जनकपुरमा मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थापना
नेपालबहस संवाददाता
फागुन ६, २०७७ बिहिबार १६:४४:४०
६ फागुन,धनुषा । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले प्रादेशिक गौरवको योजना रहेको मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानले प्रदेशवासीको चाहना पूरा गर्ने विश्वास व्यक्त गरेका छन् । प्रादेशिक अस्पताल जनकपुरधामको परिसरभित्र रहेको प्रतिष्ठान कार्यालयको उद्घाटन कार्यक्रममा मुख्यमन्त्री राउतले बुधबार प्रतिष्ठानमा सबै विषयको अध्ययन अध्यापन हुने बताएका छन् । उनले प्रतिष्ठान यसै वर्षदेखि चिकित्सा शास्त्रतर्फको स्नातकोत्तर तहको कक्षा सञ्चालन गर्न सक्षम हुने विश्वास व्यक्त गरेका छन् ।
उनले भने, “सबै प्रकारको रोगको उपचार एकै स्थानबाट होस् भन्ने प्रदेशवासीको चाहना प्रतिष्ठानले पूरा गर्ने छ ।” उनले स्वास्थ्यका क्षेत्रमा प्रदेशले ठूलो फड्को मारेको बताउँदै एमबीबीएस, एमडीलगायतको पठनपाठन हुने भएपछि मधेशका युवा अब बाहिर जानुपर्ने बाध्यता हटेको धारणा व्यक्त गरेका छन् ।
सो अवसरमा मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा डा रामकेवल साहलाई मुख्यमन्त्री राउतले शपथ गराएका थिए । त्यस्तै रेक्टर डा अङ्कुर साह र रजिष्ट्रार डा विनोद यादवलाई सहकुलपतिसमेत रहेका सामाजिक विकासमन्त्री नवलकिशोर साहले शपथ गराएका थिए । प्रतिष्ठानका उपकुलपति एवं वरिष्ठ चिकित्सक प्राध्यापक डा साहले प्रदेश नं २ को स्वास्थ्य क्षेत्र कमजोर रहेको भन्दै स्वास्थ्यसेवाको स्तर सुधारका लागि हरसम्भव प्रयास प्रतिष्ठानबाट हुने बताएका छन् ।
प्रदेश सरकारले गत माघ १८ गते मुख्यमन्त्री कुलपति रहने गरी प्रतिष्ठानको उपकुलपतिमा डासाह, रजिष्ट्रारमा डा यादव र रेक्टरमा डा साहलाई नियुक्त गरेको थियो । प्रदेशसभाबाट गत कात्तिक २ गते मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धमा व्यवस्था गर्न पारित विधेयक प्रदेश प्रमुख तिलक परियारले गत कात्तिक २५ गते प्रमाणीकरण गरेपछि ऐन कार्यान्वयन भएर प्रतिष्ठानले स्वरूप ग्रहण गर्न थालेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमधेस प्रदेशका चार जिल्लाको सीमानाका तीन दिन बन्द रहने
जेठ ४, २०८१ शुक्रबार
मिथिलामा धुमधामका साथ जानकी नवमी मनाइँदै
जेठ ४, २०८१ शुक्रबार
जग्गा विवादको क्रममा कोदालोले प्रहार गर्दा एक जनाको मृत्यु
जेठ ३, २०८१ बिहिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
प्रतिनिधिसभाको बैठक बस्दै, प्रधानमन्त्रीले विश्वासको मत लिने कार्यसूची
जेठ ७, २०८१ सोमबार
मानसरोवर यात्राः रसुवागढी नाकामा बढ्याे चहलपहल
जेठ ७, २०८१ सोमबार
म्यानचेस्टर सिटीले जित्यो प्रिमियर लिगको उपाधि
जेठ ७, २०८१ सोमबार
दमौलीको मुख्यचोकका सटरमा भीषण आगलागी
जेठ ७, २०८१ सोमबार
कस्तो छ आजको मौसम पूर्वानुमान ?
जेठ ७, २०८१ सोमबार
प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिँदै
जेठ ७, २०८१ सोमबार