमा नाम अद्यावधि हुन नसक्दा करीब १० हजार व्यक्ति मतदान गर्नबाट वञ्चित हुने सम्बन्धित गाउँपालिकाका पदाधिकारीको भनाइ छ ।
पटेर्वासुगौली, जगरनाथपुर, जिराभवानी तथा ठोरी गाउँपालिकाका नागरिक इलाका प्रशासन कार्यालय सुपौलीबाट नागरिकता प्राप्त गरे पनि मतदाता सूचीमा नाम आउन नसकेपछि तिनीहरुले आगामी वैशाखमा हुने प्रतिनिधिसभाको निर्वाचनमा मत खसाल्नबाट वञ्चित हुने जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मियाँले बताएका छन् ।
विसं २०७४ को मतदाता सूची अनुसार पटेर्वासुगौलीमा ११ हजार ७६०, ठोरीमा ११ हजार ६८५, जगरनाथपुरमा १५ हजार ५६२ र जिराभवानी गाउँपालिकामा ११ हजार ३५० मतदाता रहेका छन् । पुस ६ गते यता नागरिकता लिएका व्यक्तिको मतदाता परिचयपत्र बन्न नसक्ने, यसअघिका छुटेका व्यक्तिको पनि मतदाता नामावलीमा नाम समावेश नहुने निर्वाचन हुने मितिको घोषणा भइसकेपछि मतदाता नामावली अद्यावधि गर्ने काम बन्द भएकाले नागरिकता लिएका व्यक्तिको नाम मतदाता सूचीमा समावेश हुन नसकेको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी गौरीशङ्कर चौधरीले बताएका छन् ।
निर्वाचन कार्यालयले कर्मचारीको अभावमा टोली खटाउन नसकिएको भनेर झारा टार्ने काम गरेको आरोप लगाउँदै पटेर्वा सुगौल गाउँपालिकाका उपाध्यक्ष ममता महतो थारुले यस क्षेत्रमा रहेका विभिन्न पार्टीले १८ वर्ष उमेर पुगेका मतदाताको नाम सङ्कलन गरे पनि टोली नआएकाले उनीहरुको नाम मतदाता सूचीमा राख्न नसकिएको बताएका छन् ।
इलाका प्रशासन कार्यालय सुपौलीबाट नागरिकता लिएका व्यक्तिको नाम मतदाता नामावलीमा सूचीकृत हुन नसकेकामा उनीहरुले आफ्नो मत खसाल्ने मताधिकार हनन् भएको भन्दै सो कार्यको विरोध गरेका छन् । सरकारले घोषणा गरेको प्रतिनिधिसभाको वैशाख १७ र २७ गते हुने निर्वाचन अन्तर्गत प्रदेश २ मा पहिलो चरणमा वैशाख १७ गते निर्वाचन हुनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमधेस प्रदेशका चार जिल्लाको सीमानाका तीन दिन बन्द रहने
जेठ ४, २०८१ शुक्रबार
मिथिलामा धुमधामका साथ जानकी नवमी मनाइँदै
जेठ ४, २०८१ शुक्रबार
जग्गा विवादको क्रममा कोदालोले प्रहार गर्दा एक जनाको मृत्यु
जेठ ३, २०८१ बिहिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
७५ प्रतिशत नागरिक उच्च गुणस्तरको खानेपानीको पहुँच बाहिर
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला पर्यो
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला प¥यो
जेठ ६, २०८१ आइतबार
कञ्चनपुरको न्यायिक समितिमा इजलास र जनशक्ति अभाव
जेठ ६, २०८१ आइतबार
बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा
जेठ ६, २०८१ आइतबार