डिपबोरिङ र स्यालोट्युवेलमार्फत सिँचाइ गरिदै
नेपालबहस संवाददाता
फागुन ५, २०७७ बुधबार २०:५२:३०
५ फागुन,बाग्मती । आकाशे पानीको भर पर्नुपर्ने सर्लाही र रौतहटका किसानले डिपबोरिङ र स्यालोट्युवेलमार्फत सिँचाइ गर्न थालेका छन् । सात हजार २०० हेक्टर जमीनमा डिपबोरिङ र स्यालोट्युवेलको माध्यमबाट सिँचाइ सुविधा पु¥याइएको छ । वाग्मती सिँचाइ आयोजनाको हाताभित्र रहेको भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय सर्लाहीले चार हजार ६०० हेक्टर जमीन र रौतहटको दुई हजार ६०० हेक्टर जमीनमा सिँचाइ सुविधा पु¥याएको जनाएको छ ।
विसं २०७२ का स्थापना भएको सो कार्यालयले हालसम्म सर्लाहीमा ३६ वटा डिपबोरिङ तथा एक हजार ५०० स्यालोट्युवेल जडान गरेको छ । कार्यालय स्थापना भएको हालसम्ममा रौतहटमा ४१ वटा डिपबोरिङ र एक हजार स्यालोट्युवेल जडान गरी सिँचाइ सुविधा पु¥याएको छ । जमीनमा पानीको लियर निकै तल गइसकेकाले धेरै तल गएर पानी निकाल्नुपर्ने अवस्था रहेको सो कार्यालयका इन्जिनीयर मनोज खतिवडाले बताएका छन् । जसका कारण विगतको तुलनामा जडान खर्च पढेको छ । सामान्यतः एउटा डिपबोरिङ जडान गर्न रु एक करोड २५ लाख तथा एउटा स्यालोट्युवेल निर्माण गर्न रु एक लाखको खर्च लाग्ने गरेको उनको भनाइ छ ।
लालबन्दी नगरपालिकाको हिरापुरमा रु एक करोडको लागतमा डिपबोरिङ जडान शुरु भएको छ । त्यहाँको किसानको मागका आधारमा डिपबोरिङ जडान गर्न लागिएको खतिवडाले बताएका छन् । लालबन्दी तरकारी खेतीका लागि जोन भए पनि पानीको अभाव रहेकाले वर्षभरि खेतीका लागि डिपबोरिङ जडानले त्यहाँको किसानमा खुशी छाएको लालबन्दी नगरपालिकाका–११ का वडाध्यक्ष दीपक लामाले बताए । यो कार्यालय अहिले प्रदेश नं २ को भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गत पर्छ । सर्लाहीको दक्षिण पचिम क्षेत्रमा पनि सिँचाइको व्यवस्था नरहेकाले त्यहाँ पनि डिपबोरिङ र स्यालोट्युवले जडान गर्नुपर्ने वलरा नगरपालिका–४ का वडाध्यक्ष केशव झाको भनाइ छ । उपभोक्ता समिति बनाएर उक्त डिप र स्यालोट्युवेलको निर्माण हुनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमधेस प्रदेशका चार जिल्लाको सीमानाका तीन दिन बन्द रहने
जेठ ४, २०८१ शुक्रबार
मिथिलामा धुमधामका साथ जानकी नवमी मनाइँदै
जेठ ४, २०८१ शुक्रबार
जग्गा विवादको क्रममा कोदालोले प्रहार गर्दा एक जनाको मृत्यु
जेठ ३, २०८१ बिहिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
७५ प्रतिशत नागरिक उच्च गुणस्तरको खानेपानीको पहुँच बाहिर
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला पर्यो
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला प¥यो
जेठ ६, २०८१ आइतबार
कञ्चनपुरको न्यायिक समितिमा इजलास र जनशक्ति अभाव
जेठ ६, २०८१ आइतबार
बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा
जेठ ६, २०८१ आइतबार
संसदीय छानबिन समिति गठन नभएसम्म संसद् बैठकमा अवरोध जारी रहन्छ : कांग्रेस
जेठ ६, २०८१ आइतबार